ओजस्वी व्यक्तित्व, दूरदर्शी सोच
१६ असोज २०७८
•
६ मिनेट पाठ
ओजस्वी व्यक्तित्व, दूरदर्शी सोच
‘गणेशमान सिंह– यस नाममै एक चुम्बकीय आकर्षण छ...’ प्राध्यापक कपिल श्रेष्ठको यो कथन अतिसयोक्ति होइन। गणेशमान स्मृति दिवस (असोज २ गते) साँझ एपी–१ टेलिभिजनको प्रत्यक्ष प्रसारण हेर्न पाएका दर्शकलाई यस कुराको हेक्का हुनसक्छ। 




सम्झना के कुराको पनि हुन सम्भव छ भने गणेशमानजीका सद्गुण र विशिष्ट योगदानको चर्चाको आधार बन्न पुगेको थियो लेखक घनेन्द्रपुरुष ढकालको नवीनतम् पुस्तक ‘लौहपुरुषः विश्लेषणात्मक जीनवनगाथा’। परिसंवादमा सहभागी अन्य दुईजनाको नाम लिंदा पहिले लेखक ढकाल र दोस्रोमा गणेशमानजीकै सुपुत्र प्रकाशमान सिंहको उल्लेख आवश्यक हुन्छ। 

यस हरफको लेखक कार्यक्रमको सहजकर्ता थियो। २०४६ सालको जन–आन्दोलनका ‘कमाण्डर’ सँग पटक–पटक भेटवार्ता गर्ने मौका पाएका थोरै पत्रकारहरूमध्येको एक भएको हुँदा सहजकर्ताको भूमिका मलाई असहज भएन। यथार्थमा त्यो प्रसन्नताको घडी हुनगयो !

‘लौहपुरुष’का लेखक ढकालले यस पुस्तकलाई आफैंले गणेशमानजीबारे पहिले लेखेका दुई किताबभन्दा भिन्दै बनाएका छन्, मौलिकताको बाक्लो जलप लगाएका छन्। हो, विवरणात्मक जीवनीको सँगालो कहलिन सक्ने पुस्तकहरू त डेढ दर्जन निस्किसके होलान्। उहाँको ‘आत्मकथा’ नै छ जसको प्रकाशनमा माथबरसिंह बस्नेतको संलग्नता रह्यो। 

यस पृष्ठभूमिमा ढकालजीको नयाँ प्रकाशन आएको छ जुन एकभन्दा बढी कोणबाट बेग्लै किसिमको संस्मरण हुनपुगेको छ; सहृदयी पाठकहरूले यस पक्षलाई सजिलै ठम्याउने छन्। शीर्षकमा परेको ‘लौहपुरुष’ शब्दले यसै बुँदालाई इङ्गित गर्दछ। वास्तवमा यस शीर्षकको सार्थकता सिद्ध गर्न लेखकले किताबको पहिलो अध्याय पूरै खर्चेका छन्; त्यसैको बृहत् व्याख्या बाँकी आठ अध्यायमा भएको छ। प्रस्तुत गरिएका तर्क र आधार सशक्त छन् ।

२०२८ सालमा राजा वीरेन्द्रको पञ्चायती सरकारले नेपालमा नयाँ शिक्षा पद्धति लागू गरेपछि त्यसको विरोधमा विद्यार्थी आन्दोलन चर्क्यो। र, उच्चशिक्षाका केही विद्यार्थी ‘पढाइको लागि’ भनेर भारत (वाराणसी) तिर लागे। युवा वयका घनेन्द्रपुरुष पनि विद्रोह र विद्रोहीप्रति आकर्षित हुँदै नेपालका निर्वासित नेताहरूको गढ मानिने ठाउँतर्फ नै सोझिएछन्। 

पुस्तकको प्राक्कथनमै ढकालको भनाइ भेटिन्छः बीपी कोइराला,गणेशमान र कमरेड पुष्पलालसँग त्यहीं सम्पर्कमा आइयो’। सरदार उपेन्द्रपुरुष ढकालका नाति घनेन्द्रको निकटता समयको अन्तरालमा बीपी र गणेशमानसँग बढी भयो।

कालक्रममा गणेशमानसँग झन् नजिक भएको देखिन्छ। अनि त्यो क्रम उस बेलादेखि २०५४ साल असोजमा गणेशमानजीको देहावसान हुँदासम्मको झण्डै २६ वर्ष चलेछ। निर्वासनमा हुँदाको परिचय २०३३ सालमा बीपी र गणेशमानसहितको टोली नेपाल फर्केपछि गाढा सम्बन्धमा विकसित भएको पाइन्छ। 

आपसी सम्बन्ध सुमधुर विश्वासमा आधारित नहुँदो हो त घनेन्द्रजीलाई गणेशमान सिंहको दूत भएर काम गर्ने, वक्तव्य मसौदा गर्ने, योजनाका खाका कोर्ने, शीर्षस्थ नेताहरूका बीच सन्देश आदानप्रदान गराउने जस्ता संवेदनशील भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुँदैनथ्यो। त्यसरी आर्जन भएको विश्वसनीयताले गर्दा नै ढकालजीको नयाँ पुस्तकप्रति गम्भीर एवं परिपक्व पाठकहरू आकर्षित हुने सम्भावना टड्कारो भएको हो।

गणेशमान सिंहको नाम २००७ साल र २०४६ सालका आन्दोलनसँग सिधा जोडिएर आउँछ। दुबै आन्दोलनको लक्ष्य थियो नेपालमा प्रजातन्त्र बहाल गराउने। सात सालअघिको संघर्ष राणाहरूको हुकुमी शासन अन्त्य गरेर रैतीको थान्कोमा राखिएका नेपालीहरूलाई नागरिकको हैसियत र अधिकार दिलाउनु थियो भने ४६ सालको जन–आन्दोलन प्रजातन्त्र पुनःस्थापना गराउने उद्देश्यले सञ्चालन गरिएको थियो। 

जन–अधिकारका लागि राणाकालमा राजनीतिक दलहरू खडा हुँदा गणेशमानजी पहिले टंकप्रसाद आचार्यको प्रजा परिषद्तर्फ आकर्षित हुनुभयो भने पछि गएर नेपाली काँग्रेसको नेतृत्व पङ्तिमै पुग्नुभयो। उहाँको मूल ध्येय भनेको जनतालाई तिनको हक, अधिकार दिलाउनु र तिनको सुरक्षा हुने थिति बसाल्नु मात्र थियो। 

सत्तामा पुग्ने वा शासक हुने आकांक्षा हुँदो हो त ४७ सालमा राजाको प्रस्तावमा सर्वशक्तिमान् अन्तरीम प्रधानमन्त्रीको पद स्वीकार गर्नुहुने थियो, गर्नुभएन। बरु कृष्णप्रसाद भट्टराईलाई सक्रिय सहयोग दिएर चाँडोभन्दा चाँडो संवैधानिक राजतन्त्र सहितको संविधान बहाल गराउने विषयतिर केन्द्रित हुनुभयो किनकि त्यो नै उहाँको लागि सर्वोपरि महत्वको अभीष्ट थियो। 

निरंकुश शासनशैलीको सदैव विरोधमा रहने उहाँको मान्यता भएकोले गणेशमानजी २०४८ सालको निर्वाचनपछि बहाल भएको आफ्नै पार्टीको सरकार हाँक्ने प्रधानमन्त्रीको तीखो आलोचना गर्न समेत चुक्नु भएन। तर पटक–पटक दिइएका परामर्श र मार्गदर्शनको समेतको सुनुवाइ भएन, र त्यसपछि उहाँले आफूलाई नै पार्टीबाट अलग गराई जन–जागरण अभियान सञ्चालन गर्नुभयो। 

काकताली भन्नुप–यो, जीवनको अन्तिम घडीमा गणेशमान र किसुनजी दुबै काँग्रेस पार्टीबाट अलग भैसक्नु भएको थियो। स्थिति त्यहाँ पुग्नुअघिका घटनाक्रमलाई नियाल्न ढकालजीको पुस्तकले निकै मद्दत गर्छ।

गणेशमानजीको लोकप्रियता उहाँमा रहेको नैतिक मनोबल र मूल्य–मान्यताप्रतिको उहाँको प्रतिबद्धतामा आधारित थियो। त्यसैले उहाँको वाणीमा भीड नियन्त्रण गर्ने अद्भूत शक्ति पनि थियो। ४६ साल चैत्र २७ गतेको टुँडिखेलको विजय जुलुस एक उदाहरण हो। अघिल्लो दिन राजाले २०१७ सालदेखि दलमाथि लागिआएको प्रतिबन्ध हटाएको घोषणा गरेपछिको विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा गिरिजाप्रसादले जन–आन्दोलनको विजय राजाको र पञ्चायतको पनि हो भन्न पुग्दा श्रोतागण आक्रोशित भयो, र सभा नै बिथोलिने अवस्था आयो। 

