प्रज्ञा गजल महोत्सव सम्पन्न
२३ भदौ २०७८
•
५ मिनेट पाठ
प्रज्ञा गजल महोत्सव सम्पन्न
राष्ट्रिय विभूतिसमेत रहेका  युवाकवि मोतीराम भट्टको १५६ औं जन्मजयन्तीका उपलक्ष्यमा मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा प्रज्ञा भवनमा ‘प्रज्ञा गजल महोत्सव’ को आयोजना गरियो।




वेबिनार माध्यमबाट आयोजित गजल महोत्सवलाई सम्बोधन गर्दै कुलपति गंगाप्रसाद उप्रेतीले ३० वर्षको छोटो उमेरमै नेपाली वाङ्मयमा मोतीराम भट्टले अतुलनीय योगदान गरेको स्मरण गरे।उनले नेपाली साहित्य–इतिहासको एउटा कालखण्डमा मोतीराम भट्टको विशिष्ट योगदान रहेको उल्लेख गर्दै त्यसले आधुनिक नेपाली साहित्यको विकासका निम्ति मात्रै नभएर समग्र नेपालकै विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनले छोटो, लयात्मक र प्रभावकारी विधा गजल पछिल्लो समय लोकप्रिय हुँदै गएको उल्लेख गर्दै गजलको सैद्धान्तिक र व्यावहारिक विकासका लागि प्रज्ञा–प्रतिष्ठानले यस्ता महोत्सव, सभा, सम्मेलन, अनुसन्धान र कृति प्रकाशनजस्ता कार्यक्रम गरिरहेको प्रस्ट्याए। उनले प्रज्ञा–प्रतिष्ठानको वार्षिक कार्यक्रमअन्तर्गत नै मोती जयन्ती आयोजना गर्ने गरिएको उल्लेख गरे। कुलपति उप्रेतीले चिनियाँ लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा बेल्ट एण्ड रोडअन्तर्गत रहेका मुलुकका लेखक, साहित्यकार तथा यससँग सम्बन्धित सङ्घसंस्थाहरूको अन्तर्राष्ट्रिय साहित्यिक सञ्जाल आजै स्थापना भएको पनि बताए।

कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद्का सदस्यहरूद्वारा कार्यक्रम सुरु हुनुअघि प्रज्ञा परिसरमा अवस्थित युवाकवि मोतीराम भट्टको प्रतिमामा माल्यार्पण गरी श्रद्धा अर्पण गरिएको थियो।  

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै युवाकवि मोतीराम भट्टको जीवनी र विशेषताका सम्बन्धमा प्रकाश पारे। मोती जयन्तीको अवसर पारेर गजल महोत्सव आयोजना गरिएको बताउँदै उनले मोतीरामले नेपाली साहित्यमा नयाँ विधा गजल भित्र्याउन सफल भएको बताए। 

भानुभक्तलाई खोजेर भानु बनाउने पनि मोतीराम नै भएको उल्लेख गर्दै उनले मोतीरामको योगदान नेपाली साहित्यमा उच्च कोटीको रहेको बताए। सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानका ११ वटा विभागले सम्बन्धित विषय क्षेत्रसँग सम्बन्धित रहेर स्रष्टा तथा युगपुरुषहरुको जन्मजयन्ती मनाउने गरेको बताए।

कोभिड–१९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सम्पन्न गर्न नसके पनि भर्चुअल रूपमा निरन्तर यस्ता कार्यक्रम र महोत्सवहरू सञ्चालन भइरहेको बताए। उनले कालो बादलभित्र पनि चाँदीको घेरो हुन्छ भनेजस्तै भर्चुअल माध्यमले भौतिक उपस्थिति जनाउन नसक्ने स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्न सकिएको उनले बताए। प्रा. उपाध्यायले मोतीराम भट्टरचित केही गजलका शेरहरू पनि सुनाएका थिए।

साहित्य (पद्य/काव्य) विभागका प्रमुख एवम् प्रज्ञा गजल महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले दुई वर्षअघिदेखि प्रज्ञा–पतिष्ठानले गजल महोत्सव आयोजना गर्न सुरुको गरेको उल्लेख गर्दै गतवर्ष भने कोभिड–१९ को महामारीका कारण आयोजना गर्न नसकिएको बताए। उनले यो वर्ष भौतिक रूपमै आयोजना गर्ने तयारी भए पनि संक्रमणको जोखिम कायमै रहेकाले भर्चुअल र भौतिक रूपमा कार्यक्रम आयोजना गरिएको बताए। 

उनले दुई वर्षअघि भएको गजल महोत्सवले घोषणापत्र जारी गर्दै सम्पूर्ण गजललाई समान मानेर सम्मान गरिएको उल्लेख गर्दै रचना रचना नै भएकोले बहरमा लेख्दा मात्रै गजल हुन्छ भन्ने नमानी गजलले भाव र विचार के दिन्छ भन्ने कुरा प्रमुख भएको विचार व्यक्त गरे। 

उनले गजलकारहरूबिच सम्मान र सहकार्य आवश्यक रहेको बताउँदै एकले अर्कोलाई आक्षेप लगाउने चलनले नेपाली साहित्यको विकास नहुने धारणा व्यक्त गरे। वादे वादे जायते तत्व बोध भनेजस्तै निरन्तरको प्रयासबाट गजलमा देखिएका समस्या समाधान हुन्छन् भन्ने धारणाले प्रज्ञाप्रतिष्ठानले गजल महोत्सव र अन्य गतिविधिमा हात हालेको उनको कथन थियो।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले कार्यक्रमको औचित्य तथा युवाकवि मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै मोतीरामले मुक्तकीय शैलीका कविता, फुटकर रचना र आठओटा खण्डकाव्य रचना गरेको बताए। 

नेपाली कवितालाई शृंगारिक धारामा मोतीरामले प्रवद्र्धन गरेको र गजल नवप्रवर्तन भएको उनको भनाइ थियो। पछिल्लो दशकमा युवापुस्ताबिच अत्यन्त लोकप्रिय भएको गजल विधाको स्थापनाको श्रेय मोतीरामलाई नै दिनुपर्ने उनले बताए। ग्जल मात्रै नभएर नेपाली समालोचनामा पनि मोतीरामको उल्लेख्य योगदान रहेको जानकारी दिए।

भानुभक्तका कृतिको समीक्षा गरेर मोतीरामले समालोचनाको सुरुवात गर्नुभएको उनको भनाइ थियो। प्रकाशन युगको स्थापना पनि मोतीरामकै पालामा भएको तथा पुस्तकालय स्थापनामा र सामूहिक लेखनमा, बहुभाषाका कविता लेखनमा समेत मोतीराम आरम्भकर्ता भएको उल्लेख गरे।

गजलकार सुवास अगमले भर्चुअल माध्यमबाट र सूर्य चापागाईंले भौतिक रूपमै उपस्थित भएर मोतीराम भट्टका केही गजल सुनाएका थिए। त्यसपछि देश, विदेशबाट गजलकारहरूले आआफ्ना गजल सुनाएका थिए। भौतिक रूपमै उपस्थित भएर गजलकार ज्ञानुवाकर पौडेलले गजलमा आन्तरिक सौन्दर्य हुनुपर्ने उल्लेख गर्दै मतला, रदिफ, मक्ता आदि भएर मात्रै नपुग्ने र आन्तरिक सौन्दर्य भएको गजलमात्रै उत्कृष्ट हुने बताए। उनले २०५२ सालपछि मान्छेमा जानेर वा नजानेर पनि धेरै बोल्ने बानी लागेकाले गजलका विषयमा पनि यस्तै भएको उल्लेख गरे। कार्यक्रममा उनले आफ्नो गजल वाचन गरेर सुनाएका थिए।

कार्यक्रममा गजलकार रामबहादुर पहाडी, रवि प्राञ्जल, गोपाल अश्क र शान्ति शर्माले भौतिक रूपमै उपस्थित भएर गजल सुनाएको थियो। जुममार्फत् बुँद राना, करुण थापा, घनश्याम न्यौपाने परिश्रमी, टीकारम उदासीले आआफ्ना गजल गरेका थिए।

यसैगरी जुम माध्यममार्फत् मलेसियाबाट दीप दर्शन, दुबईबाट अमरदेव बास्तोला, बहराईनबाट सुन्दर गुरुङ, हङकङबाट जुनू राना मगर, पोर्चुगलबाट स्पन्दन विनोद, बेलायतबाट अञ्जु अञ्जली, अमेरिकाबाट प्रभा पोखरेल, जापानबाट बिन्दा पराजुली, साउदी अरबबाट रामजी रानाभाट र बर्माबाट भीम पाण्डेले गजल वाचन गरेका थिए। यसै गरी नेपालबाट धीरेन्द्र प्रेमर्षि, धनराज गिरी, सुरेश सुवेदी, कमलराज केसी, सीता ऐरी, रामगोपाल आसुुतोष, नारायण गैरे, देवी पन्थी, मन्दिरा मधुश्री, सुविद गुरागाईं, जीत कार्की, पुष्प अधिकारी ’अञ्जली’ लगायतले गजल वाचन गरेका थिए।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्त, साहित्य (अनुवाद) विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, साहित्य (गद्य/आख्यान) विभाग प्रमुख माया ठकुरी, साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा.डा. गोपी पौडेल, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभाका सदस्यहरू, आजीवन सदस्यहरू, मानार्थ प्राज्ञ सदस्यज्यूहरूका साथै प्राज्ञ परिषद्का पूर्वपदाधिकारीको समेत कार्यक्रममा भौतिक र भर्चुअल उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीरकण प्रज्ञा सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए। कार्यक्रमका प्रतिवेदक डिल्लीरमण सुवेदी रहेका थिए। 
अर्को समाचार
राष्ट्रिय गजल महोत्सवमा पाँच बुँदे घाेषणा
१८ माघ २०७६
•
६ मिनेट पाठ
राष्ट्रिय गजल महोत्सवमा पाँच बुँदे घाेषणा
काठमाडौं –




‘तिमी कृष्ण हौं कि राम थाहै पाइएन

छाँया असल हो कि घाम थाहै पाइएन

कहिले चक्काजाम हुन्छ कहिले सडकजाम

कसले गर्छ यस्तो काम थाहै पाइएन।’

प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सव सम्पन्न भएको छ। प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा भएको सो महोत्सवमा सातै प्रदेशका ७५ जना गजलकारका गजल वाचन, गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग विषयमा विचार गोष्ठी, आजको गजल लेखनका विषयमा परिसंवाद, नेपाली गजलको अवस्था सम्बन्धमा प्रादेशिक प्रतिवेदनको प्रस्तुति र पाँच बुँदे घोषणापत्र प्रस्तुत गरिएको थियो।

पहिलो पटक भएको महोत्सवको दोस्रो दिन डा घनश्याम न्यौपाने ‘परिश्रमी’, घनेन्द्र ओझा र टीकाराम उदासीले दुईवटा कार्यपत्र प्रस्तुत गरेका थिए। प्राडा कृष्णहरि बराल, प्राडा सनतकुमार वस्ती, डा नेत्र एटम र डा गीता त्रिपाठीले कार्यपत्रमाथि टीकाटिप्पणी गरेका थिए। समीक्षक डा नेत्र एटमले गजलका प्रवृत्ति उल्लेख गर्दै अन्य भाषाबाट नेपालीमा अनुवादित गजललाई समेट्नुपर्ने बताए। प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा वस्तीले नेपाली गजल क्षेत्रमा गम्भीर दृष्टि लगाउनुपर्ने अवस्था आएको सुनाए। त्यस्तै डा त्रिपाठीले गजलमा महिलाको विषयलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

परिसंवाद कार्यक्रममा विज्ञ करुण थापाले गजल बिचमा हराएको तर पुनर्जागरणपछि उत्कृष्ट गजलको सिर्जना भएको बताए। डा साधना प्रतीक्षाले गजलले छुट्टै विधा प्राप्त गरेको र युवापुस्तामा लोकप्रिय बन्दै गएको बताइन्। आवाज शर्माले गजलप्रति आकर्षित हुनेहरूको संख्या बढ्ने क्रम रहेको बताए। ललिजन रावलले पनि युवापुस्ताको जमात गजल लेखनमा पूर्ण क्रियाशील रहेको बताए। त्यस्तै ज्ञानुवाकर पौडेलले गजल विधामा विवाद नरहेको बताए। ‘विवाद छ भन्नु छिटो चर्चामा आउनु हो,’ उनले भने, ‘हामीले खोजेको विवाद होइन विमर्श हो, विमर्शले हामीलाई टुंगोमा पु-याउँछ।’

नेपाली गजलको अवस्था सम्बन्धमा प्रादेशिक प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश १ का विवश बलिभद्र कोइरालाले आफ्नो प्रदेशमा अहिले धेरै गजलकारको उत्पादन भएको सुनाए। प्रदेश २ का सञ्जय साह ‘मित्र’ ले प्रदेशमा गजलको अवस्था मध्यम रहेको र सबैभन्दा बढी गजलसम्बन्धी कृति महोत्तरीबाट प्रकाशित भएको जानकारी दिए। त्यस्तै वागमती प्रदेशकी अनिता न्यौपानेले प्रदेशमा निरन्तर गजलसम्बन्धी कार्यक्रम भइरहेको बताइन्।

गण्डकीका अनुराग अधिकारीले मनाङ र मुस्ताङका गजलकार सक्रिय नभएको जानकारी दिए। प्रदेश ५ का कपिल अन्जानका अनुसार सो प्रदेशमा साहित्यिक माहोल राम्रो रहेको छ। कर्णालीकी सीता यरीले भाषा र साहित्यका हिसाबले कर्णाली प्रदेश अगाडि रहेको बताइन्। सुदूरपश्चिम प्रदेशका जनक रसिकले समग्र देशकै गजलका लागि सहयोग गर्ने पत्रिका प्रदेशबाटै प्रकाशित भइरहेको जानकारी दिए।

प्राज्ञ परिषद्का निवर्तमान सदस्य डा अमर गिरी गजल नेपाली भाषासम्म आइपुग्दा परिवर्तन भएको बताउँछन्। गजलको इतिहास उही रूपमा नरहेकाले सिद्धान्तको पक्षमा लचिलो बन्नुपर्ने उनको धारणा छ। आज गजलका क्षेत्रमा स्तरीकरणको समस्या उत्पन्न भएको उनले जानकारी दिए। साहित्यकार डा बिन्दु शर्माले गजल महोत्सवमा युवा चिन्तनलाई बुझ्ने मौका मिलेको बताइन्। ‘गजलका आधारमा भन्नुपर्दा पश्चिमका गजलहरू बढी सशक्त रहेछन्,’ शर्माले भनिन्, ‘राजधानीका गजलको तुलनामा प्रदेशबाट आएका गजल धेरै माथि रहेको पाइयो।’ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आगामी दिनमा गजल प्रवर्धनका लागि विशेष कार्यक्रमको आयोजना गर्दै जाने जानकारी दिए।

युवा तथा खेलकुद मन्त्री जगत्बहादु विश्वकर्माले महोत्सवको घोषणापत्र र वातावरणलाई हेर्दा ऐतिहासिक महोत्सव रहेको बताए। नेपाली कला साहित्यलाई अझ प्रवर्धन र विकासका लागि महोत्सव सफल रहेको उनको भनाई छ। प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले युवापुस्तालाई आकर्षण गर्ने गरी सातै प्रदेशका युवा गजलकारलाई महोत्सवमा समेटेको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस