नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका छन्।
शनिबार अबेर साँझ राजधानीमा सम्पन्न संघको ५२ औं साधारण सभाले तीन वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। उनले अध्यक्षका अर्का प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई १६ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
संघको कार्यसमिति सदस्यहरू भने निर्विरोध चयन भएका छन्। चलचित्र प्रदर्शकको खुला समूहतर्फ दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी गरी चार जना चयन भएका छन् । त्यसैगरी, चलचित्र वितरकको तर्फबाट करण श्रेष्ठ र गोविन्दबहादुर शाही गरी दुई सदस्य चयन भएका छन्।
प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन्। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्य पदमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन्।
नेपाल चलचित्र संघ नेपाली चलचित्र प्रदर्शक तथा वितरकहरूको छाता संस्था हो। संघको नयाँ नेतृत्वले चलचित्र प्रदर्शन तथा वितरण व्यवसायसँगै समग्र नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौती समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।