अभिनेता तथा गायक अशोक दर्जी र पूजा शर्माको मुख्य भूमिका रहको चलचित्र ‘सेतो कोट’ को निर्माण घोषणा भएको छ। शिवम अधिकारीको लेखन तथा निर्देशन रहने चलचित्र मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने भएको छ।
शुक्रबार बिहान कोटेश्वर स्थित महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् बानेश्वरमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको मुहूर्त गरिएको हो। बरिष्ठ कलाकार नीर शाहको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रको शाहको अनुसार सेतो रङ्गको अभाव भइरहेको समयमा यो चलचित्रले सेतोपना बचाउने अपेक्षा रहेको बताए। अभिनेत्री पूजाले भने कथा खोल्न चाहिनन्। यस्तै अशोकले यो टिमसँग काम गर्न उत्साहित रहेको बताए।
चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको लेखक समेत रहेका निर्देशक अधिकारीले बताए ।
चलचित्रमा मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ निर्माता तथा फणीन्द्र तामाङ कार्यकारी निर्माता रहेका छन्। भने टिकटकमा ‘माइली बुहारी’का रूपमा चर्चित समी दाहालले यही चलचित्र बाट ठूलो पर्दामा डेब्यू गर्न लागेकी हुन्।
चलचित्रमा निर शाह, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सुमित्रा दाहाल, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको पनि अभिनय रहनेछ।
सौरभ लामाको छायांकन रहने चलचित्रमा बन्दे प्रसादको सम्पादन र स्टिभ शंकरको संगीत रहने छ। चलचित्रको छायांकन भने मंसिर ९ गतेबाट सुरु हुनेछ।