रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध
२८ भदौ २०७८
•
३ मिनेट पाठ
रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध
भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा राना थारु भाषालाई सरकारी कामकाज भाषाको लागि सिफारिस नगरेर विभेद गरेकोभन्दै कञ्चनपुर र कैलालीका आदिवासी रानाथारु समुदायले विरोध जनाएका छन। रानाथारु भाषालाई कामकाज भाषा बनाउन माग गर्दै उनीहरूले विरोधका कार्यक्रम गर्ने बताएका छन। 




आइतबार आयोजित पत्रकार सम्मेलनमा रानाथारु समुदायका अगुवाले भाषा आयोगले राना थारुको भाषालाई सिफारिस नगरेर आफूहरूको पहिचान मेटाउन खोजेको भन्दै विरोध प्रदर्शन गर्ने बताएका हुन। ‘राना थारु समाजको अगुवाईमा एक दर्जन बढी संघ संस्थाले राना थारु भाषालाई सरकारी कामकाज भाषा बनाउन माग राख्दै भोली सोमवार धनगढीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ,’ नेपाल राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भने। धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म प्रदर्शन गरिने उनले बताए ।

भाषा आयोगले जनगणना २०६८ का आधारमा सरकारी कामकाज भाषा सिफारिस गरेको थियो। सरकारी कामकाजको भाषा बनाउन प्रदेशको जनसंख्या,भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली लगायतलाई प्रमुख आधार मानेको बताइएको थियो। ७ वटै प्रदेशमा सरकारी कामकाज भाषा भनेर सिफारिस गरेको थियो। भाषा आयोगावट सिरफारिस गरिएका डोटेली र थारु भाषालाई सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाज भाषामा मान्यता दिइएको छ। थारु समुदाय र राना थारु समुदाय अलग भाषा, भेषभुषा, संस्कृती र पहिचान भएका समुदाय हुन ।

‘डोटेली र थारु भाषा जस्तै रानाथारु भाषाले पनि कामकाजी भाषाको मान्यता पाउनुपर्ने हाम्रो माग हो,’ अध्यक्ष रानाले भने, ‘सरकारले राना थारु समुदायलाई आदवासी जनजातीको रूपमा अलग्गै सूचिकृत गरिसकेको छ तर भाषा आयोगले गरेको विभेद्ले हामी विरोधमा उत्रन बाध्य हुनुपरेको छ ।’ ठूलो जनसंख्या भएको समुदायले बोल्ने भाषालाई भाषा आयोगले उपेक्षा गरेको उनको भनाइ छ। डोटेली र थारुसँगै रानाथारु भाषालाई पनि प्रदेशमा कामकाजी भाषाको मान्यता दिन प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ। थारु समुदाय अन्तर्गत राखिएका रानाथारुको भेषभुषा, पहिचान, रितिरिवाज सबै अलग भएकाले छुट्टै आदीवासीको सूचिमा राखिनु पर्ने लामो समयदेखिको माग हो। उनीहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री केपी प्रसाद ओलीको सरकारले २०७७ जेठ ५ गते राना थारुलाई छुट्टै आदिवासीको सूचीमा सूचीकृत गरेको थियो। कैलाली र कञ्चनपुरमा गरी रानाथारु समुदायको जनसंख्या तीन लाखभन्दा बढी रहेको उनीहरूको भनाई छ। कैलाली र कञ्चनपुरमा आदिबासीको रूपमा रहेको रानाथारुको छुट्टै भाषा, भेषभुषा, संस्कृती, पहिचान र रितिरिवाज रहेको छ ।

कामकाजी भाषा बनाउनका लागि आवश्यक जनसंख्या, भाषाको प्रयोग, इतिहास, व्याकरण, शब्दकोष, मानकीकरणलगायतका सबै आधारहरू रहेको राना थारु समुदायका अगुवा नेता कमल रानाले बताए। ‘सरकारी कामकाजी भाषा बनाउन आवश्यक सवै कुरा हुँदाहुँदै रानाथारु भाषालाई उपेक्षा गरिनु आपत्तीजनक हो,’ उनले भने। पाठ्यपुस्तक तयार गरेर कैलाली कञ्चनपुरका २७ सामुदायिक बिद्यालयमा कक्षा १ देखि ५ सम्म रानाथारु भषामा पठनपाठन भैरहेको उनले बताए। ‘भाषा आयोगले विभेद गरेकाल हामी त्यसका विरुद्ध आन्दोलन गर्ने निर्णयमा पुगेका हौं ।’

सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको प्रदेश प्रहरी तथा प्रदेश निजामती सेवाको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत राना थारुको समावेशिताको व्यवस्था नगरिएकोमा पनि उनीहरूले आपत्ती जनाएका छन। ‘रानाथारुलाई सरकारले छुट्टै आदिवासीको सूचीमा सुचिकृत गरिसकेकाले प्रदेश सरकारका निकायमा पनि आरक्षण छुट्याइनु पर्छ,’ उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम गरिरहन्छौं ।’
अर्को समाचार
रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै बिरोध
२७ भदौ २०७८
•
३ मिनेट पाठ
रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै बिरोध
भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा राना थारु भाषालाई सरकारी कामकाज भाषाको लागी सिफारिस नगरेर बिभेद गरेको भन्दै कंचनपुर र कैलालीका आदीवासी रानाथारु समुदायले विरोध जनाएका छन । रानाथारु भाषालाई कामकाज भाषा बनाउन माग गर्दै उनीहरुले बिरोधका कार्यक्रम गर्ने बताएका छन ।




आईतवार आयोजित पत्रकार सम्मेलनमा रानाथारु समुदायका अगुवाले भाषा आयोगले राना थारुको भाषालाई सिफारिस नगरेर राना थारु समुदायको पहिचान मेटाउन खोजेकोले  बिरोधमा प्रदर्शन गर्ने बताएका हुन ।‘राना थारु समाजको अगुवाईमा एक दर्जन बढी संघ संस्थाले राना थारु भाषालाई सरकारी कामकाज भाषा बनाउन माग राख्दै भोली सोमवार धनगढीमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ’नेपाल राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भने । धनगढीको ट्राफिक चौराह देखि पार्कमोड सम्म प्रदर्शन गरिने उनले बताए ।

भाषा आयोगले जनगणना २०६८ का आधारमा सरकारी कामकाज भाषा सिफारिस गरेको थियो । सरकारी कामकाजको भाषा बनाउन प्रदेशको जनसंख्या,भाषा वोल्नेको संख्या, एक भन्दा बढी पालिकामा वोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली लगायतलाई प्रमुख आधार मानेको बताइएको थियो ।

७ वटै प्रदेशमा सरकारी कामकाज भाषा भनेर सिफारिस गरेको थियो । भाषा आयोगावट सिरफारिस गरिएका डोटेली र थारु भाषालाई सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाज भाषामा मान्यता दिइएको छ । थारु समुदाय र राना थारु समुदाय अलग भाषा, भेषभुषा, संस्कृती र पहिचान भएका समुदाय हुन ।

‘डोटेली र थारु भाषा जस्तै रानाथारु भाषाले पनि कामकाजी भाषाको मान्यता पाउनु पर्ने हाम्रो माग हो’अध्यक्ष रानाले भने,‘सरकारले राना थारु समुदायलाई आदवासी जनजातीको रुपमा अलग्गै सुचिकृत गरिसकेको छ तर भाषा आयोगले गरेको बिभेदले हामी बिरोधमा उत्रन वाध्य हुनुपरेको छ ।’ ठूलो जनसंख्या भएको समुदायले बोल्ने भाषालाई भाषा आयोगले उपेक्षा गरेको उनको भनाई छ । डोटेली र थारुसँगै रानाथारु भाषालाई पनि प्रदेशमा कामकाजी भाषाको मान्यता दिन प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको उनको भनाई छ । नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ । थारु समुदाय अन्तर्गत राखिएका रानाथारुको भेषभुषा, पहिचान, रितिरिवाज सवै अलग भएकाले  छुट्टै आदीवासीको सूचिमा राखिनु पर्ने लामो समयदेखिको माग थियो । उनीहरुको माग सम्वोधन गर्दै प्रधानमन्त्री केपी प्रसाद ओलीको सरकारले २०७७ जेठ ५ गते राना थारुलाई छुट्टै आदिवासीको सूचीमा सुचीकृत गरेको थियो । कैलाली र कंचनपुरमा गरी रानाथारु समुदायको जनसंख्या तीन लाखभन्दा बढी रहेको उनीहरुको भनाई छ । कैलाली र कञ्चनपुरमा आदिबासीको रुपमा रहेको रानाथारुको छुट्टै भाषा, भेषभुषा,संस्कृती,पहिचान र रितिरिवाज रहेको छ । कामकाजी भाषा बनाउनका लागि आवश्यक जनसंख्या, भाषाको प्रयोग, इतिहास, व्याकरण, शब्दकोष, मानकीकरणलगायतका सवै आधारहरु रहेको राना थारु समुदायका अगुवा नेता कमल रानाले बताए ।‘सरकारी कामकाजी भाषा बनाउन आवश्यक सवै कुरा हुदाँहुदै रानाथारु भाषालाई उपेक्षा गरिनु आपत्तीजनक हो’उनले भने । पाठ्यपुस्तक तयार गरेर कैलाली कंचनपुरका २७ सामुदायिक बिद्यालयमा कक्षा १ देखि ५ सम्म रानाथारु भषामा पठनपाठन भैरहेको उनले बताए । ‘भाषा आयोगले विभेद गरेकाल हामी त्यसका बिरुद्ध आन्दोलन गर्ने निर्णयमा पुगेका हौं ।’  

सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको प्रदेश प्रहरी तथा प्रदेश निजामती सेवाको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत राना थारुको समावेशिताको व्यवस्था नगरिएकोमा पनि उनीहरुले आपत्ती जनाएका छन ।

‘रानाथारुलाई सरकारले छुट्टै आदिवासीको सूचीमा सुचिकृत गरिसकेकाले प्रदेश सरकारका निकायमा पनि आरक्षण छुट्याइनु पर्छ’उनले भने,‘हाम्रा माग सम्वोधन नभएसम्म हाम्रो बिरोधका कार्यक्रम गरिरहने छौं ।’
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस