आभास, आभास ! कतिबेर लाएको बाथरुममा ? ढोका खोल न, तिमी बाथरुम गएपछि धेरैबेर लगाउँछौ किन होला ?
बूढापाकाले भन्थे– विवाहपछि हाम्रो स्वतन्त्रता पूरै जान्छ, श्रीमतीले जे भन्यो त्यही गर्नुपर्दाेरहेछ, उठ् भने उठ् बस् भने बस्– श्रीमती (सानु)को ढकढक्याइपछि बाहिर निस्कँदै आभास हाँस्दै बोल्यो।
अरू केही होइन, तिमीलाई केही अप्ठेरो भयो कि भनेर मात्र। उसै त आजकाल अनुहार पनि पहेँलो पहेँलो देखिरहेकी छु। त्यसैले हो, विवाह हुनेबित्तिकै बम्बई ल्यायौ तिमीले, कता नेपालको एउटा गाउँमा बसेकी केटीलाई। मेरो यहाँ न साथी छ, न अरू कोही नै। खाली सासूआमा र नन्द त हो। अनि तिम्रै अघि–पछि नघुमेर के गर्नु त ? दिनभर अफिसमा व्यस्त हुन्छौ। बिहान–बेलुकी तिम्रो वरिपरि घुम्न मन लाग्छ। सायद तिमीसँग मेरो प्रेम बस्यो होला। हुन पनि हाम्रो विवाह भएको आज दुई महिना पुग्न आँटिसक्यो, मलाई तिमीले कतै लगेको पनि छैनौ। गेट वे अफ बम्बे, एलिफ्यान्ट, केभुमरिन ड्राइभ, जुहु बिच, सिद्धि विनायक टेम्पल, बान्द्रा कताकता जानु छ भन्दै थिई। आभास पछाडिबाट आएर सानुलाई जुरुक्क उठायो।
मेरो प्यारो सानुलाई सबैतिर यसरी बोकेर घुमाउँछु, केही समय त कुर न सानु, मेरो मात्र मन छैन होला तिमीलाई लिएर घुम्न जान ?
बाबा तल हिँड, बहिनी र आमा ब्रेक फास्टका लागि कुरिरहनुभएको छ। तल जाउँ।
आभास, आकृति ! तल आऊ, बे्रकफास्ट सेलायो– आमाको स्वर गुञ्जियो यहीबेला।
आकृति आज मङ्गलबार, सिद्धि विनायकको दर्शन गर्न तिमी र म जाउँ न, आमा भन्दै हुन्थ्यो। म र आभास एकअर्काको मुख हेराहेर गर्न पुग्यौँ। भर्खरै मात्र आभासलाई भनेको कुरा उहाँले सुन्नुभयो कि जस्तो लाग्यो। अनि आफूले सोचेको कुरा तुरुन्तै पुग्न लागेको देखेर खुसी पनि लाग्यो। आभास अफिस गएपछि म र आमा मन्दिर गयौँ। मन्दिर साह्रै व्यवस्थित रहेछ। पूजा सामान पनि कार्डबाट किन्नुपर्ने। आनन्दले दर्शन गरेँ। आमाले मेरो हात समाउनुभयो बुहारी हराउली भनेर। खासमा आभास मात्र होइन, उनको परिवारका सबैले मलाई एकदमै माया गर्थे। विवाह भएपछि बल्ल मैले आमाको माया कस्तो हुन्छ भन्ने स्वाद पाएकी थिएँ, सासुको व्यवहारबाट।
माइतीमा हामी तीनजना (दादा, बैनी र म) सानै छँदा आमा अर्कैसँग जानुभयो। ३–४ वर्ष बीचका हामीलाई हुर्काउन गाह्रो भएपछि बुबाले गाउँकै दुःख पाएकी एउटी केटी बिहे गर्नुभयो। केही समय त ठीकै थियो। पछि बिस्तार उहाँले सौतेनी आमाको रूप देखाउन थाल्नुभयो। दिनभर साथी बोलाउने, पार्टी गर्ने। बढी समय घरबाहिर बिताउने गर्न थाल्नुभयो। हाम्रो बिचल्ली हुन थाल्यो। हाम्रो खानपिन, सुत्ने ठाउँ, हामीले लगाएको कपडा हेर्दा आउने/जाने मान्छेको मुखमा अनायासै ‘कठै’बाहेक केही आउँदैनथ्यो।
यसरी हाम्रो बाल्यकाल दुःखैदुःखमा बित्यो। आमाको माया पाउने कुरै भएन। हामी तीनैजना भने एकअर्कालाई माया गथ्र्यौं। बुबा पनि कान्छी आमातर्फ लागेर हामीलाई बिर्सन थाल्नुभयो। त्यो सम्झँदा अहिले मेरो जीवनमा आभासको परिवारले दिएको माया वर्णन गरी साध्य नै छैन। म एकदमै खुसी छु। आमा के हो ? आमाको माया कस्तो हुन्छ भन्ने महसुस गराएर मलाई आभासको परिवारले ऋणी बनाएको छ। यस अर्थमा म आभासको श्रीमती हुन पाएकामा एकदमै खुसी छु। बहिनीजस्ती नन्द, जसले मलाई कहिल्यै पनि एक्लै हुन/बस्न दिन्नन्, सधैँ म कसरी खुसी हुन्छु भन्नेतर्फ मात्र ध्यान दिन्छिन्। उनको गुण त झन् यति छ कि भनिसाध्य नै छैन।
सोचकै बीच आभासको मीठो स्वर गुञ्जियो– सानु, तिम्रो पढाइ पूरा गर, कमसे कम आफूलाई मन परेको कुनै विषयमा मास्टर्स गर, यत्तिकै घरमा बस्नु भन्दा। श्रद्धा पनि कलेज जान्छे, तिमी पनि जाऊ, नन्द–भाउजू साथी पनि हुन्छ। आखिर पढ्ने आफ्नै लागि हो, सबैजना शिक्षित भए घर–परिवार सुन्दर हुन्छ। मेरो मात्र होइन, आमाको पनि त्यही इच्छा छ। मलाई आमाले पनि यही कुरा दुई–तीनचोटि भनिसक्नुभयो।
म एकोहोरो आभासको अनि उसको आमाको मप्रतिको इच्छा सुनेर भावुक भइरहेकी थिएँ। ओहो, आमा रूप कति राम्रो हुँदो रहेछ, जति सोच्यो उति उति गर्वले मेरो शिर निहुरिइरहन्थ्यो। दुर्गा, काली, सरस्वतीकै रूपमा मैले मेरी सासूआमालाई लिन थालेँ, जति पछि भयो उति उति।
आभासको टाउको सुमसुमाउन पुग्यो एक्कासि आकृतिको हात– आभास, तिमी मलाई यति धेरै माया किन गर्छौ ? मैले जीवन बाँच्ने आश छाडिसकेकी थिएँ। गरिबी र दुःखले गर्दा जीवनप्रति कुनै मोह नै बाँकी थिएन। अहिले तिम्रो माया अनि मप्रतिको सम्मानले गर्दा जीवनप्रतिको मोह ह्वात्तै बढेको छ। मेरा इच्छा, चाहना, सपना सबै बढ्दै गइरहेका छन्। त्यसैले आज ममा सय वर्षभन्दा बढी बाँच्ने रहर उत्पन्न भएको छ। मैले अघिल्लो जुनीमा के धर्म गरेकी रहेछु, जसको फलस्वरूप तिमी जस्तो पति पाएँ। सासूका रूपमा आमा पाएँ। नन्दका रूपमा बहिनी पाएँ। साँच्चै आभास, हामीले आमालाई एकदमै माया गर्नुपर्छ है, कति राम्रो संस्कारले तिमीहरूलाई हुर्काउनुभएको। हामीले आमाबाट धेरै कुरा सिक्नुपर्छ। म आमाको मायाप्रति धेरै सम्मान गर्छु। आभास आई लभ यु अ लट, लभ माई फेमिली मोर देन माइ लाइफ। कसम आभास, म मेरो जीवनभन्दा बढी यो परिवारलाई माया गर्छु।
यसरी हाम्रा दिन हाँसीखुसीबीच बितिरहेका थिए। नन्दको पनि विवाह भयो। अब आमा, म र आभास मात्र घरमा थियौँ। आभास अफिसमा व्यस्त हुँदै गइरहेको थियो। म पनि पढाइमा व्यस्त थिएँ। आमा दिनभर घरमा यताउति गरेर बस्नुहुन्थ्यो। राति सँगै खाना खान्थ्यौँ। दिनभरका कुरा÷घटना एकापसमा बाँडचुँड गथ्र्यौं। आमा पनि दङ्ग परेर हाम्रा कुरा सुन्नुहुन्थ्यो। उहाँ आभासको भन्दा पनि मेरो हरेक कुरा ध्यान दिएर सुन्नुहुन्थ्यो। मलाई प्रोत्साहित गर्नुहुन्थ्यो। हामीले गर्न नसक्ने केही कुरा छैन, शिक्षा शक्ति र लगनशीलता भयो भने कुनै पनि कार्यमा सफलता पाउन सक्छौँ भनेर हौस्याउनुहुन्थ्यो। उहाँको यस्तो व्यवहारले इतिहासका सबै अग्रणी महिलाको छाया देख्थेँ उहाँमा म।
एक दिन, आभास अलि ढिलो आएको थियो। दुई–तीनचोटि बोलाएपछि बल्ल खानाको टेबलमा आयो, अनि आमा र मलाई हेर्यो। अलिकति मुख जुठो गर्यो। त्यसपछि कोठामा गयो। आमा र म एक–अर्कालाई हेरिरह्यौँ केहीबेर। त्यसपछि आमाले भन्नुभयो– तिमी जाऊ आकृति, माथि आभासले मिस गरे जस्तो छ, यहाँ सबै मै हेर्छु।
कोठामा गएँ। आभास पल्टिरहेको थियो। अनि इसाराले मलाई साइडमा बस्न भन्यो। म पनि ऊसँगै पल्टिएँ।
सानु मलाई धेरै माया गर है। मलाई तिम्रो माया एकदमै छ। सानु मलाई कहिल्यै नछोड है– आभास बोल्यो।
के भनेको आभास मलाई तिमीले ? तिमीले नै मलाई जीवनको राम्रो पक्ष देखायौ। तिमीविना म कुनै क्षण कल्पना गर्न सक्दिनँ। तिमी मेरो धड्कन हौ। तिमी मेरो मुटु हौ। तिमी मेरो प्यारो मान्छे हौ। तिमी मेरो संसार हौ। म बोलिरहेकी थिएँ, ऊप्रति अपार श्रद्घा र मायाका भाव बगिरहेका थिए, तर ऊ भने सुतिसकेको थियो। सायद उसले टाउको दुखेको औषधि खायो कि ? म सोच्न बाध्य भएँ। केही दिनदेखि उसको अनुहारमा रौनक थिएन। पहिला जस्तो चमक थिएन। हाम्रो कुरा चाख लिएर सुन्दैनथ्यो।
बिहान ४ बजे आँखा खुल्यो। आभास बाथरुममा थियो। एकैछिन कुरेँ, तर ऊ निस्केन। आधा घन्टासम्म ननिस्कँदा ढोका ढ्याङ ढ्याङ गरेँ, तैपनि खुलेन। डबल किले ढोका खोलेँ। कम्बटभरि रगत नै रगत थियो। ऊ त्यहीँ बेहोस भएर लडिरहेको थियो। म हेर्न नसकेर चिच्याएँ। माथिबाट आमा आउनुभयो। आमाले के के गर्नुभयो कुन्नि, त्यसपछि आभासको होस आयो, उठ्न भने सकेन। अनि एम्बुलेन्स बोलाएर अस्पताल लिएर गयौँ। चेकअप सबै गर्यौं, ठूलो आन्द्रामा क्यान्सर रहेछ। सबैतिर फैलिसकेछ। ‘बढीमा एक महिना’– डाक्टरले प्रतिक्रियाले मेरो होसै उड्यो। आमाले छोरा–बुहारी दुवैलाई सम्हाल्ने कोसिस गर्नुभयो। आभासलाई के परीक्षण गर्नका लागि भित्र लिएर गएको थियो। आमा मलाई भन्दै हुनुहुन्थ्यो– सानु तिमी यसरी नआत्तिउ, तिमी र म भएर आभासलाई हेरविचार गर्नुपर्छ। सानु तिमी र मैले धैर्य धारण गर्नुपर्छ। हामीले पीर मानेको देख्यो भने आभास आत्तिएर उसको आत्मबल झन् खस्कन्छ। यसरी हातखुट्टा नछोड सानु, एउटा आमाको मन बुझ बाबा।
आमाको कुरा सुनिरहेकी थिएँ। एक्कासि आमालाई च्याप्प समाएर अँगालो हाल्न पुगेँ छु– आमा यो के भयो यस्तो ? मेरो खुसीमा कसको आँखा लाग्यो ? हजुरको माया पाएर म कति खुसी अनि सुखी थिएँ आमा, हजुरको छोरालाई के भयो यस्तो ? हजुरको छोराविना म बाँच्न सक्दिनँ आमा। हजुरमा सबै देवी भगवतीको रूप देख्थेँ। हजुरको छोरालाई बचाउनू, मलाई अरू केही चाहिँदैन प्लिज...। संसारको कुनै पनि कुनामा लगेर बचाउनू आमा, बिन्ती छ हजुरको छोरालाई बचाउनू।
आफूलाई सम्हाल्दै सान्त्वना दिनुभयो आमाले– सानु ठीक छ, हामी आमाछोरी मिलेर प्रयास गरौँ। तिमी आफूलाई धेरै कमजोर नबनाऊ। न्युयोर्कबाट क्यान्सर विशेषज्ञ आएको छ रे, उसले औषधि गर्दा धेरैलाई निको पनि पारेको छ रे। हामी भगवानसँग प्रार्थना गरौँ। मेरी छोरी यो संसारमा भगवानले चाह्यो भने अचम्म पनि हुन्छ। बाबा तिमी धेरै नरोऊ, म तिम्री आमा हुँ, तिमी कहिल्यै एक्ली हुँदिनौँ। वर्ष दिन पनि भएको छैन, तिमीहरूको विवाह भएको। भगवान् निर्दयी हुँदैन बाबा, विश्वास गर।
औषधि गर्दागर्दै पनि क्यान्सरबाट आभासलाई बचाउन सकिएन। हाम्रो घर अँध्यारो भएको थियो। यो दुःखबाट बाहिर निस्कन सकेका थिएनौँ। वर्ष दिन बित्यो। आमा साह्रै गल्नुभएको थियो। बेलाबेला आमालाई चेकअप गर्नका लागि आभासको साथी डाक्टर शशाङ्क घरमा आइरहन्थे। झल्याकझुलुक बानीव्यहोरा आभासको जस्तै थियो।
एक दिन हामी तीनजना घरबाहिर बगैँचामा बसेर कफी पिइरहेका थियौँ। त्यही क्रममा आमाले भन्नुभयो– शशाङ्क, तिमी आकृतिसँग विवाह गर, मलाई ढुक्क हुन्छ। आभास र तिमीमा केही फरक छैन। कन्यादान गरी मलाई यो छोरी खुसी भएको हेर्न मन छ। सानु प्लिज, यसलाई नाइँ नभन, एउटी आमाको प्रस्ताव स्वीकार। जिन्दगी एक्लै बिताउन साह्रै गाह्रो छ। तिमीहरू दुवै पढे/लेखेका छौ। सुखी जीवनसाथी बन्न सक्छौ। त्यसपछि उहाँले हामी दुवैलाई अँगालो हाल्नुभयो। आखिर आमा त आमै हो, सन्तानको दुःख कहिल्यै देख्न नसक्ने।