विवि याक्खा
बिरधोजलाई कति पनि मन परेको थिएन नोकरको छोरो एमविविएस डाक्टर गरेर आफ्नो ठाउँमा आएको तैपनि सरकारी जागिरे मेहनती थियो प्रतिभाशाली आखिर जागिरे भै छाडयो। रतन जिल्लामा आएपछि स्वास्थ क्षेत्रमा धेरै सुधार आएको छ।
चोकमा फुर्सदिलाहरू चिया पिउँदै मानबिरले भन्यो – हाम्रो यहाँ त नयाँ ठूलो डाक्टर भएर त्यो झुम्रीको छोरा आएछ अचम्म छ !
अर्का धनबिरले भन्यो– उबेला छोराले पढ्ने रहर गर्यो भनेर त्यो झुम्रीलाई टोलबाट बिरधोजले खेदेको थियो त्यो केटो पो ।
अर्को मेहरमानले भन्यो – त्यस्ताको छोरा डाक्टर भो । हाम्राहरू त पुल्लपुल्याएकाले बिग्रिए । इज्जतको सवाल छ सरुवा गर्नैपर्छ।
यति नै बेला धनबिरको फोन आयो– बिरधोज बिरामी परेको । यसपछि सबै हस्याङफस्याङ गर्दै अस्पताल पुगे । बिरधोजलाई अलिअलि होस आउन थाल्यो । छेवैमा डाक्टर रतन सेवारत नै थिए ।
जसलाई पढाउँछु भन्दा उसले ठूलो अन्याय गरेर निकालेका थे उस्तै अपमानको साथ तर आज उसैले आफ्नो ज्यान बचाउन सफल भयो । यो सब सम्झेर हाँत जोडदै बिरधोजले भन्यो – बाबू,मलाई माफ गरिदिनुहोस् , मैले ठूलो अन्याय गरे बाबुहरूमाथि।
यो सुनेर डाक्टर रतनले मुस्कुराउँदै भन्यो – केको अन्याय ! गुण धेरै लगाउनु भो । मेरी आमाले पनि सुखको सास फेर्दै हुनुहुन्छ ।
कुरा नबुझेझै अलमलमा परे सबै र एक जनाले भन्यो– कसरी !
डाक्टर रतनले नम्र भएर भन्यो– म ढुङ्गो हुँ । तपाईंहरू कालिगढ जसको धेरै मार खाएपछि निश्चित आकार लिन्छ त्यस्तै म पनि । जुन हजुरहरूको त्यो सहयोग नपाएको भए सम्भव थिएन पक्कै।
यो कुरा सुन्दा सबैको लज्जाले शिर निहुरियो।