लोप हुँदै चैतलो
०५ चैत्र २०७७
•
२ मिनेट पाठ
लोप हुँदै चैतलो
चैतलो गाउनको लागि गाउँ जाँदै एक दम्पति । तस्बिरः बिरा÷नागरिक
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैया र अन्य वस्तुहरु दिने चलन रही आएको छ । खास गरेर दलित समुदायका दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं । फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ ।’




चैतलोमा बिशेष गरेर कालीनाग र उसकी पत्नीसँग जोडिएको कथा भन्ने गरिएको छ । ‘परापूर्व कालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसंग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटिने गर्दछ ।’ त्यति मात्रै नभएर रानादेउका छोरा साधुवालाले आफ्नी दीदीको बारेमा थाहा नपाउँदा साथीहरुले बिना दिदीबहिनीको भाई भनेर गिज्याउँदा सहनु परेको पीडा पनि चैतलोमा गीत मार्फत भन्ने गरिन्छ । त्यसैबेलादेखि चैतको महिना दाजुभाईले दिदीबहिनीलाई भेट्ने चलन चलेको सुर्नया गाउँपालिका–५ का जैमल दमाइले बताए ।

केही वर्ष अघिसम्म चैत महिना सुरु भएपछि गाँउघरमा हुड्को बाजाको धुनले गाँउघर नै गुञ्जायमान हुने गरेको भए पनि अहिले चैतलो लोप हँुदै गइरहेको छ । हुड्को बाजा बजाएर देवीदेवताका गाथा, वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशदत्त लेखकले बताए । घरघरमा पुगेर चैतलो गाउने र त्यो वाफत् अन्न पैसा दिने चलन रहेको समेत उनले बताए ।  चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाईले दिदीबहिनीहरुलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा चैतलो मार्फत सुनाउने गरिन्छ । बिशेष गरेर सुदूरका बैतडी र दार्चुलामा चैतको महिना चैतलो सुनाउने चलन रहेको छ ।
अर्को समाचार
लोप हुँदै चैतलो
०५ चैत्र २०७७
•
२ मिनेट पाठ
लोप हुँदै चैतलो
चैतलो गाउनको लागि गाउँ जाँदै एक दम्पति । तस्बिरः बिरा/नागरिक
बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । 




चैतको महिना प्रत्येक गाउँ र घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैयाँ र अन्य वस्तुहरु दिने चलन रही आएको छ । खास गरेर दलित समुदायका दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं । फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ ।’

चैतलोमा बिशेष गरेर कालीनाग र उसकी पत्नीसँग जोडिएको कथा भन्ने गरिएको छ । ‘परापूर्वकालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसंग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटिने गर्दछ ।’ त्यति मात्रै नभएर रानादेउका छोरा साधुवालाले आफ्नी दिदीको बारेमा थाहा नपाउँदा साथीहरुले बिना दिदीबहिनीको भाई भनेर गिज्याउँदा सहनु परेको पीडा पनि चैतलोमा गीत मार्फत भन्ने गरिन्छ । त्यसैबेलादेखि चैतको महिना दाजुभाईले दिदीबहिनीलाई भेट्ने चलन चलेको सुर्नया गाउँपालिका–५ का जैमल दमाइले बताए ।

केही वर्षअघिसम्म चैत महिना सुरु भएपछि गाउँघरमा हुड्को बाजाको धुनले गाउँघर नै गुञ्जायमान हुने गरेको भए पनि अहिले चैतलो लोप हुँदै गइरहेको छ । हुड्को बाजा बजाएर देवीदेवताका गाथा, वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशदत्त लेखकले बताए । घरघरमा पुगेर चैतलो गाउने र त्यो वाफत् अन्न पैसा दिने चलन रहेको समेत उनले बताए ।  

चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाईले दिदीबहिनीहरुलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा चैतलो मार्फत सुनाउने गरिन्छ । बिशेष गरेर सुदूरका बैतडी र दार्चुलामा चैतको महिना चैतलो सुनाउने चलन रहेको छ ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस