गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’
१० फागुन २०८२
•
४ मिनेट पाठ
गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’
नेपाली गीतसंगीतको क्षेत्रमा चार दशकदेखि अनवरत साधना र विशिष्ट योगदान पुर्‍याउँदै आएका वरिष्ठ गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ अर्पिएको छ।




सूचक प्रकाशनको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रेक्षालयमा शनिवार आयोजित समारोहमा कार्कीलाई उक्त पुरस्कार अर्पिएको हो।

साहित्यकार सपना लामिछानेको कवितासंग्रह ‘जिन्दगी एक यात्रा’ को परिचर्चा कार्यक्रमको अवसर पारेर कार्कीलाई खादा, माला, प्रमाणपत्र र नगद राशिसहित पुरस्कार अर्पिएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथिहरू र कृतिकारले संयुक्त रूपमा उनलाई सम्मान अर्पिएका थिए।

सम्मानित गायक कार्कीले पुरस्कारको ओज राशिमा नभई त्यसले दिने जिम्मेवारीमा हुने बताए। हङकङको सांगीतिक कार्यक्रम छोट्याएर पुरस्कार थाप्न नेपाल आइपुगेका कार्कीले भने, ‘यस्ता सम्मानले विगत ३/४ दशकदेखिको मेरो सांगीतिक कर्मलाई अझ बढी जिम्मेवार बनाएको महसुस गरेको छु।’

कार्यक्रमका प्रमुख अतिथि कुलपति भूपाल राईले सूचक प्रकाशनले सुरु गरेको यो सम्मान अभियान औपचारिकता मात्र नभई स्रष्टाको अनुशासन, साधना र युगीन दायित्वको मानक भएको बताए। उनले धम्मवती गुरुमाँ र स्वामी आनन्द अरुण जस्ता व्यक्तित्वलाई सम्मान गर्ने संस्थाले गायक आनन्द कार्कीलाई छनोट गर्नु ‘योग्य संस्थाको सुयोग्य पात्र चयन‘ भएको टिप्पणी गरे।

‘जिन्दगी एक यात्रा’ को सुगन्ध प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सपना लामिछानेको ‘जिन्दगी एक यात्रा’ मा देशभक्ति, मातृत्व प्रेम र सामाजिक यथार्थको सुन्दर संयोजन रहेको बताए। उनले भाषा, कला, साहित्य र जीवन भोगाइका जागरुकताका खातिर ‘जिन्दगी एक यात्रा’ प्रेरक रहेको बताए।

कवितासंग्रह पढिसक्दा देशभक्ति, मातृत्व प्रेम,कारुणिकता र सामाजिक विषयवस्तुका शाब्दिक सामर्थ्यले सुवासित हुने उल्लेख गर्दै समकालीन जीवनदर्शनको मार्मिक अभिव्यक्ति भएकाे बताए।

कार्यक्रममा कविहरू अप्सरा केसी, रुवि सत्याल, गङ्गा खतिवडा र कमला घिमिरे अधिकारीले सङ्ग्रहका कविता वाचेका थिए।

प्रमुख अतिथिले पानसमा दीप प्रज्वलित गरी राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा स्वर्गीय क्यप्टेन रतनबहादुर लामिछानेप्रति मौनधारण पनि गरिएको थियो।

स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नवीन पल्लवले गरेका थिए।

स्व. लामिछानेकी सुपुत्रीद्वय रचयिता र रीति लामिछानेले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमबारे प्रतिक्रिया दिंदै सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले कला, साहित्य र स्रष्टाको सम्मान गर्ने अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गरेका थिए।

अभिनन्दनका साथै सुप्रसिद्ध वरिष्ठ गायक आनन्द कार्कीलाई गरिएका सम्मानबाट योग्य संस्थाको सुयोग्य पात्रको चयनका रूपमा बुझ्न सकिने विचार व्यक्त गरे।

सामाजिक उत्तरदायित्व प्रतिको गहन जिम्मेवारी निर्वाह गर्ने प्रकाशनका अध्यक्ष दीपक भेटुवाल दीपसागरको प्रशंसा गर्दै यस्ता कार्यले सम्मान लिने र दिने दुवैको ओज बढाएको बताए।

यसैगरी नेपाल कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले साहित्यले समाजलाई अगाडि बढाउने बताउँदै सिर्जना गर्ने हरेक व्यक्तिले समाजलाई डोर्‍याउने उल्लेख गरे।

उनले आर्थिक विश्लेषणका फरक धारमा अभिव्यक्त गरिने आफ्ना विगतका नियमित धारणाहरुको  कर्मभन्दा आजको यस विशिष्ट साहित्यिक कार्यक्रममा सहभागिता जनाउन पाएकोमा असीम आनन्द मिलेको समेत बताउँदै लामिछानेलाई कृति सफलताका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटाले गायक आनन्द कार्की विशिष्ठ क्षमताले धनी रहेका लामो समयदेखि गीतसंगीतको माध्यमबाट देशविदेशमा परिचर्चा र प्रसिद्धि कमाएका योग्य पात्रको चयन गरेकामा सूचकको प्रशंसा गरे।

कृतिकार लामिछानेको कृति सफलताका लागि शुभकामना व्यक्त गर्दै खारिएका माझिएका र उत्कृष्ट कृतिहरूको सिर्जनाका लागि शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रममा बौद्ध अध्येता एवं सम्यक् सन्देशका सल्लाहकार श्यामलाल चित्रकार  बाह्रखरी अनलाइनका पत्रकार राजेश खनाल, सारा खवरका डिबि पराजुली, प्रसिद्ध नियात्राकार राजेन्द्रमान डङ्गोल, साहित्यकार इल्या भट्टराई, वीणा पौड्याल, अमर कीर्तिमानी उपन्यासकार रुबि सत्याल लगायतको उपस्थिति थियो।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
८ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस