रामपुर नगरपालिकामा पैदलमार्ग निर्माण गरिएको छ। कालीगण्डकीमा स्नान तथा दर्शन गर्न सहज होस् भनी वडा नं ६ स्थित कौवा क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको हो।
धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ सुरु भइसकेको छ। यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन्।
प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ९ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ९ सय ३४ जना कोरोना मुक्त भएका छन्।
जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन्।
उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न सुरु भएको छ। मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न सुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले...