अमेरिकी मोडेल हेली बीबरले गायक जस्टिन बीबरसँग विवाह गरेपछि आफूले भोग्नुपरेको अनलाइन दुर्व्यवहार, ट्रोलिङ र मानसिक तनावबारे खुलासा गरेकी छन्। उनले सामाजिक सञ्जालमा फैलिएको घृणा र नकारात्मक टिप्पणीले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन्।
जस्टिन बीबर र गायिका सेलेना गोमेज करिब एक दशक प्रेम सम्बन्धमा थिए। उनीहरूको सम्बन्ध टुटेको केही महिनापछि सन् २०१८ मा जस्टिनले हेली बीबरसँग विवाह गरेका थिए।
त्यसयता इन्टरनेटमा हेली र सेलेनालाई निरन्तर एकअर्कासँग तुलना गरिँदै आएको छ। प्रशंसकहरूले उनीहरूलाई प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने गरेका छन्।
हेलीका अनुसार सामाजिक सञ्जालमा मानिसहरूले उनलाई हरेक दिन आत्महत्या गर्न भन्दै टिप्पणी गर्ने गर्थे। त्यति मात्र होइन, सार्वजनिक स्थानमा समेत अपरिचित व्यक्तिहरूले उनीमाथि चिच्याउने र अपमान गर्ने गरेका थिए।
उनले भनिन्, “हरेक दिन मानिसहरूले टिप्पणीमार्फत मलाई आत्महत्या गर्न भनिरहेका हुन्थे। म यस्तो समयबाट गुज्रिरहेकी थिएँ, जहाँ सडकमा समेत मानिसहरू ममाथि चिच्याउने गर्थे।”
उनले अर्को घटना सम्झिँदै स्टारबक्समा मानिसहरूले टिप जारमा आफ्नो र सेलेना गोमेजको नाम लेखेर उनीहरूलाई एकअर्काविरुद्ध उभ्याउने प्रयास गरेको बताइन्।
हेलीले यसअघि आफूले यस्तो किसिमको घृणा र दुर्व्यवहार कहिल्यै अनुभव नगरेको बताएकी छन्।
उनका अनुसार लगातारको नकारात्मक व्यवहारले उनलाई आफू यो संसारमा नरहनु नै राम्रो हो कि भन्ने महसुस गराएको थियो।
उनले भनिन्, “मानिसहरूले मलाई यस्तो महसुस गराइरहेका थिए कि सायद मेरो यो संसारमा नहुनु नै राम्रो हुन्छ। त्यस समयमा उनीहरूले मप्रति कति तीव्र घृणा राखेका रहेछन् भन्ने महसुस गरेँ।”
हेलीको यो खुलासाले सामाजिक सञ्जालमा हुने दुर्व्यवहार र घृणात्मक टिप्पणीले व्यक्तिको मानसिक स्वास्थ्यमा पार्न सक्ने गम्भीर असरलाई फेरि चर्चामा ल्याएको छ।