आक्रोशलाई मत्थर पार्न केही नेताबाट कोशिस भयो तर पार लागेन। अनि गणेशमानजी उठेर मञ्चबाट भीडलाई फट्कार्नु भयोः के प्रजातन्त्रवादीले अरूको कुरा सुन्ने धैर्य राख्नु पर्दैन? भीड शान्त भयो र सभा सम्पन्न गरियो। गणेशमान सही अर्थका सर्वमान्य नेता भएको यो प्रमाण हो –लेखकको यस मतसँग राय बझाउने ठाउँ छैन। 

यही कुरा ४६ सालको आन्दोलन राजा वीरेन्द्र र गणेशमानको सुझबुझको प्रसङ्गमा पनि मिल्दोजुल्दो देखिन आउँछ। आन्दोलनको निकास आन्तरिक समझदारीबाट निकालियो, विदेशीले चियाउन पाएनन्। तर सात साल र ६३ सालका परिवर्तनलाई बेग्लै ढङ्गबाट टुङ्ग्याइयो।

गणेशमान सिंह कति सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो त्यसको पुष्टिमा लेखकले ४६ सालको आन्दोलन सफल भएताका एकथरी उग्रवादी कम्युनिष्टले गणेशमानजीलाई राजतन्त्र मिल्काउने बेला यही हो भनेर उक्साएको प्रसङ्ग कोट्याएका छन्। सिंहले भन्नुभएछः हाम्रो आन्दोलनका माग दुइटा मात्र हुन् –पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्थाको पुनःबहाली। यी दुबै माग पूरा भएकोले अब कुन नैतिकताले अर्को माग राख्ने वा थप्ने ? वास्तवमा प्रजातन्त्रको मामिलामा राजासँग विवाद गरे तापनि गणेशमान सिंह पछिसम्म पनि राजसंस्था हटाउने पक्षमा रहेको देखिएन।

संयोग हो, राजाको शासनमा पटक–पटक र वर्षौंसम्म कैदमा परेको हो तापनि कृष्णप्रसाद भट्टराईले पनि राजाको भूमिका अन्त्य गर्ने बुँदा पार्टी विधानमा हालेकै दिन नेपाली काँग्रेस परित्याग गर्नुभएको थियो। 

बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारासहित स्वदेश फर्केयता प्रजातान्त्रिक नेपालमा एकताको प्रतीकको रूपमा राजसंस्था राख्नु आवश्यक छ भन्ने मान्यता कायम राख्नुभएको कुरा विभिन्न पुस्तक, अन्तर्वार्ताहरूमा पाइन्छ। दुई ठूला देशबीच स्वतन्त्र मुलुक भै बाँच्न नेपालका लागि राजसंस्था पनि चाहिन्छ भन्ने दूरदृष्टि नहुँदो हो त तीनैजना शीर्षस्थ नेताले एकै प्रकारको अवधारणा किन प्रकट गर्नुहुन्थ्यो होला ?

गणेशमान सिंहले ८२ वर्षको आयुमा झण्डै ६० वर्ष राजनीतिक गतिविधिमा बिताउनु भयो, यसमा अधिकांश समय नेपाली काँग्रेसको लागि दिनुभए तापनि उहाँ काँग्रेसको मात्र नेता भएर बस्नु भएन। 

सिङ्गो मुलुकको अन्तस्करणको आवाज बनेर रहनु भयो। त्यस्तै, काठमाडौंको नेवार परिवारमा जन्मे–हुर्के–बढेको भएको हो तापनि उहाँले आफ्नो जीवन मेची–महाकाली समेटिने गरी देशको निम्ति समर्पण गर्नुभयो। घनेन्द्रजीको पुस्तक गणेशमानजीलाई समग्रमा बुझ्न सहयोग गर्ने गहकिलो ग्रन्थ हो। कताकति भेटिने पुनरुक्तिको दोषले यसको महत्व कम गर्दैन।

अन्त्यमा

‘लौहपुरुष’ पढ्दै गरेका बखत एकदिन पूर्व महान्याधिवक्ता बद्रीबहादुर कार्कीको फोन आयो। के गर्दै ? को उत्तरमा पुस्तक पढ्दै भनें। कार्कीको तत्कालको उद्गारः ‘पक्कै पनि घतलाग्दो होला, किनभने नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास गणेशमानजीको योगदानको उल्लेख बेगर पूरा हुनै सक्दैन ।’
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१२ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस