योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको ‘आखिर रोज्ने के ?’ पुस्तक बजारमा आएको छ। कोरोना भाइरस महामारीको दोस्रो लहर बढ्दै गइरहेको अवस्थामा मंगलबार टेलिभिजन कार्यक्रममार्फत पुस्तक सार्वजनिक गरिएको हो। मंगलबार उद्यमी एवं गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो र लेखक अधिकारीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका छन्।
टेलिभिजनमा पुस्तक विमोचन भएको अवसरमा जीवन, जगत्, मानिसका इच्छा आकांक्षा, योग, ध्यान र यसको प्रभावलगायत विषयमा साहित्यकार अमर न्यौपानेले लेखक अधिकारी र उद्यमी महतोसँग अन्तरसंवाद समेत गरेका थिए। सो अवसरमा लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठीक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने बताएका थिए।
यसले मानिसलाई दुःखद अवस्थामा पुर्याउने उनको भनाइ थियो। ‘आन्तरिक जीवन र बाह्य जीवनबीचको लडाइँ पनि मानिसको सबभन्दा ठूलो लडाइँ हो,’ उनले भने, ‘त्यसलाई थोरै भए पनि समाधान दिने जमर्को पुस्तकले गरेको छ। मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न। धनको कुरा रोज्दा कहिलेकाहीं मन पाइन्न। यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पनि पुस्तकमा महत्वका साथ सिकाउन खोजेको छु।’