साहित्यकार कृष्णराज कोइरालाद्वारा लिखित पूर्वेली साहित्यकारहरुको परिचय’ नामक पुस्तक विमोचन गरिएको छ।
जनजागृतिका कवि धरणीधर कोइरालाको १३० औं जन्मजन्यतीको अवसर पारेर विराटनगरस्थित धरणीधर कोइराला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो। पुस्तकको वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, साहित्यकार हरि कट्टेल, लेखक कृष्णराज कोइराला, कवि मीनकुमार नवोदित, साहित्यकार हरिप्रसाद बराल, साहित्यकार सरला चापागाईंलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए।
धरणीधर पुरस्कार प्रतिष्ठानले प्रकाशित गरेको पुस्तकमा कृष्णप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, दधिराज सुवेदीलगायत करिब ४० जना साहित्यकारहरुको परिचय समावेश गरिएको छ। सोही अवसरमा कवि धरणीधर कोइरालाको शालिकमा माल्यार्पणसमेत गरिएको थियो।