स्वागत
२९ कार्तिक २०८३
•
२ मिनेट पाठ
स्वागत
साँझको ६ बजेतिर गायक श्रेष्ठको निमन्त्रणामा पोखरेलले गाडीलाई होटलतिर मोड्न लगाए। भारतीय चिकित्सकहरूको सम्मानमा आयोजित डिनरमा सरिक हुन गाडीबाट ओर्लेर उनी सरासर होटलभित्र छिरे। लबीको एकछेउमा निलो सुटमा सजिएका गायक श्रेष्ठ आमन्त्रित व्यक्तिहरूसँग सम्पर्क गर्न मोबाइलमा व्यस्त थिए।




पोखरेल सरासर उनको नजिक गएर नमस्कार गरे। श्रेष्ठले अभिवादन फर्काएनन्। बरु मोबाइलबाट आँखा उठाउँदै पोखरेलको मुहारमा नजर नै नलगाई जङ्गिए, "तपाईं आफूलाई के ठान्नुभएको छ? के तपाईंको पैसा हामीले नतिरी जान्छौं भन्ने सोच्नुभएको? कलाकार भन्ने जतिले ठग्छन् भन्ने ठान्नुभएको छ?"

"म.. म.. त..." पोखरेलले केही भन्न खोज्दै थिए, श्रेष्ठले पोखरेलको कुरा बेवास्ता गर्दै थपे, "मैले मेनेजरसँग कुरा गरिसकेँ, एड्भान्स पनि दिइसकेको छु। अब किचकिच गर्न नआउनु फेरि!"

श्रेष्ठ कुनै पनि कुरा सुन्ने मनस्थितिमा थिएनन्। पोखरेलतिर हेर्दै भने, “अहिले मलाई डिस्टर्ब नगर्नुस्!”

त्यसपछि श्रेष्ठले फेरि मोबाइलमा आँखा गाडे। निमन्त्रणा मान्न आएका पोखरेल श्रेष्ठको अपमानले मर्माहत भई नमिठो अनुहार बनाएर फरक्क फर्के।

पोखरेलले ड्राइभरलाई फोन गर्दै भने, "गाडी निकाल, अब हामी फर्किन्छौं।"

ड्राइभरलाई बाटाको रेस्टुरेन्टमा खाना खुवाएर घर फर्किँदै गर्दा पोखरेलको मोबाइलको घण्टी बज्यो; गायक श्रेष्ठको फोन!

मन अमिलाउँदै पोखरेलले फोन उठाए।

उताबाट श्रेष्ठले शालीनतापूर्वक भने, "सर, कता आइपुग्नुभयो? सबै गेस्ट र इन्डियन डाक्टरहरू आइसक्नुभयो। हामी तपाईलाई पर्खिरहेका छौं। तपाई नआईं त हामी डिनर सुरु नै गर्दैनौँ, छिटो आउनुहोला है!"

पोखरेलले पनि विनम्रतापूर्वक भने, "अघि म आएको थिएँ। तपाईंले पैसाको कुरा लिएर मसँग कडा रूपमा प्रस्तुत हुनुभयो, मैले लज्जित महसुस गरेँ। त्यसपछि म त बस्नै सकिनँ र हिंडेँ। अहिले त म घर पुगिसकेँ। डिनरमा निमन्त्रणा गर्नुभएकामा धन्यवाद र सबै मित्रलाई डिनरको शुभकामना!"

"सरी! मैले त तपाईलाई रिसेप्सनको स्टाफ पो ठानेछु।"

यति भनेपछि उताबाट कुनै प्रतिक्रिया नै आएन। श्रेष्ठले तुरुन्तै फोन स्विच अफ गरे।
अर्को समाचार
पोखरा विमानस्थलः स्वागत र बिदाई गर्न ‘एप्रोन’ सम्मै!
२३ फागुन २०७८
•
५ मिनेट पाठ
पोखरा विमानस्थलः स्वागत र बिदाई गर्न ‘एप्रोन’ सम्मै!
पोखरा विमानस्थलमा बिदाईका लागि एप्रोनसम्मै पुगेर फोटो खिचाउँदै। फाइल तस्बिरः सन्तोष/नागरिक
पोखरा–धनगढी रुटमा गत बुधबारदेखि सिधा हवाई सेवा सुरु हुँदै थियो। पहिलो उडानमा पर्यटन व्यवसायी सहितका यात्रु पोखराबाट धनगढी जाँदै थिए। सामान्य यात्रु नियमित कक्ष हुँदै जहाज चढ्न पुगे। तर, पर्यटन व्यवसायी भने विमानस्थलको विशिष्ट (भीआईपी) कक्ष हुँदै जान खोज्दै थिए। किनकी पर्यटन व्यवसायीलाई प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले बिदाई गर्दै थिए।  




मन्त्रीबाट बिदाई थापेर धनगढी जान चाहेका पर्यटन व्यवसायी विशिष्ट कक्ष हुँदै जाने तयारीसाथ विमानस्थलका सुरक्षाकर्मीसँग अनुमति लिए। तर, विमानस्थलका सुरक्षाकर्मीले जो कोही व्यक्ति भीआइएपी कक्षबाट जान नपाउने भन्दै रोक्न खोजे। भीआईपी कक्ष जो कोहीका लागि आउजाउ गर्ने बाटो नभएको भन्दै एकजना सुरक्षाकर्मीले जवाफ पर्काए, ‘भीआईपी कक्ष कुनै पार्टी प्यालेस होईन, जो कोही आउजाउ गर्न पाउने।’  

ती सुरक्षाकर्मीको जवाफ सुनेपछि पनि पर्यटन व्यवसायी भीआईपी कक्ष हुँदै जान पाउनुपर्ने तर्क गरे। राजनीतिक दलले सयौं कार्यकर्तालाई भीआईपी कक्षमा लैजान पाउने, तर आफुहरुले नपाउने भन्दै व्यवसायीले तर्क गरे। त्यही बीचमा बिदाइ गर्न आएका मन्त्री भीआईपी कक्षमा पुगे। सबैतिरको दवावले सुरक्षाकर्मीले व्यवसायीलाई भीआईपी कक्ष हुँदै जान दिए।  

विशिष्ट कक्ष हुँदै भित्रिएका व्यवसायीलाई मन्त्रीले एप्रोन (जहाज पार्किङ गर्ने र यात्रु चढ्ने ठाउँ) सम्मै पुगेर जहाजको नजिकै पुगेर बिदाई गरे। बिदाईको क्रममा तस्बिर खिच्नको लागि आलोपालो गरियो। तस्बिर खिच्ने भीडले गर्दा जहाज चढ्न हिडेका अरु यात्रुको समेत बाटो रोकिएको थियो। सुरक्षाकर्मीले अरु यात्रुको बाटो रोकिएको भन्दै बिदाई थाप्दै र गर्दै गरेकालाई हटिदिन अनुरोध गरिरहे। तर, त्यहाँ सुनुवाई कमै भयो।  

पोखरा विमानस्थलमा हुने स्वागत र बिदाईको एउटा उदाहरण मात्र हो। यहाँ राजनीतिक दलदेखि व्यवसायिक समुहले विमानस्थलको एप्रोनमै पुगेर स्वागत र बिदाई गर्ने तथा तस्बिर खिच्ने गर्छन। यसले गर्दा विमानस्थलमा बेलाबेला असहज हुने गरेको विमानस्थलका कर्मचारी बताउँछन्। बिदाई र स्वागत गर्न जहाजकै छेउमा पुग्ने, लामो समय लिएर सामुहिक तस्बिर खिच्ने, खादा लगाउने लगायतका गतिविधि गर्दा विमानस्थलको सुरक्षामा चूनौती थपिन सक्ने विमानस्थलका कर्मचारीको गुनासो छ।
विमानस्थलका एकजना कर्मचारीका अनुसार बिदाई र स्वागतकै लागि विशिष्टकक्ष हुँदै एप्रोनसम्मै पुग्नुपर्छ भन्ने छैन। तर, यहाँका औकात र दम्भ देखाएरै माला लगाउन र फोटो खिच्नकै लागि एप्रोनसम्म पुग्ने गरिन्छ। ‘विशिष्ट कक्षमा बसेर केही विशेष कुराकानी, भेटघाट, छलफल र पत्रकार भेटघाट गर्नु सामान्य कुरा हो। तर, बिदाई र स्वागतकै लागि एप्रोनमा पुग्नु शोभनीय हुँदैन,’ ती कर्मचारीले भने, ‘तर, राजनीतिक दल र व्यवसायिक समुहको दवाव हुन्छ। त्यो दवाव विमानस्थल प्रशासनले थेग्न सक्देन।’ यतिसम्मकी भीआईपी कक्ष हुँदै आफ्ना नेताको स्वागत र बिदाई गर्न जान नपाएको भन्दै कतिपय दलका कार्यकर्ता त नारावाजी नै गर्ने गरेको ती कर्मचारीले बताए।  

‘विमानस्थलमा हुने स्वागत र बिदाईलाई हल्का लिईएको छ। हामीले रोक्न नसकिएकै हो। पुर्ण रुपमा रोक्न गाह्रो भएको विषय हो। सबैतिरको दवाव भईरन्छ,’ ती कर्मचारीले भने, ‘यहाँ पहँुच देखाउनका लागि विशिष्ट कक्ष प्रयोग गर्न खोजिन्छ। विशिष्ट कक्ष हुँदै गएर एप्रोनमा पुगेर स्वागत र बिदाई गर्नुले विमानस्थलको सुरक्षामाथि जोखिम पनि निम्तिन सक्छ।’

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पोखराको यो विमानस्थलमा अति विशिष्ट (भीभीआइपी) कक्षको क्षमता ५ र विशिष्ट (भीआईपी) को क्षमता १५ जनाको हो। त्यो हिसाबले २० जनाको क्षमता छ। सुरक्षाको हिसाबले पनि त्यही संख्याकै हाराहारीमा विशिष्ट कक्ष प्रयोग गरिन्छ। सहसचिव वा सो सरहभन्दा माथिका कर्मचारीलाई र राज्यले मर्यादाक्रममा राखेका व्यक्तिलाई विशिष्ट कक्ष हुँदै आउजाउ गर्न पाउनेगरि मापदण्ड तोकिएपनि यहाँ बिदाई र स्वागतको नाममा एप्रोनसम्मै आउजाउ गर्न चाहने समुह बढी हुने गरेको उनले बताए।

‘विशिष्ट पाहुनाको भेटघाट, छलफल, पत्रकारसँगको कुराकानी वा कसैलाई पर्खिनुपर्ने अवस्थामा विशिष्ट कक्ष उपयोग गर्न सकिन्छ, तर स्वागत र बिदाइकै लागि एप्रोनसम्म पुग्न खोज्नु राम्रो होईन,’ उनले भने, ‘यसले विमानस्थलको सुरक्षामा चुनौती थपिन्छ।’ विमानस्थलको सुरक्षा संवेदनशीलतालाई पनि ध्यान दिनुपर्ने उनले बताए। ‘विशिष्ट कक्ष हुँदै जानै पाउनुपर्छ र एप्रोनसम्मै पुगेर स्वागत र बिदाई गर्नुपर्छ भन्ने छैन। कुनै कारणबस जहाजसँग ठोकियो वा अरु जोखिम निम्तियो भने समस्या आउँछ,’ सुवेदीले भने, ‘सुरक्षाको व्यवस्थापन र संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्छ।’
एयरलाईन्सका कर्मचारी पनि एप्रोनसम्म पुगेर स्वागत र बिदाई गर्न जरुरी नभएको बताउँछन्। ‘बाहिरैबाट बिदाई गर्न सकिन्छ। जहाजबाट ओर्लेर बाहिर आएपछि पनि स्वागत गर्न सकिन्छ। एप्रोनसम्मै आउन जरुरी छैन,’ ती एयरलाइन्सका कर्मचारीले भने, ‘एप्रोनमै पुगेर भीडभाड गर्नु कुनै हालतमा राम्रो होईन। यसलाई सुधार्न जरुरी छ।’ एयरलाइन्सका ती कर्मचारीका अनुसार कतिपयले त जहाजकै नजिक पुगेर पालैपालो फोटो पनि खिच्छन्। त्यो झनै नराम्रो हो। ‘सुरक्षा संवेदनशीलता पनि बुुझ्नुपर्छ,’ उनले भने, ‘पहिला पहिला त जहाजको ढोकासम्मै आउने गरिएको थियो। अहिले केही परसम्म आउँछन।’ विमानस्थल बाहिरैबाट बिदाई र स्वागत गर्ने संस्कार जरुरी रहेको उनले बताए। यसलाई सुधार्नुपर्ने उनले बताए।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल पनि विमानस्थलमा कडाई नहुँदा यो शैलीले निरन्तरता पाएको बताउँछन। ‘एप्रोनसम्म पुगेर स्वागत र बिदाई गर्न जरुरी छैन। यसमा सुधारको जरुरी छ। स्वागत र बिदाई गर्न भित्रै जानुपर्छ भन्ने छैन,’उनले भने, ‘तर विमानस्थलभित्र पनि भिन्दै बिदाई र स्वागत कक्ष बनाउन सकिन्छ।’ कुनैपनि विमानस्थलको बाहिर बिदाई र स्वागत कक्ष नबनाउदा यो अवस्था आएको उनले बताए।  

विमानस्थलका सुरक्षाकर्मी पनि स्वागत र बिदाईको लागि एप्रोनसम्म पुग्न नपाउने बताउँछन। विमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरिक्षक हरिओम खड्का भन्छन, ‘विशिष्ट कक्षबाट भित्रिएका पाहुनालाई स्वागत गर्न र बिदाई गर्नका लागि तोकिएको ठाउँभन्दा अगाडि बढ्न पाइदैन। कहिलेकाँही विशेष अवस्थामा फरक हुनसक्छ। उनले एप्रोनमा पुगेर स्वागत बिदाई गर्नेगरि समय खर्चिन नपाउने बताए। ‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ। यसबारे सबैजना सचेत हुनुपर्छ,’ उनले भने।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस