अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।
पोखरामा नयाँ वर्ष स्वागत र पुरानो वर्ष बिदाई गर्न सडक महोत्सव आयोजना गरिएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेको हो। त्यही महोत्सवमा सहभागी हुन पाहुनाले सडकबाटै नयाँ वर्षलाई स्वागत गरेका थिए। महोत्सवको यो २५ औं संस्करण हो ।
यो महोत्सवमा सहभागी हुन स्थानीयसहित पोखरा भित्र र आसपासका जिल्लासहित राजधानी काठमाडौं, चितवन, बुटवल, वीरगञ्ज लगायतका सहरबाट हजारौं पाहुना पोखरा आएको पर्यटन व्यावसायीको भनाई छ। धेरै भारतीय पाहुना पनि यो भीडमा मिसिन आएका थिए। पोखरामा हुने सडक महोत्सवका सबैभन्दा बढी भीडभाड हुने दिन हो–डिसेम्बर ३०।
हरेक वर्ष हुने यो महोत्सवमा अंग्रेजी पूरानो वर्ष बिदाई र नयाँ वर्ष स्वागत गर्ने दिनको बेलुकी यहाँ पाहुनाको थेगिनसक्नु भीड हुन्छ। त्यो भीड यो पटक पनि उत्तिकै भएको मेला आयोजक रेबानका अध्यक्ष नरेश भट्टराईले बताए।
सहिदचोकदेखि खहरेसम्मको विभिन्न ठाउँमा भएका कार्यक्रममा आन्तरिक पर्यटकको भिड बढी थियो। यस्तै नयाँ वर्षकै उत्सवमा पोखरेलीले विभिन्न कलाकारको सांगीतिक प्रस्तुतीमा रमाउने मौका पनि पाएका थिए।
कोमागाने पार्कमा भएको प्रस्तुतिमा नाच्दै नयाँ वर्षको स्वागत गर्नेको संख्या बढी थियो। यसैगरी आतिसबाजी गरेर निकै उत्साहजनक रुपमा नयाँ वर्षकोलाई पोखरेलीले स्वागत गरेको अध्यक्ष भट्टराईले बताए।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...