उदय रानोहोँछाको ‘प्यासी चातकहरु’ विमोचन
२७ चैत्र २०७८
•
३ मिनेट पाठ
उदय रानोहोँछाको ‘प्यासी चातकहरु’ विमोचन
कविता संग्रह विमोचन कार्यक्रममा अतिथिहरु। तस्बिरः महेश्वर
खोटाङका युवा कवि उदय रानोहोँछाको कविता संग्रह ‘प्यासी चातकहरु’को विमोचन गरिएको छ। आईतबार गाईघाटमा आयोजित किरात राई रानोहोँछा समाजको तेस्रो महाधिवेशनमा कविता संग्रहको विमोचन गरिएको हो।  




किरात राई चामलिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राई, समाजका अध्यक्ष धनकुमार राई, त्रियुगा क्याम्पसका सहप्राध्यापक तथा भाषाशास्त्री डा. कैलाश राई, किरात राई यायोक्खाका केन्द्रीय सदस्य छिवाहाङ राई, समाजका अगुवाहरु शिवमाया बान्तवा राई र मणिकुमार राईले संयुक्त रुपमा संग्रहको विमोचन गरे।  

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी लामाखुका कवि राईले यो कृति आप्mनो पहिलो भएको बताए। संग्रहमा लामा छोटा ४० वटा कविता समेटिएको जानकारी दिएका उनले अन्य कविताभन्दा आफ्नो कृति पृथक र शास्त्रीय शैलीको भएको बताए। विमोचन कार्यक्रममा कवि राईले एउटा कविता वाचन गर्दै कविताको दुनियामा फरक र नविन शैली अपनाएर साहित्यको संसारमा प्रवेश गरेको भन्दै पाठकले रुचाए पनि नरुचाए पनि जीवनभर साहित्यमा रमाईरहने प्रतिबद्धता पनि जनाए।  

विमोचन समारोहमा बोल्दै खाम्बातिम अध्यक्ष युवराज राईले देशविदेशमा छरिएर रहेका किरातीहरु संगठन र समाजमार्फत एक ठाउँ हुने काम भईरहेकोमा खुसी व्यक्त गरे। उनले चामलिङहरु ४ सयभन्दा बढी पाछा (थर)का रहेको तर, ठाउँ र बसाई सर्ने क्रममा मौलिक भाषा, लिपी, परम्परा र संस्कार संस्कृति क्रशः लोप हुदै गएकाले त्यसको सुरक्षा गर्न सबैसँग आग्रह गरे। सभ्यता र संस्कार संस्कृतिमा किरातीहरु विश्वकै धनी समुदायमा पर्ने बताउँदै उनले पछिल्लो समय किराती संस्कार बचाउन खाम्बातिमले मुन्दुम (बेद)को निर्माण गरी प्रकाशन गर्दै आएको बताए।

उनले हरेक छोरीको विहे गर्दा एक थान मुन्दुम पुस्तक थमाएर संस्कार र संस्कृतिको जगेर्ना गर्ने अभियानको थालनी गर्नुपर्ने पनि बताए। संघीयता र गणतन्त्त आएपछि सबै भाषाभाषी, संस्कार संस्कृति र पहिचानको सुनिश्चित हुने भनिए पनि १ नं. प्रदेश भाषा आयोगले चामलिङ भाषालाई कामकाजको भाषाको मान्यता नदिएकोमा गुनासो गरे। नेपाली, थारु, मैथिली र लिम्बु भाषालाई मान्यता दिए पनि चामलिङ भाषालाई आयोगले मान्यता नदिएको भन्दै उनले खाम्बातिम र यायोक्खाले यसप्रति असहमति जनाएको बताए।  

मुन्दुममा स्वर्ग र नर्क नहुने भन्दै पृथ्वीमा प्रकृतिले जन्म दिएको समुदाय भएकाले किरातीहरु प्रकृति धर्ममा विश्वास गर्ने बताए। उनले सबै किराती समुदायले पाछागत संगठनको नाम पछाडि ‘खाम्बातिम’ राख्न सुझाए। त्यसो गर्दा एकठाउँमा भेला हुन सहयोग पुग्ने उनको धारणा थियो। संघीय गणतान्त्रिक मुलुकका पहिचानको विषय उठान गरिए पनि त्यो कुरा व्यवहारमा नआएकोमा उनको गुनासो थियो।  

१ नं. प्रदेशको राजधानी भारतीय सीमा जोगवनीनेर पु¥याएको भन्दै त्यस्तो अन्यायमा पनि किरातीहरु मुख थुनेर बसेको बताए। उनले प्रदेशको नामाकरण किरात राख्नुपर्ने सर्वत्र माग भईरहेका बेला ठूला दलका नेताहरुले अन्य नाम प्रस्ताव गरेर किरातीहरुलाई सशक्त आन्दोलन गर्न बाध्य बनाउदै गएको बताए।

कार्यक्रममा भाषाशास्त्री डा. कैलाश राईले किराती समुदायका दाजुभाई खुवालुङबाट छुटेर गएकाहरुको सन्तान भएको बताए। तीनै दाजुभाई कोही पहाड र कोही तराईतिर छुट्टिएर जाँदा राई, लिम्बु, याख्या, सुनुवार, मगर, तामाङ, गुरुङ, शेर्पालगायत आदिवासी जनजाति हुन पुगेको उनको भनाई थियो। महाभारतकालमा किराती राजा यलम्बर मातहत १८ वटा किरात राज्यहरु भएको तथ्य पेश गर्दै डा. राईले तिमध्ये कसैले कौरव र कसैले पाण्डव पक्षलाई समर्थन जनाएको बताए।  

कार्यक्रममा समाजका संस्थापकहरु भोजपुरकी सुश्री शिवमाया बान्तवा राई, सुनसरीकमी सूर्यकुमारी राई, मोरङकी सकुन्तला राई, खोटाङका देवी राई, इटहरीका पत्रकार विश्वराज किरात र अन्य स्वर्गीय संस्थापकहरुलाई मरणोपरान्त सम्मान गरिएको थियो।  

कार्यक्रम संयोजक डिबी राईका अनुसार सुनसरी, मोरङ, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर र खोटाङलगायत पौने दर्जन जिल्लाका प्रतिनिधि र पर्यवेक्षकको महाधिवेशनमा सहभागिता रहेको छ। सोमबारसम्म चल्ने महाधिवेशनले आगामी योजना र रणनीति बनाउदै नयाँ नेतृत्व चयन गर्ने राईले बताए।  

०६१ सालमा सुनसरीमा स्थापना भएको समाजको प्रथम महाधिवेशन धरान र दोस्रो महाविधेश ०६६ मा मोरङको पथ्रीमा सम्पन्न भएको थियो। हरेक ५ वर्षमा महाधिवेशन गर्ने विधानमा व्यवस्था रहे पनि भूकम्प र कोविडका कारण पछि धकेलिएको समाजका उदयपुर सदस्य बिएस राईले बताए।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१० घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस