धेरै कुरा बिर्सन थालेको छु अचेल
क्यालेन्डरको पातो त पल्टाउनै बिर्सन्छु
र, बनाउँछु कार्ययोजना बितेको
महिनाकै दिनहरू हेरेर
अहँ, केही पनि मिल्दैन/मिल्दै मिल्दैन
न मिल्छ गते, न मिल्छ बार, न तिथिमितिहरू नै,
हुन्छ सबै गडबड।
बिर्सन थालेको छु अचेल
प्रेमिकाहरूका नामसमेत
सम्झिन धेरै कसरत गर्नुपर्छ–
कुन ऋतुमा कसले मेरो हातमा
राखिदिएका थिए–
एउटा रङ्गीचङ्गी रुमाल
जसलाई मैले धेरै वर्षसम्म
आफ्नै खल्तीमा सजाएको थिएँ स्नेहपूर्वक
कुन मौसममा दिएकी थिइन् कसैले
बेगनबेलीको काँडेदार फूल
जो ओइलाएको थियो केही क्षणपछि नै
अहँ, सम्झिन्नँ अचेल
प्रेमिकाहरूका नाम, वतन र अनुहार समेत।
कहिले बिर्सन्छु–नियमित औषधि सेवन
बिर्सन्छु कहिले–अनुलोम–विलोम र कपालभाँती गर्न
कहिले बिर्सन्छु–जुत्ताको तुना बाँध्न
केके बिर्सन्छु, बिर्सन्छु–गणना गरेरै सक्दिनँ।
धेरै बिर्सन थालेको छु अचेल।
जंगललाई अझै हरियाली बनाउने योजना थियो
आकाशलाई अझै बनाउने लक्ष्य थियो–
नीलो र उदात्त,
बनाउन चाहन्थेँ नदीलाई अझै शान्त, धेरै शान्त
बगैँचालाई बनाउन चाहन्थेँ
हज्जारौँ रङ्गीन पुतलीहरूका क्रीडास्थल
र, ऐठन पस्केर हरेक निद्रालाई
बिथोल्ने सपनाहरूलाई बनाउन चाहन्थे जिम्मेवार।
तर बिर्सन थालेको छु यी सबै योजना/सपनाहरू...
अचेल/केवल अचेल।
क्यालेन्डरको पातो त पल्टाउनै बिर्सन्छु
र, बनाउँछु कार्ययोजना बितेको
महिनाकै दिनहरू हेरेर
अहँ, केही पनि मिल्दैन/मिल्दै मिल्दैन
न मिल्छ गते, न मिल्छ बार, न तिथिमितिहरू नै,
हुन्छ सबै गडबड।
बिर्सन थालेको छु अचेल
प्रेमिकाहरूका नामसमेत
सम्झिन धेरै कसरत गर्नुपर्छ–
कुन ऋतुमा कसले मेरो हातमा
राखिदिएका थिए–
एउटा रङ्गीचङ्गी रुमाल
जसलाई मैले धेरै वर्षसम्म
आफ्नै खल्तीमा सजाएको थिएँ स्नेहपूर्वक
कुन मौसममा दिएकी थिइन् कसैले
बेगनबेलीको काँडेदार फूल
जो ओइलाएको थियो केही क्षणपछि नै
अहँ, सम्झिन्नँ अचेल
प्रेमिकाहरूका नाम, वतन र अनुहार समेत।
कहिले बिर्सन्छु–नियमित औषधि सेवन
बिर्सन्छु कहिले–अनुलोम–विलोम र कपालभाँती गर्न
कहिले बिर्सन्छु–जुत्ताको तुना बाँध्न
केके बिर्सन्छु, बिर्सन्छु–गणना गरेरै सक्दिनँ।
धेरै बिर्सन थालेको छु अचेल।
जंगललाई अझै हरियाली बनाउने योजना थियो
आकाशलाई अझै बनाउने लक्ष्य थियो–
नीलो र उदात्त,
बनाउन चाहन्थेँ नदीलाई अझै शान्त, धेरै शान्त
बगैँचालाई बनाउन चाहन्थेँ
हज्जारौँ रङ्गीन पुतलीहरूका क्रीडास्थल
र, ऐठन पस्केर हरेक निद्रालाई
बिथोल्ने सपनाहरूलाई बनाउन चाहन्थे जिम्मेवार।
तर बिर्सन थालेको छु यी सबै योजना/सपनाहरू...
अचेल/केवल अचेल।