अप्रत्याशित
२४ असोज २०८३
•
१ मिनेट पाठ
अप्रत्याशित
अहो! पूरै गाउँ नै सहरमा परिणत भइसकेछ। गाउँ परिवर्तन भए जस्तै मानिसहरू पनि परिवर्तन भए कि भएनन्?




तीस वर्षअघिको गाउँ खोज्यो तर उसले भेटेन। मानिस खोज्यो त्यो पनि भेटेन। गोरेटो र घोडेटो खोज्यो ती पनि कतै भेटिएनन्। अन्तिममा उसले मन्दिर खोज्यो। उसले बल्लतल्ल मन्दिर भेट्यो तर हिजोको रूप परिवर्तन भइसकेको अवस्थामा।

आश्चर्य मान्दै मन्दिरमा टाँगिएको शिशामा उसले आफूलाई हेर्‍याे, म्वाइँ खाने गालामा झ्याउ पलाइसकेको रहेछ। केश अन्तै बसाइ सरिसकेछ। अहो, जीवनको साढे तीन दशकमा सबै परिवर्तन भइसकेछ। जागीरको सुरुवाती दिन। प्रयोगात्मक तालिममा भेटिएका थुप्रै स्थानीय र सहकर्मी मानसपटलमा नाच्न थाले तर स्थिर कोही भएनन्।

हिजो यही गाउँमा आउँदा ऊ एक्लो थियो तर आज आफन्तहरूको भीडमा ऊ एक्लिएको छ। श्रीमती नभएपछि छोराछोरी भएर पनि नभएकै बराबर। घर छ परिवार छैन। आफन्त छन् तर साथमा कोही छैनन् तर ऊ यहाँ किन आयो त? कसलाई भेट्न आयो त? यहाँ आउनुको उद्देश्य के हो त? निरूत्तर हुनुको विकल्प थिएन।

तालिमको सिकाइ। तालीमपछिको रमाइलो। पैसा, यौवन र मस्तीको मिश्रण। रमाइलो कतिकति। तालिमको छ महिना त मिलिक्कै बितेको पत्तै भएन। भेटमा रमाइलो बिदाइमा मन भारी। आज साढे तीन दशकपछि उही ठाउँ तर रंगरोगन नयाँ। मन्दिरमा दर्शन गरेर उसले पुजारीलाई हेर्‍याे, "जूनमाया, तिमी!"

"अहँ, जूनमाया त मरिसकी। म त साध्वी अनुसुया।" अनुसुयालाई हेर्ने एकजोर विस्फारित नयन।

"हाकिम सा'ब, तपाईको छोरा आउँदैछ। तीस वर्षपछि भए पनि अब उसलाई लिएर जानुस्। ओम नम: शिवाय।"

त्यही बेला मन्दिरमा बजेको घण्टीको टङटङ आवाजले अरू केही सुनिएन।
अर्को समाचार
ट्रम्पको अप्रत्याशित निर्देशनले छोटियो सैन्य अभ्यास : पूर्वजानकारी नभएको दक्षिण कोरियाको दाबी
०३ भदौ २०८३
•
२ मिनेट पाठ
ट्रम्पको अप्रत्याशित निर्देशनले छोटियो सैन्य अभ्यास : पूर्वजानकारी नभएको दक्षिण कोरियाको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित निर्देशनपछि दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास छोटिएको छ।




राष्ट्रपति ट्रम्पले संयुक्त सैन्य अभ्यास ठूलो मात्रामा घटाउन वा छोट्याउन दिएको अचानकको निर्देशनपछि दुई देशबिचको सुरक्षा रणनीतिमा नयाँ बहस सुरु भएको छ। यो निर्णयले लामो समयदेखि चलिआएको रक्षा तयारी र कूटनीतिक सम्बन्धलाई प्रभावित पार्न सक्ने विज्ञहरूको भनाइ छ।

दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले हालैको एक संसदीय सुनुवाइमा बताए अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत उक्त घोषणा गर्नुअघि दक्षिण कोरियाली सरकार वा अमेरिकी अधिकारीहरूलाई समेत पूर्वजानकारी दिएको थिएन।

‘हाम्रो सरकार वा अमेरिकी अधिकारीहरूलाई राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमा के लेखेका थिए भन्ने कुरा थाहा थिएन,’ चोले विदेश मामिला तथा एकीकरण सम्बन्धी राष्ट्रिय सभा समितिलाई बताए। साथै, उनले यो निर्णय एकतर्फी सूचना नभएको र रक्षामन्त्री आन ग्यु-ब्याक अमेरिकी समकक्षीहरूसँग घनिष्ठ परामर्शमा रहेको स्पष्ट पारे।

राष्ट्रपति ट्रम्पले आफ्नो पेन्टागन प्रमुखलाई ११ दिनको लामो अभ्यासको ठीक अघि सहयोगीहरूको ग्रीष्मकालीन ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यासलाई धेरै हदसम्म कम गर्न आदेश दिएका थिए।

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँगको राम्रो सम्बन्ध र इरानको मामिलामा दक्षिण कोरियाले सहयोग नगरेको विषयलाई यसको कारणको रूपमा उल्लेख गरेका छन्। ट्रम्पको यो कदमपछि दक्षिण कोरिया र अमेरिकाले शुक्रबार नै चलिरहेको अभ्यास समाप्त गर्ने र केही क्षेत्रगत प्रशिक्षण अभ्यासहरू घटाउने निर्णय गरेका छन्।

यता, उत्तर कोरियाले भने यो सैन्य अभ्यासलाई उन्मत्त र अत्यन्त खतरनाक भन्दै कडा आलोचना गरेको छ। राज्य समाचार एजेन्सी केसीएनए मार्फत उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीहरूको शत्रुतालाई पूर्ण रूपमा निरुत्साहित गर्ने चेतावनी दिएको छ।

कतिपय विश्लेषकहरूको बुझाइमा ट्रम्पको यो कदमले अमेरिका र दक्षिण कोरियाको संयुक्त रक्षा तयारीलाई कमजोर पार्ने मात्र नभई दशकौं पुरानो गठबन्धनलाई नै संकटमा पार्न सक्ने खतरा रहेको छ।

दक्षिण कोरियाली सरकार भने यो अवस्थालाई कूटनीतिक अवसरको रूपमा लिँदै उत्तर कोरियासँग संवादको नयाँ ढोका खोल्न चाहन्छ। राष्ट्रपति ली जे म्युङको कार्यालयले ट्रम्प र किमबिचको सम्बन्धले कोरियाली प्रायद्वीपमा शान्ति प्रवर्द्धन गर्न मद्दत पुग्ने आशा व्यक्त गरेको छ।

तर, विपक्षी तथा रूढिवादी समूहहरूले भने सरकारले सुरक्षा चिन्तालाई भन्दा कूटनीतिक पुनरुत्थानलाई बढी प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन्। आगामी दिनमा यी घटनाक्रमले क्षेत्रीय राजनीति र सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने विषयले अन्तर्राष्ट्रिय चासो बढाएको छ। एजेन्सी
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस