रातो कलम
०२ कार्तिक २०७७
•
५ मिनेट पाठ
रातो कलम

सूर्यप्रसाद लाकोजू

 




पुरानो कुराको यादले मानिसलाई सुखद् अनुभूत गराउँदो रहेछ । हुन  त जीवनका सबै स्मृतिहरू मंसिर–पुषको घामजस्तै पारिलो हुँदैनन् । थुप्रै स्मरणहरू हिउँदको तुषारोभित्र कठयाङ्ग्रिएर  रहेका हुन्छन् । जिन्दगीमा भएका सुख र दुखका यी दुई पाटाले मानिसलाई जीवन जिउने उत्साह, प्रेरणा, हौसला, ज्ञान दिइरहेको हुन्छ । स्मृति दुखद होस् वा सुखद अनि मीठो होस् या तितो मेरो विचारमा कुनै पनि स्मृतिले हामीलाई पाठ सिकाएर जान्छ । अहिले स्मृतिका बारेमा विचार पोख्नतिर लाग्नुभन्दा पनि म मेरो बाल्यकालतर्फ आफ्नो स्मृतिलाई डोह¥याउन चाहन्छु ।

हामी काठमाडौको स्वयम्भूबाट यहाँ पनौती बसाइँ सरेर आएका थियौं । मेरो पिताजी उतै जन्मिनुभएको रहेछ । उहाँ  दूधे बालक छँदा मेरा पितामह आफ्नो परिवारलाई लिएर यता आएका रहेछन् । मेरा पिताजीका चार भाइमध्ये पिताजी माहिला हुनुहुन्थ्यो । पनौती पिताजीको मावली । यता हाम्रो परिवार आएको बारे छुट्टै कहानी छ । 

म परिवारको जेठो सन्तान । आमा, बुबाको काखमा हुर्किएँ । पछि मेरा अन्य दुई भाइ जन्मे ।  सानामा म रुन्चे थिएँ । रोएर खूबै दुख दिने गर्थें । सानोमा अत्ति रिसाउँथें  पनि । हाम्रो घरको पूर्वतर्फ त्रिवेणी धाम छ । यो पवित्र तीर्थस्थल पनि हो । यसलाई उत्तर प्रयाग भन्ने गरिन्छ । थुप्रै मानिस आफ्ना धार्मिक आस्थाका कारण यहाँ आउने गर्दछन् । यस स्थानमा आई देवताहरूको दर्शन गर्नाले अनजानमा गरेका सम्पूर्ण पाप पखालिन्छ भन्ने जनविश्वास  छ । म धेरै रुने भएकाले मलाई रुन्चे लाग्यो भनेर बुबाले मलाई बिहान सबेरै त्रिवेणीघाटमा लगेर मुख धुन लगाउनुहुन्थ्यो । त्यसपछि दुबो टिपेर त्रिवेणीको पानीमा चोप्दै काखीमा छर्कनुहुन्थ्यो । त्यसो गरे रुन्चे लागेको निको हुन्छ अथवा हराउँदै जान्छ भन्ने मान्यता रहेको छ ।  यसो गरेको मलाई पटक्कै मन पर्दैनथ्यो तर बुबा हरेक दिन बिहान उठाएर लग्नुहुन्थ्यो । कहिलेकाहीं निदाएकोजस्तो गरेर बस्दा पनि सुख पाइन्नथ्यो ।  अरू समयमा त अल्छी मान्ने मलाई जाडो महिनामा कुनै अपराध गरेपछि दिएको सजायभन्दा कम हुँदैनथ्यो त्यो कर्म । मंसिर–पुष जाडोमा बाटाभरि सेताम्मे तुषारो टेक्दै त्रिवेणीघाटमा गई मुख धोएर काखीमा दुबोले पानी छर्कनुपर्ने ? अहिले सम्झँदा अन्धविश्वास हो कि जस्तो लाग्छ । मलाई जान पटक्कै मन लाग्दैनथ्यो । बुबा फकाएर लैजानुहुन्थ्यो । जोडा याममा पनि तातो ओछयान छोडेर बिहान सबेरै बुबासँग जानु परेर हो वा साँच्चिकै बिहानबिहान त्यहाँ गएर हो मेरो रुन्चे बानीमा धेरै परिवर्तन आइसकेको थियो । अब म धेरै रुन्नथें ।

म सानो छँदा, पढ्न पनि त्यति जाँगर चल्दैनथ्यो । इन्द्रेश्वर मन्दिर प्राङ्गणमा एउटा मोठ थियो । त्यो मोठ रहेको भवनलाई अहिले पनौती सङ्ग्रहालयको रूपमा  विकसित गरिएको छ । त्यहीं पहिले हामी पढ्ने ठाउँ थियो । बुबाले मलाई कक्षा एकमा भर्ना गरिदिनुभएको थियो । त्यहाँ अहिलेको जस्तो डेक्स, बेन्च लगायतका फर्निचरका सामानहरू थिएनन् । बस्नका लागि लामो लम्बाई र छोटो चौडाइ भएको बस्नल मात्रै पुग्ने सुकुल ओछ्याइएको हुन्थ्यो। हामी नेवारहरू भोज खानका लागि त्यस्तो सुकुलको प्रयोग गछौं । त्यसैले हामी त्यस्तो सुकुललाई ‘भ्वयः सुकु’ भन्छौं ।

त्यो बेलाको एउटा घटना मलाई अहिले पनि याद छ ।  म स्कुल जान्न भनेर जिद्धी गरेर बसेको थिएँ । बिहानको खाना पनि खाइन । आमाले गाली गर्नुभयो । उहाँले खाना खाएर स्कुल जा भन्नुभयो  तर  म भने जान तयार थिइनँ । शरीरले पनि मनकै कुरा मान्यो । म डेग चलिन । त्यसपछि बुबाले अनेक तरहले मलाई फकाउनुभयो । खाना खाएपछि स्कुल जाने बेलामा तिलौरी किनिदिन्छु भन्नुभयो । तिलौरा भनेको त्यसबेला निकै चलेको एक प्रकारको मिठाई जस्तै थियो । त्यो मिठाई चाकु र तिलबाट बनाइन्थ्यो । तर अहिलै कतै देखिंदैन । पाँच पैसाको एउटा तिलौरी भन्दै कराउँदै नाङ्लोमा राखेर पनि बेच्न ल्याउने प्रचलन थियो । मलाई गुलियो मन पथ्र्यो । त्यसपछि स्कुल नजाने मेरो विचार वरफजस्तै पग्लन सुरु ग¥यो । मेरो अडान कुन बेला ठोसबाट तरल बन्ने हो थाहा भएन । बुबा फकाउँदै हुनुहुन्थ्यो । म पग्लँदै थिएँ । मैले बुबालाइृ भनें, “मलाई मेरो कक्षाको साथीले जहिले पनि कुट्छ, म स्कुल जान्न ।” यो कुरा सत्य पनि थियो । त्यसपछि बुबाले भन्नुभयो, “तिमीलाई पिट्ने साथीसँग तिमी झगडा नगर । त्यसलाई मीठामीठा कुरा गरेर साथी बनाऊ । त्योसँग निहुँ नखोज ।” 

मैले हुन्छ भने । बुबाको कुरा त्यस बेला त मैले बुझिन तर अहिले बुझ्दैछु

मेरो पारो पूरै घटिसकेको थियो । तैपनि मैले सर्त राख्दै भनें, “मलाई तिलौरी मात्र भएर पुग्दैन । पढ्नका लागि रातो कलम पनि चाहिन्छ ।”

बुबाले हुन्छ म किनिदिन्छु भन्नुभयो । सानैदेखि मलाई रङमा रातो र खानामा गुलियो औधी मनपर्छ ।

त्यसपछि खुशी भएर खाना खाएँ । स्कुल घर नजिकै थियो ।उहाँले घरसँगैको सानो पसलबाट तिलौरी किनिदिनुभयो । त्यसपछि मलाई पहिला स्कुल पु¥याइदिनुभयो । कलम किन्ने पसल केही पर रहेकाले मलाई स्कुल पु¥याएर बुबा कलम किन्न जानुभयो । स्कुल पुगेपछि छाती फुलाएर तिलौरी खाएँ । अनि साथीहरूलाई धाक देखाउँदै भने, “आज मलाई मेरा बाले रातो कलम किनिदिनुहुन्छ ।”

त्यो बेला सिसाकलमको चलन याद भएन । सिलोटमा खरीले अक्षर लेखेर कहिलेकाहीँ बुबाले पढाएको याद छ । त्यो बेला हामी प्राय निलो कलमले लेख्थ्यौं । कसैकसैले रातो कलम ल्याउँदा त्यसको शान नै अर्को हुन्थ्यो । मेरो पनि  रातो कलम आउने भयो भनेर म मक्ख थिएँ । बुबाले कलम ल्याइदिनुभयो । बाहिरको कलमको आवरण रातो थियो । तर लेखेर हेर्दा निलो सरयो । मेरो अनुहार कलमको सराईजस्तै निलो भयो । खूबै रिस उठ्यो । रातो कलम भनेको त निलो पो ल्याइदिनुभएछ भनेर रोएँ । यो रातो होइन त भनेर बुबाले हप्काउनुभयो । उहाँको हप्काइपछि म चूपचाप बसें ।  कहिल्यै गाली नगर्ने बुबाको हप्काइबाट म डराउनुको बदला आश्चर्यमा परें । त्यसैबेला कक्षा शिक्षक पनि आइसक्नुभएको थियो । बुबाको गालीबाट म चूपचाप बसें तर मेरो अनुहारभरि अघिको जस्तो खुशी पोतिएको थिएन । साथीहरूको अगाडि मेरो इज्जत..., मेरो शान.... म दिनभर झोक्राएर बसिरहें ।  
अर्को समाचार
सेवा प्रवाह नभएको भन्दै वडाअध्यक्षहरुले बुझाए वडा कार्यालयको छाप र रातो कलम
१५ वैशाख २०८०
•
२ मिनेट पाठ
सेवा प्रवाह नभएको भन्दै वडाअध्यक्षहरुले बुझाए वडा कार्यालयको छाप र रातो कलम
कालिकोटको खाँडाचक्र नगरपालिकाका ११ वटै वडाअध्यक्षहरुले वडा कार्यालयको छाप र रातो कलम नगरपालिकाको न्यायिक समिति संयोजकलाई बुझाएका छन्।




असार मसान्त आउनै लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिने गरेको,सेवाग्राहीले सेवा पाउन नसकेको,दैनिक कामसुरु नभएको लगायतका समस्या समाधान गर्न न्यायिक समिति संयोजक एवम नगर उपप्रमुख गणेबहादुर शाहीलाई सम्वोधन गर्दै उनिहरुले उक्त समस्याको तत्काल समाधान गर्न चेतावनी युक्त भाषामा छाप  र रातो कलम बुझाएका हुन्। काम काज गर्न असहज नभएको भन्दै वडा अध्यक्षले उपमेयर गणेशबहादुर शाहीलाई छाप र कलम बुझाएका हुन्।

वडाअध्यक्षहरुले बारम्बार नगरपालिकाका समस्या समाधानका लागि पहल गर्न नगरप्रमुखलाई भनेको भय पनि सामाधान हुन नसक्दा छाप र रातो कलम बुझाएका हुन्।

‘अहिलेसम्म हामी वडाअध्यक्षहरुको कुनैपनि माग सुनुवाई भएन। हामीले जनताको पक्षमा काम छिटो गरौं भनेर भन्दा पनि काम सुरु हुन नसकेको अवस्था आयो।’ वडाअध्यक्ष बिरिजित विष्टले भने,‘अहिले मेयर कमल बहादुर शाही बाहिर हुनु भएकाले उहाँ आइसकेपछि शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृतलगायत बस्ने भन्ने कुरा भएको छ। उक्त बसाईपछि समस्या समाधान हुने अपेक्षामा हामी छौं।’

समस्या समाधान नभएको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी अहिले नै त्यो निष्कर्षमा पुगेका छैनौं। जनताले सहज रुपमा सेवा पाउने अपेक्षा हामीले गरेका छौं।’ उनले भने, ‘यदि माग सम्वोधन नभएको खण्डमा भने हामी त्यसपछि आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्छौं।’

यता,नगरप्रमुख कमल बहादुर शाहीले हालसम्म बारम्बार प्रयास गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नआइपुगेको बताए। ‘अहिले काम चलाउका लागि शिक्षाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेका छौं। लेखा अधिकृत पनि हुनुहुन्न।’ सुर्खेतमा एक कार्यक्रममा सहभागि हुन आएका प्रमुख शाहीले भने, ‘हिजो दिउसो तीन बजेसम्म यस्तो कुरा केहि थाहा थिएन। छाप र रातो कलम बुझाएको कुरा मैले सामाजिक सञ्जालबाट थाहा पाएको हो।’

उनले यो समस्या समाधान हुने बताए। ‘जनताको सेवा गर्न आएका हामीले जनतालाई पीर मर्का पर्ने गरि राजनीति गर्दैनौं। म कालिकोट एक दुइ दिनमा फर्किन्छु। यो समस्या समाधान हुन्छ।’ उनले भने, ‘वडा कार्यालयको छाप नै बुझाउनु भने राम्रो होइन। के भएको हो म बुझिरहेको छु।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस