दर्पणमा प्रतिच्छाया
३० साउन २०७८
•
४ मिनेट पाठ
दर्पणमा प्रतिच्छाया
पिताजी (राष्ट्रकवि) को शयनकक्षमा एउटा सामान्य पलङ छ। दक्षिणपट्टिको झ्यालमा एउटा सिडी छ। पश्चिम र उत्तरपट्टिको झ्यालमा वरपर मिल्ने जति ठाउँमा पुस्तक छन्। कापी र कलम छन्। पलङको ठीकअगाडि पूर्वपट्टि एउटा काठको दराज छ। त्यसको बाहिरी खापामा एउटा ऐना टाँसिएको छ। यो ऐनामा यी वस्तुको प्रतिच्छाया देखिन्छ। पिताजी यही पलङमा बसेर कहिले संगीत सुन्दै, कहिले आफैँ गुनगुनाउँदै रूखपात, लहरा र आकाश हेरी शब्द, रूप, रस, गन्ध र स्पर्शको अनुभूति गर्नुहुन्थ्यो। यसैलाई आलम्बन गरी अन्तर्यात्रा र बाह्ययात्रा अविरल रूपमा गरिरहनुभयो। सांसारिक जीवनमा आउने कतिपय कठीन परिस्थितिमा पनि साहित्यिक यात्रा रोकिएन। जागा अवस्थामा मात्र होइन निद्राको सुषुप्तिमा समेत उहाँको चेतनालाई निद्राले जित्न सकेन। भाव आएमा रातमा उठेर पनि लेख्नुहुन्थ्यो। यस्तो अनवरत साधनाको साक्षी यही पलङ सम्मुख रहेको दराजको ऐना भयो।




पिताजीको स्वभाव नै थियो– बिहानै उठेदेखि आफूलाई स्फूर्त र जीवन्त राख्ने। यसैले कोठामै गर्नुभएका योग साधनाका कतिपय सुन्दर क्षण पनि यही ऐनाले मात्र देख्यो। हामी त शान्त भएर बस्थ्यौँ। साधना हेर्ने कुरा पनि त होइन। हिजो आज मलाई लाग्छ– त्यही ऐनामा छन् ती क्षणका तस्बिरहरू झिकेर पल्टाइपल्टाई हेरूँहेरूँ जस्तो।

भोटो र मर्दाना धोती, कमिज र सुरुवाल, मयलपोस सुरुवाल र कोट, सुट अनि सेनाको पोसाक लगाउनु भएका तस्बिर पनि यसैमा प्रतिविम्बित छन्। कार्यालय होस् वा सभा–समारोहमा जाँदा चित्त प्रसाधन गर्नका लागि सौन्दर्य प्रसाधन पनि गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। मिठो बास्ना आउने तेल अनि त्यस्तै बास्नादार श्रीखण्डको अत्तर प्रयोग गर्नुहुन्थ्यो। अनि, यही ऐनामा आफ्नो प्रतिच्छाया हेरेर ठीक भएँ भनेर सोध्नुहुन्थ्यो जस्तो लाग्छ।

यो ऐनामा प्रत्येक नयाँ वर्षमा परिवारजन बीचको शुभकामना र आशीर्वचन आदानप्रदान गरिएका कैयौँ सुखद् तस्बिरहरू छन्। हामीले पिताजीसँग बसेर कैयौ चाडबाड र व्रत उत्सव मनायौँ। जनै पूर्णिमामा ज्वाइँ र भानिजहरूसँग डोरो बाँध्दाको त्यस्तै तीजको गीत गाएर हाम्री आमा महाकाली लगायत हामी छोरीबुहारी, छोराहरू, नातिनी, नातिनी बुहारी र पछि आएर ज्वाइँहरूसँग समेत नाच्नुभएको सुन्दर दृश्य पनि छन्। दसैँमा नारी र पुरुष भेद नगरी दुवैलाई एउटै मन्त्र ‘आयु द्रोणसुते...’ लाई छन्दमा लय हाली गाउँदै टीका जमरा लगाइदिनुभएका तस्बिर पनि यसैमा समाहित छन्।

पिताजीले ८४ वर्षमा सहस्र चन्द्र दर्शन गर्नुभएको अनि १०२ वर्षमा पूर्ण आयु बाँच्नुभएको महान् जन्मोत्सव त्यसै समयमा आमा महाकालीले ८४ वर्षमा सहस्र चन्द्र दर्शन गर्नुभएको महान् अवसरको पूर्व सन्ध्यामा ज्वाइँ छोरीछोरा बुहारी र नातिनीलाई लुगा कपडा बाँड्नुभएको रमाइलो दृश्य यो ऐनाले कैद गरेको छ। हामी सन्तानले बुवाआमालाई उपहार टक्राएको बडो हर्षोल्लासपूर्ण रंगीन वातावरणको तस्बिर पनि यहीँ ऐनामा छ। एक प्रकारले यो ऐनाले सनातन हिन्दू संस्कृतिको प्रतिच्छाया धारण गरेको छ।

समय अविरल बगिरहन्छ र त्यसैमा घटनाहरू घटिरहन्छन्, कुनै सुखद त कुनै दुःखद। अस्तित्वमा आउने भौतिक पक्षहरू समय आएपछि अस्तित्वमै मिल्छन्। यसैले त यो ऐनामा विभिन्न समयका र अवसरका तस्बिर टाँसेर हाम्रा परम श्रद्धेय गुरु पिताजी शरीरले २०७७ भाद्र २ गते परम यात्राका लागि प्रस्थान गर्नुभयो, मुक्तात्मा हुनुभयो, परमात्मा एकाकार हुनुभयो। उहाँको वर्तमान क्षणको तस्बिर खिच्ने यो ऐना पनि एक दिन चकनाचुर हुन्छ नै। चित्रहरू पनि टुक्रिन्छन् तर मेरो मन–मस्तिष्कमा भने पूर्ण नै रहन्छ। अझै मलाई लाग्यो– परम निद्रामा निदाउनुभएको छ। तर होइन रहेछ! हामीले पिताजीको शरीरलाई पहेँलो पछ्यौरा ओडायौँ। त्यसै बखत पूर्वमन्त्री अर्जुन नरसिंह केसीजीले सयपत्री फूलको माला राष्ट्रकवि (पिताजी) मा अर्पण गर्नुभयो। उज्ज्वल र प्रदीप्त प्रशान्तावस्थाको मुहार हेर्दा अझै लाग्दै थियो– निद्रा पु¥याएर पिताजी उठ्नुहुन्छ।

खाटबाट एउटा लोबेडमा भाइहरू र बन्धुबान्धवले पिताजीलाई सारे। अनि पिताजीको शरीरलाई यो पवित्र यज्ञशाला वा तपस्थलीबाट बिस्तारै सिमलको भुवालाई उडाए जस्तैगरी कोठाबाट भर्‍याङतिर लगे। ऐनाले अन्तिम तस्बिर खिच्यो। मैले अश्रुपूर्ण आँखाले झिमिक्क नगरी शिर झुकाई बिदाइ गरेँ। त्यसपछि मैले कोठालाई सर्सर्ती हेरेँ। सबैजना आँसुले प्लावित रहेछौँ। तत्काल लाग्यो– अब यो कोठाभित्र बुवा भनेर पस्ने दिन गए।

मैले स्वसंवाद बढाएँछु र भनेँ, ‘पिताजी यो तस्बिर पनि कहिल्यै फिका हुँदैन च्यातिँदैन त्यसरी नै जसरी ४० वर्षअगाडि मलाई अँगालो हालेर ऐनाअगाडि लगी हाम्रो तस्बिर हेर् त यो कहिल्यै फिका हुँदैन च्यातिँदैन भन्नुभएको थियो।’
अर्को समाचार
आज राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती
०८ असोज २०७८
•
२ मिनेट पाठ
आज राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ।




विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो।  कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, 'राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन्।'  

उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उनका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको जनाए। स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहेका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहेका थिए ।

उपकुलपति डा. जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरे। सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा डा.हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उनको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताए। प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गरे। 

उनले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरे। राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाए। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस