नक्कल
२५ असार २०८३
•
१ मिनेट पाठ
नक्कल
"कति पटक भने हजुरलाई सिग्रेट छोड्नु भनेर।" मिनाले प्रकाशको हातबाट सिग्रेट तान्दै भनी।




"प्रयास गरेकै छु प्यारी कुनै दिन छुट्छ।" प्रकाशले सिग्रेटतर्फ हेर्दै भन्यो।

"यही हो प्रयास गरेको?" मिनाले गर्धन बटार्दै साेधिन्।

"मिना, यो गर्भैदेखिको बानी अहिल्यै छुट्छ त? विस्तारै छोड्ने प्रयासमा छु।" प्रकाशले पुन: सिग्रेटको सर्को तान्दै भन्यो।

मिनाले सम्झाउँदै भनी, "त्यसो भए कम्तीमा बालबालिकाको अगाडि हजुरले सग्रेट नपिउनुस् न। के यत्ति त मान्नुपर्छ नि कम्तीमा।"

दुवै जना छुट्टा छुट्टै स्कुलका शिक्षक। आफ्नो राम्रो घर बनाएका थिए। सबै कुरा घरमा अनुशासित हुन्थ्यो तर प्रकाशको सिग्रेट पिउने बानी थियो।

प्रकाशलाई स्कुलको प्रअले पनि कयौं पटक सुझाएका थिए तर उनले आफ्नो लत छाड्न सकेका थिएनन्। उनीहरूका पाँच र सात वर्षका दुई छोरा थिए।

उनीहरू छुट्टा छुट्टा कोठामा बसेका थिए। मिना उठेर बालकको कोठातिर गई र तुरून्तै फर्केर आफ्नो कोठामा आई।

"एकछिन यता आउनु त " प्रकाशको हात तान्दै बालकहरूको कोठामा पुगी। त्यहाँको दृश्य देखेर प्रकाश दङ्ग भयो।

उसले दुवै कान छोपेर भन्यो, "अब यो चुरोटलाई कहिल्यै हात लगाउँदैन।"
अर्को समाचार
करेन्टलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न अदालतको आदेश
०३ भदौ २०८१
•
२ मिनेट पाठ
करेन्टलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न अदालतको आदेश
सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ। साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले आदेश दिएको हो। करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सिजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो।




उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो। सो आदेश विरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो।

सर्वोच्च अदालतले पनि उच्चअदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो। यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्याति प्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको छ।

चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रियजगत्मा समेत आर्जन गरेको ख्यातिलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो ।  यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो। 

उच्च अदालतले यशोदा फुड्सको सो आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो । यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ। बजारमा पठाइएका चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिए अदालतको मानहानी गरेको मानिनेछ किनभने आदेशले यस्तो कार्य नगर्न भनेको छ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाइ बन्दै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथिसमेत प्रहार गरिएको थियो ।  

अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ। करेन्टले वाइवाइको ख्यातिलाई भजाएर आफ्नो व्यापारिक स्वार्थमा प्रयोग गर्ने चेष्टा गर्दै आएको छ। अन्तर्राष्ट्रिय जगतमा यस्तो कार्य गर्ने कम्पनीलाई घृणा गरिन्छ भने यस्ता कम्पनीद्वारा उत्पादित वस्तुको गुणस्तर माथि गम्भीर प्रश्न उठाइन्छ। स्थापित ब्रान्डको नक्कल गरी आफ्नो गुणस्तरहीन उत्पादन बिक्री गरी केही समयमा नै पैसा कमाउने र बजारबाट गायब हुने प्रवृत्तिका कम्पनीका रूपमा यस्ता कम्पनीलाई लिने गरिन्छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस