पछुतो
१६ जेष्ठ २०८३
•
१ मिनेट पाठ
पछुतो
‘खै ठिक गरें कि गल्ती थाहा छैन!’ महेश आल्मारी खोल्दा एउटा पत्रको कभरमै लेखेका यी शब्दले ऊ झसंग भयो।




उसको मनमा विभिन्न आशङ्का जन्मिए।

‘यी शब्दहरू त बिनाका हस्तलेखहरू हुन्।’  ऊ फटाफट पत्र खोल्दै आफ्नाबाटै फतफतायो।

आज बिहानै उनीहरू बिच भएको त्यो भनसुन सम्झियो।

‘सधैं मलाई धम्की दिनु पर्दैन। तिमी मनमा जे आउँछ गरे।’ उसले रिसको झोकमा भनेको थियो।

‘उफ किन भने हौँला!’  मनमनै सोचेर आत्मगलानि भयो।

उसले पत्र पढ्न थाल्यो।

‘महेश, म दिन दिनैको झगडाबाट आजित भएर तिमी र तिम्रो घरबाट धेरै टाढा जाँदै छु। कृपया मलाई क्षमा गरे। मैले तिमीले भनेको जस्तै गर्न सकिनँ। तिमीले सोचेको जस्तो मैले चाहेर पनि त हुन सक्दैनथ्यो।

मैले जन्माएको छोरी, मेरो प्राण हो, माया त तिमीलाई पनि होला तर तिमी त छोराका लागि मरिहत्य गर्दै दिनदिनै छोरी र मलाई धारे हात लाउँथ्यो। अब तिमीले कमाएर मलाई र मेरोछोरीलाई पाल्नु पर्ने छैन। हामीलाई खोज्ने भूल नगर्नु है।’

मैले आफ्ना र छोरीका सबै समान लिएर गएकी छु तर यो आल्मारीमा तिमीले मलाई दिएका गहना र चुरा छोरीले लगाएका स्कुलका ड्रेस छन्। यिनैले तिमीलाई हाम्रो सम्झना गराइरहने छन्।

उही छोरा अन्माउन नसकेकी बिना।’

यसरी बिट मारिएको पत्र बिनाले लेखेको हो।

‘बिना, यो के गर्‍याै तिमीले! मलाई छोरा होइन तिमी र मेरो छोरी फर्किए पुग्छ।’  महेशले चिच्याएर भन्यो। घरको भित्तामा ठोकिएर उसैको आवाज कानमा गुञ्जियो।  
अर्को समाचार
अमिताभ बच्चनको पछुतो, बाजा बजाउने इच्छा थियो
२८ भदौ २०८३
•
२ मिनेट पाठ
अमिताभ बच्चनको पछुतो, बाजा बजाउने इच्छा थियो
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो झन्डै छ दशक लामो यात्रा पुरा गरेका छन्। उनले आफ्नो करियरमा विभिन्न पात्रमा फिल्ममा भूमिका निर्वाह गरेका छन्। तर ८४ वर्षको उमेरमा पनि उनको एउटा पछुतो भने अझै कायम छ—उनले कहिल्यै कुनै बाजा बजाउन सिकेनन्। .अमिताभको शो ‘कौन बनेगा करोडपति १८’ मा एक प्रतियोगीसँगको कुराकानीमा आफूले घरमा धेरै प्रकारका सांगीतिक बाजाहरू राखे पनि तीमध्ये कुनै पनि बजाउन सिक्न नसकेको स्वीकार गरेका छन्।




कन्टेन्ट क्रिएटर प्रतियोगी कृतज्ञाले अमिताभ बच्चनसँग केही खेल खेलेका थिए र त्यस क्रममा आफू भाइरल हुने आशा पनि राखेका थिए। उनले अमिताभलाई आफ्नो जीवनको कुनै एक दिन पुनः बाँच्न पाउने भए कुन दिन रोज्नुहुन्थ्यो वा अहिलेसम्म अनुभव नगरेको कुनै दिन अनुभव गर्न चाहनुहुन्थ्यो भनेर सोधे।

अमिताभले दोस्रो विकल्प रोजे। उनले आफ्नो जीवनमा धेरै घटना भएकाले पुनः बाँच्नका लागि कुन घटना रोज्ने र कुन नरोज्ने भन्ने निर्णय गर्न कठिन हुने .सुनाए।

त्यसपछि उनले आफ्नो जीवनमा अहिलेसम्म अनुभव नगरेको एउटा दिन रोजे—अन्ततः कुनै सांगीतिक बाजा बजाउन सिकेको दिन।

अमिताभले भने, “मलाई संगीत सिक्ने गहिरो इच्छा थियो, तर मैले सिक्न सकिनँ। जब म गायक, संगीतकार र सितारवादकहरूले यति राम्रोसँग प्रस्तुति दिएको सुन्छु, तब मलाई दुःख लाग्छ कि मैले पनि संगीत किन सिकिनँ। मैले घरमा सम्भव भएसम्म सबै प्रकारका सांगीतिक बाजाहरू संकलन गरेको छु।”

उनले ८४ वर्षको उमेरमा पनि संगीत सिक्ने इच्छा कायमै रहेको बताए। उनले भने, “म घरमा भएका सांगीतिक बाजाहरूलाई फूल र माला लगाएर सजाएर राख्छु, यो आशामा कि कुनै दिन म तिनलाई बजाउन सिक्न थाल्नेछु। ८४ वर्षको उमेरसम्म पनि मैले कुनै बाजा बजाउन नसिकेको तथ्य मेरो गहिरो पछुतो हो।”

अमिताभ बच्चनले कुनै सांगीतिक बाजा बजाउन नजाने भए पनि उनले वर्षौँदेखि विभिन्न गीतमा आफ्नो आवाज दिएका छन्। उनले सन् १९७९ मा राकेश कुमारको एक्सन–कमेडी फिल्म ‘मिस्टर नटवरलाल’ को गीत ‘मेरे पास आओ मेरे दोस्तों’ बाट गायन यात्रा सुरु गरेका थिए।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस