लामखुट्टे
११ साउन २०८३
•
१ मिनेट पाठ
लामखुट्टे
१) लामखुट्टे 




ऊ आउँछ

मेरो वरिपरि घुमिरहन्छ

समयसमयमा गीत सुनाउँछ

बिस्तारै चुम्न खोज्छ मेरा अङ्गअङ्ग

म परपर भाग्न  खोज्छु ऊबाट

ऊ झन् - झन् पछ्याइरहन्छ मलाई

उसको यस्तो चाला मन पर्दैन मेरो मान्छेलाई

ऊ मलाई पटकपटक झम्टिन खोज्छ

मेरो मान्छे पटकपटक झम्टिन खोज्छ उसलाई

दुवैको घम्साघम्सीमा म पो विचलित बन्छु

आखिर ऊ मारिन्छ मेरो मान्छेबाट

म हेरिरहन्छु उसका रगतका छापहरुलाई।

२) सपना

मिरमिरे उज्यालोमा उड्ने चरीझै

केही सपना बोकेर

उडेको छ भोको पेट

खै उसकाे सपना पूरा हुन्छ वा हुँदैन

बिरानो ठाउँ नयाँ परिवेशमा

ऊ भिज्न सक्छ वा सक्दैन

तर पनि

लागिरहन्छ निरन्तर अघि बढ्न

बाटाका काँडाहरू पन्छाएर

प्रचण्ड गर्मी , हिउँ, बतास र

टोरनाडोसँगै जुधेर

कैयौ सपनाहरू पूरा गर्न

पसिना बगाइरहेछ हर्दम

उसको मनभरि छन्

बुढा बाआमा प्रियसी  र लालाबालाका

उत्सुक अनुहारहरू।
अर्को समाचार
लामखुट्टे मार्नेलाई पुरस्कार
०९ फागुन २०८१
•
२ मिनेट पाठ
लामखुट्टे मार्नेलाई पुरस्कार
फिलिपिन्सको सबैभन्दा बढी जनघनत्व भएको शहरी केन्द्रमा लामखुट्टे आतंक शुरु भएपछि र डेंगीले हैरान पार्न थालेपछि लामखुट्टे मार्नेहरूलाई नगद पुरस्कार दिने घोषणा गरिएको छ।




राजधानी मनिलाको केन्द्रमा रहेको बारांगाय एडिसन हिल्सका इलाका प्रमुख कार्लिटो सेर्नालले जसले पाँच वटा लामखुट्टे मारेर ल्याउँछ, उसलाई एक पेसो (दुई अमेरिकी सेन्टभन्दा कम) इनाम दिने घोषणा गरेका छन्।

घोषणालगत्तै सामाजिक सञ्जालमा यसलाई उपहासको विषय बनाइएको भए पनि सेर्नालले यो कदमले समुदायलाई डेंगीजस्तो खतरनाक रोगबाट जोगाउन भूमिका खेल्नेमा विश्वस्त रहेको बताएका छन्।

डेंगी रोगथामका लागि हाललाई यो एक महिनासम्म चल्ने बताइएको छ। हालै दुई जना विद्यार्थीले डेंगीबाट ज्यान गुमाएपछि यो घोषणा गरिएको हो। यो इनाम सबै लामखुट्टे (मृत वा जीवित वा तिनको लार्भाको लागि लागू हुनेछ बताइएको छ। जीवित लामखुट्टेहरूलाई अल्ट्राभायोलेट प्रकाश प्रयोग गरी मारिनेछ। हालसम्म कुल २१ जनाले इनाम लगेको र तिनले सात सय लामखुट्टे र तिनका लार्भा ल्याएको बताइएको छ।

गत मंगलबार राति यो घोषणालगत्तै यसलाई सामाजिक सञ्जालमा उपहासको विषय बनाइयो। रोचक उपहास यस्ता थिएः मच्छर पालकहरूका लागि खुशीको खबर..., एउटा मात्र पखेटा भएको लामखुट्टे अस्वीकार गरिनेछ।

बारांगाय एडिसन हिल्स क्षेत्रमा अचानक ४४ डेंगीका बिरामी देखापरेका थिए। यो क्षेत्र निकै सानो भए पनि करिब ७० हजार मानिस बसोबास गर्छन्। अत्यन्त गर्मी क्षेत्र क्षेत्रमा डेंगी एउटा नियमित रोग बन्न पुगेको छ। नेपालमा पनि वार्षिक रुमपा डेंगी समस्याजन्य रोग बन्दै जान थालेको छ। यो रोगको गम्भीर अवस्थामा आन्तरिक रक्तस्राव गराउँछ र मानिसको मृत्युसमेत हुनसक्छ। टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने लगायतका लक्षणहरू डेंगीका रोगीमा देखिन्छन्।

हालै त्यहाँ व्यापक वर्षा भएपछि डेंगीको समस्या बढेको हो। फिलिपिन्सभर त्यहाँको स्वास्थ्य मन्त्रालयले सन् २०२५ यता २८ हजार २३४ रोगी फेला पारेको जनाएको छ। यो अघिल्लो वर्षभन्दा ४० प्रतिशतले बढी हो। सरकारले जनतालाई आफ्नो वरपर सफा राख्न, टायर जस्ता सामग्रीहरूलाई नष्ट गर्न लामा बाहुला भएका सर्ट तथा ट्राउजर लगाउन र मच्छर भगाउने विभिन्न औषधी प्रयोग गर्न सल्लाह दिएको छ।

प्रस्तुतिः अच्युत कोइराला
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस