बालक र पुस्तक
२८ मंसिर २०७७
•
६ मिनेट पाठ
बालक र पुस्तक

रन्जुश्री  पराजुली 

 




प्रारम्भ

सोझो अर्थमा हेर्दा पुस्तक भनेको बुद्धि विकासका लागि तयार पारिएको अध्ययन सामग्री हो । पुस्तक एउटै विषयमा लेखिएको पनि हुन्छ र विभिन्न विषयमा लेखिएको पनि हुन्छ । एउटा पुस्तक एउटै लेखकद्वारा लेखिएको पनि हुन्छ र विभिन्न लेखकद्वारा लेखिएका सामग्रीहरू समावेश गरेर पनि तयार पारिन्छ । आज पुस्तकलाई बुद्धिवद्र्धक  सामग्रीका रूपमा मात्र नलिई मनोरञ्जनको साधनका रूपमा पनि लिइन्छ । यस अर्थमा हेर्दा पुस्तक  दुई किसिमका देखिन्छन् । पहिलो किसिमको पुस्तक हो सरले कक्षाकोठामा छात्रछात्रालाई अध्ययन गराउने, जुन पाठ्यक्रम समितिले क्रमानुसार तोकिदिएको हुन्छ । दोस्रो त्योभन्दा बेग्लै खाले हुन्छ, जसलाई अतिरिक्त पुस्तक भनिन्छ । कक्षाकोठामा गुरुद्वारा विज्ञान, गणित, अंग्रेजीजस्ता कठिन विषय पढेर थकित भएका बालमस्तिष्कलाई सुस्ताउन मौका दिने अर्थात् मनोरञ्जन गराउने पुस्तक अतिरिक्त पाठ्यपुस्तकभित्र पर्छन् । यसर्थमा अतिरिक्त पाठ्यपुस्तक भन्नाले बालबालिकाको उमेरलाई सुहाउँदो गरी लेखिएका लोककथा, आधुनिक कथा, चित्रकथा आदि कथाहरु, उपन्यास, गीत, गाउँखाने कथा, जीवनी आदिका पुस्तक हुन् भन्ने बुझिन्छ । त्यस्ता बालकका सामान्यतः तीन वर्षदेखि किशोरावस्थासम्मका लागि लेखिएको साहित्यलाई बालसाहित्य भनिन्छ ।

बालसाहित्यको विकास सबैभन्दा पहिले बेलायतमा भएको हो । कुनै बेला यो देश अरू राष्ट्रको तुलनामा चौतर्फी विकासमा अग्रिम पङ्क्तिमा रहेको थियो । यसै सन्दर्भमा बालकहरूको मानसिक विकासको खुराकका रूपमा त्यहाँ बालसाहित्यको विकास भएको हो । यस रुपमा हेर्दा पुस्तकलाई बालकको असल मित्रका रुपमा लिएर उनीहरूको स्वस्थ मानसिकताको विकास गर्ने उद्देश्यले त्यहाँ विकास भएको बुझिन्छ ।

आजका बालबालिका भोलिका विश्वका निर्माता हुन् । स्वस्थ शारीरिक तथा मानसिक विकास भए मात्र उनीहरूको स्वस्थ व्यक्तित्वको विकासको सम्भावना हुन्छ । बाल्यकालमा नै उनीहरूको स्वस्थ ढङ्गले मानसिक विकास गर्न पाएनन् भने भोलि उनीहरु स्वस्थ र सचेत नागरिक बन्न सक्दैनन् । प्राथमिक अवस्थादेखि नै उनीहरूले मानसिक खुराक पाए भने उनीहरूको बौद्धिक विकास पनि उचित ढङ्गले हुने मौका पाउँछ । यसका लागि घरायसी वातावरण, साथीहरूसँगको घुलमिलले मात्र पुग्दैन । त्यसका लागि उनीहरूको चाख र रुचिमा आधारित पाठ्यसामाग्रीको पनि आवश्यक हुन्छ । त्यस अतिरिक्त बाबुबाजे, आमा–बज्यै तथा गुरु आदिद्वारा रोचक ढङ्गले दिइएका अर्ती–उपदेशलाई पनि लिन सकिन्छ, तर त्यस्ता सामग्रीहरू पनि सीमित घेरामा रहेका हुन्छन् । आजको विश्वका समसामयिक गतिविधिहरू पनि सीमित घेरामा रहेका हुन्छन् । आजको विश्वका समसामयिक गतिविधिहरू सधैं सहज ढङ्गले उनीहरूबाट पर्याप्त मात्रामा प्राप्त गर्न सक्दैनन् । त्यसका लागि विभिन्न कुराहरू लेखिएका हुन्छन् । बालबालिकाको इच्छा र रुचि सबैको एउटै हुँदैन । आमाकै काखमा भएको बेला अर्थात् एक–दुई वर्षकै उमरमा उनीहरुको रुचिको विकास भइसकेको हुन्छ । त्यसैले कोही कथा सुन्न मन पराउँछन्, कोही गीत । जति–जति उनीहरुको उमेर छिप्पिँदै जान्छ त्यति–त्यति उनीहरुको रुचि पनि कुनै खास विषयमा निर्धारित हुँदै जान्छ । त्यस अवस्थामा उनीहरू सही पुस्तक पढेर नै आफ्नो मस्तिष्कलाई सही मार्गमा लैजाने मौका पाउँछन् । केटाकेटीहरुसँगको उठबसको सङ्गतले हामी पनि अनुभव गर्न सकछौँ । सात–आठ वर्षको केटालाई मोटर, हवाईजहाज, बाघ, भालु आदि भएका कथा रमाइलो लाग्न सक्छ । त्यही उमेरकी केटीलाई त्योभन्दा भिन्न विषय भएको कथा मन पर्न सक्छ । यसबाट उनीहरू भविष्यमा कस्तो क्षेत्रतर्फ लाग्छन् भन्ने सङ्केत पाइन्छ । मोटर, हवाईजहाज बाघभालु आदि मन पराउने केटा भविष्यमा पाइलट आदि बन्ने सम्भावना हुन्छ भने राजकुमारी, परी आदिको कथा मन पराउने केटी भविष्यमा डे«स डिजायनर, ब्यूटीसियन आदि बन्ने सम्भावना हुन्छ । यसरी खास अवस्थामा उनीहरुले आफ्नो रुचिअनुसारको बालपुस्तकलाई साथी बनाउने वा अध्ययन गर्ने मौका पाए भने त्यसबाट उनीहरुलाई ज्ञान, बुद्धि, सीप आदिको विकास हुन्छ । 

बेलायतबाट सुरु भएको बालसाहित्यको विकास प्रथम विश्वयुद्धतिर अमेरिकामा पनि परयो । त्यहाँका शिक्षित तथा चेतनशील वर्गले बालसाहित्यको आवश्यकताको अनुभव गरी यसलाई विस्तारित गर्दै लगे । विस्तारै यो क्रम संसारका विभिन्न देशमा फैलियो । यसै क्रममा यसको आवश्यकताको बोध नेपालका बुद्धिजीवीहरुमा पनि  परयरो । फलस्वरुप बालबालिकाका लागि पाठ्यपुस्तकका साथै अतिरिक्त पुस्तक रचना गर्ने काम यहाँ पनि थालियो ।

पुस्तक किन पढिन्छ ?

 

मान्छे सधैँ प्रसन्न रहन चाहन्छ । यसका लागि केही खेल खेल्छन्, गीत गाउँछन्, कोही सिनेमा हेर्छन् भने कोही विभिन्न साहित्यक कृति पढेर मनोरञ्जन गर्छन् । पुस्तकले ज्ञान दिनका साथै मनोरञ्जन पनि प्रदान गर्छ । विभिन्न विषयमा सरल, सरस तथा सहज भाषाशैलीमा लेखिएको साहित्यले जुनसुकै व्यक्तिलाई पनि आनन्दानुभूति नगराई छाड्दैन । यसरी साहित्यिक कृतिहरु जस्तै –उपन्यास, नाटक, काव्य, कथा आदिले वयस्कहरुलाई आनन्द दिएर मनोरञ्जन दिन्छन् । आजको दु्रत विकसित वैज्ञानिक युगमा सबै कुरामा विकास भएको पाइन्छ । हाम्रा अग्रजहरुले बालसाहित्यको आस्वादन गर्न पाएनन् । उनीहरु मौखिक रुपमा लोककथा, लोकगीत, दन्त्यकथामा नै सीमित रहे । त्यसपछिका पुस्ताले शिशुबोधिनी, नैतिक शिक्षा, पिँजराको सुगाजस्ता सुकोमल साहित्यको रसास्वादन गर्ने मौका पाए । आज हामीमा बालसाहित्यको आवश्यकताको चेतना जागृत भएकाले उनीहरुका लागि साहित्य सिर्जना गर्ने तर्फ चेतनशीलता जागृत भएको छ । पौराणिक कथा, हितोपदेश, पञ्चतन्त्र, इशपनितिकथा आदिबाट सुरु भएको बालसाहित्य आज आशलाग्दो रुपले विकसित हुँदै गएको छ ।

पुस्तकबाट फाइदा

पुस्तकबाट धेरै फाइदा लिन सकिन्छ । प्रथमतः पुस्तकले उनीहरुलाई  मनोरञ्जन प्र्रदान गर्छ । पुस्तकको मूल प्रयोजन मनोरञ्जनका साथसाथै शिक्षा दिनु पनि हो । मनोरञ्जन गर्न पाएका बालबालिकाको मानसिक विकास स्वस्थ ढङ्गले भएको हुन्छ । स्वस्थ घरायसी वातावरणमा साहित्यिक खुराक पाएर हुर्कने मौका पाएका केटाकटी अरुको तुलनामा हँसिला, फुर्तिला र रमाइला खाले हुन्छन्, यसबाट थाहा हुन्छ– पुस्तकले बालबालिकालाई मानसिक खुराक प्रदान गर्छ । त्यसैले पुस्तक उनीहरुको असल मित्र हो ।

पुस्तकले विभिन्न कुराको ज्ञान दिन्छ । बालमनोविज्ञानअनुसार उनीहरु आफूलाई वयस्कजस्तै सम्झन्छन् । उनीहरूलाई अरूले सानो, केटाकेटी, नजान्ने भनेको मन पर्दैन । उनीहरू आफू पनि बाबुआमाजस्तै जान्ने–सुन्ने र उनीहरूकै हाराहारमिा भएको सम्झन्छन् । मित्ररूपी किताबबाट नै उनीहरू यस्ता धेरै कुरा सिक्छन् । ठूलाबडाले दिएको अर्ती–उपदेशभन्दा उनीहरू किताबमा लेखकले दिएका अप्रत्यक्ष नैतिक सन्देशको पालना चाँडै गर्छन् । त्यही कुरा प्रत्यक्ष रूपमा उनीहरूलाई भन्दा उनीहरूको अहम्मा धक्का लाग्ने सम्भावना हुन्छ । यसरी हेर्दा पनि पुस्तक बालकको असल मित्रका रूपमा देखा पर्छ ।

बालपुस्तक विभिन्न विषयका धर्म, संस्कृति, देश–देशान्तरका बारेमा रचिएका अनूदित भएका हुन्छन् । त्यस्ता पुस्तकबाट उनीहरुलाई एकारित पर्याप्त मनोरञ्जन हुन्छ भने अर्कातिर विभिन्न देश–परदेश र धर्म–संस्कृतिबाटै अनगन्ती कुरा सिकाएको हुन्छ । पुस्तकले बालकलाई सृजनशील बनाउँछ । पाठ्यपुस्तकका अतिरिक्त पुस्तकको अध्ययन बालबालिकाका लागि कल्पनाशील हुन्छ । कल्पनाले उनीहरुको सृजनशीलताको अभिवृद्धि गर्छ ।

पुस्तकले शब्द–ढुकुटीको अभिवृद्धि गराई उनीहरुको भाषिक क्षमतालाई पनि विकसित गराउँछ । अतिरिक्त पुस्तक अध्ययन गर्ने बालबालिका स्पष्टवक्ता, मिलनसार र उदार मानसिकता लिएर हुकेका हुन्छन् । खुला मानसिकता भएका हुनाले उनीहरु प्रायः बहिर्मुखी र सहज स्वभावका हुन्छन् । उनीहरु नयाँ मान्छे, स्वदेशीसँग मात्र नभई विदेशीसँग पनि सजिलै घुलमिल गर्न सक्ने र मित्रता राख्न सक्ने खालका हुन्छन् ।

निचोड

पुस्तकको अध्ययनले बालबालिकाको चौतर्फीै विकासमा ठूलो टेवा पु¥याउने हुनाले यसको सिर्जना, प्रचार–प्रसार दु्रत गतिले हुनु अति आवश्यक देखिन्छ । विकसित क्षेत्रभित्र बस्ने बालबालिकाले मात्र नभई विकट र दुर्गम क्षेत्रमा बस्नेले पनि बालसाहित्यसम्बन्धी रसिला पुस्तकहरुको अध्ययन गर्ने सु–अवसर पाउनुपर्छ । यो उनीहरुको अधिकार पनि हो ।
अर्को समाचार
नाटक
१६ पौष २०७७
•
२ मिनेट पाठ
नाटक

मुनाल पोखरेल 

 




सडकछेउको घरमा सज्जन कुमारको कृति विमोचन कार्यक्रम चल्दै थियो । पुस्तकमा सडकको पेटीमा बस्ने  केटाकेटीहरूको दीनहीनअवस्थाबारे लेखिएको थियो ।

सज्जन कुमारलाई सबैले फूलमाला लगाइदिए । उनलाई कार्यक्रम अवधिभर बधाई दिनेहरूको खाँचो भएन । कार्यक्रममा तिनले त्यो पुस्तकबारे आफ्नो मन्तव्य प्रकट गर्दै भने–  सडकको पेटीमा बास बस्ने बालबालिकाको शिक्षा ,स्वास्थ्य , रोटी कपडाको समस्या आदि विषयहरूलाई यस पुस्तकमा  प्रस्ट्याएक‍ो छ । हुन पनि समाजले आँखा छोपेमा ती बालकहरू निर्क्योल हुनु सम्भव पनि छैन । स्कुल जानसम्म सकेकालाई हेर्दै गर्व नगरौं  । भरेभोलिको कल्पना गर्न समेत नसक्ने नाङ्गो जिउ लिएर सडकको पेटीमा माग्दै हिंड्ने सयकडौ अझै छन् । पहुँच भएकाले बाल आश्रम  मन्दिर  , सुधारगृह , संरक्षक , फाटेका लुगा ,रोटी जुठोपुरो त भेट्लान् तर बहुसंख्यक बालबालिका यथावत् अवस्थामा सडकमै छन् ।  सायद यिनै भोलिका  लुच्चा , लफङ्गा , दादा डन , यौनकर्मी आदि जे पनि नहोलान् भन्न सकिन्न ।

कार्यक्रममा समाजसेवीहरूको पनि बाक्लो उपस्थिति  थियो । कसैको त छातीमा तक्मा झुन्डिएको देखिन्थ्यो । विमोचन समारोहमा आज सिङ्गो समाज बोल्दै थियो । सज्जन कुमार खुशी देखिन्थे । प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको शुरूवात गरे । पुस्तक विमोचन, दुई जना सडकमा हुर्केका  बालकले हातबाट भयो। तिनीहरूले पुस्तकलाई चारैतिर देखाए।  हलमा गडगडाहट ताली बजेको आवाज आयो। अतिथिहरूले समाजमा  बालश्रमको नाममा व्यापार , बालश्रम आदिको  खुलेर विरोध गरे । आयोजकमध्ये एक श्रोताले कार्यक्रम त यस्तो पो हुनुपर्छ  भन्दै थिए ।

नाङ्गा रित्ता हात लिएका केही सडकछाप बालक समुहको उपस्थिति अलिक पर थियो । सम्भवतः तिनीहरू कार्यक्रम कतिखेर सकिन्छ र खाना खान पाइएला  भन्ने प्रतीक्षामा थिए।

समारोह समापनपछि प्रमुख अतिथिलाई बिदाइ गर्न सबै सडकसम्म आए । प्रमुख अतिथिकै कारमा  कार्यक्रममा पुस्तक विमोचन गर्ने दुईजना सडक बालकहरू पनि बसे । समारोहमा उपस्थित एकजना भद्र व्यक्तिले  प्याच्च भनिहाले – को होलान् भनेको त ओहो मन्त्रीज्यूकै भान्जाभान्जी पो रहेछन् । कस्तो नाटक !
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस