प्रकाश आचार्य भावुक
माघको महिना छ। जाडोले दाँत किटकिटाइरहेका छन्। अफिसको कोठा सुनसान छ। उर्फ, सबै आआफ्नो काममा व्यस्त छन्। बाहिर बादल र कुहिरोले धुम्म परेको छ। कोठाको ढोकै अगाडि बसेकी म कोठा छिर्नेहरू सबैकी आकर्षक हुँ, राम्री, भर्खरकी, सुकुमार यौवना , अझ त्यसमाथि राम्री भनिदेवस् भन्ने आत्मश्लाघा, यो उमेरमा सबै केटीहरूलाई यस्तै हुँदो हो। अझ आज हिटरको उज्यालोले म चम्किरहेकी छु।एक्कासि कोठाको सुनसान सन्नाटालाई चिर्दै एउटा युवकको प्रवेश हुन्छ, हेर्दा चम्किलो, अग्लो, सर्लक्क जिउडाल मिलेको, देख्दै वाउ हुन्छ, मनमा , ऊ निजामती कर्मचारी नै रहेछ । निलो कोट प्यान्टमा हेन्सम देखिएको छ । मुस्कुराउँदै नमस्कार गर्छ । आहा, कति हिस्सी परेको। नमस्कार फर्काउँदै म यौवनले धपक्क बलेकी उनलाई हेरेर कल्पनाको सागरमा पौडिन्छु ।
यत्तिकै केटो भेटे त मेरो पनि बिहे हुन्थ्यो । अफिसर भएको नि चाररचार वर्ष भइसक्यो । जागिर खानु अनि अफिसरसँग बिहे हुन्छ भनेर घरमा सम्झाएको सम्झन्छु । इज्जत बढ्छस भनेको पनि याद आउँछ । अब उमेर नि घर्कदै गाछ। खोई त मेरो बिहे, पक्कै यो कुनै अफिसर हुनुपर्छ। भगवानले मेरै लागि पठाएको त हैन र ।
यत्तिकैमा ऊ बोल्छ , मेम, म सरुवा भएर आएको। मलाई यो शाखामा काम गर्न तोकिएको छ । यो पत्र कहाँ बुझाऊँ ? एकैचोटि उसले यति भनिसकेपछि म झस्कन्छु । कागज मागेर हेर्छु । उसको नाम रहेछ ज्योति । हाम्रो शाखामा रिक्त नासु पदमा सरुवा भएर आएको । म एक हिसाबले खुसी हुन्छु । अब सँगै हुने भएर मनमा एकप्रकारको उमङ्ग सञ्चार हुन्छ ।
म उसलाई उपसचिवतर्फ जान सङ्केत गर्छु । यता आफू भने कल्पनामा डुबुल्की मार्न । हेर्दा यति हेन्सम छ । यति गोरो छ । यति मिलेको जिउडाल, यति लायकी । मानौँ सिधा काँक्राको चिराजस्तो तर ... ।
सुब्बा भएर के भाे त ? यत्तिकाे केटाे छ; मेराे बुवाकाे ज्वाइँ बन्न लाएक छैन र ! यस्तै यस्तै कल्पनामा म हराइरहन्छु।
ऊ फेरि ताेक लागेकाे पत्र लिएर म छेउ अाउँछ । म उसलाई हेर्दै टाेलाउँछु ।अाकर्षण पनि कति हाे ? म छक्क पर्छु । मुस्कुराउँछु ।
उसले बाेलाउँछ - मेम् ! पत्र हातमा दिन्छ । दर्ता गरेर फाइलिङ गर्छु । मुस्कुराउँदै उसलाई स्वागत गर्छु । भन्न त मन थियाे - दिलमा स्वागत छ तर याे कार्यालय हाे । उसले थ्याङ्क्यु भन्छ र कुर्सीमा बस्छ ।
ऊ बसिरहन्छ । म अब बसिरहनेवाला छैन। मेराे छुनुमुनुपन बढेकाे छ ।मेराे चञ्चलतामा उर्जा बनेर अायाे त ऊ ! के गराैँ म ! म लुकिलुकी उसलाई हेर्छु। ऊ कम्प्युटरमा केही गरिरहन्छ । म उसकै वरिपरि हराइरहन्छु ।
भगवान्मा खासै विश्वास नगर्ने म !अाजकाल बारबार एउटा नाम जपिरहेकी हुन्छु । मानाैँ कि मेराे जिब्राेमा एउटा नाम झुन्डिएकाे छ । त्याे पनि गलाकाे परिचय कार्डझैँ । त्याे हाे ज्याेती ! नझुण्डियाेस् पनि कसरी ? म उसैमा अाफूलाई पाउँछु । उसकाे वरिपरि नै हराउँछु ।
घरमा पनि म एकाेहाेराे टाेलाइरहन्छु । उसकै कल्पनामा ! लाग्छ मलाई- ऊविना मेराे जीवन छैन । तर पनि म डिसिजन गर्न सक्दिनँ । किनकी म अफिसर; ऊ सुब्बा !
केही दिनपछि अफिसमा कुरै कुरामा प्रसङ्ग उठ्छ। मलाई सरहरूले जिस्काउँनु हुन्छ। बिहेकाे कुरा झिक्नु हुन्छ । अनि साेध्नुहुन्छ - कतै लव परेकाे छ कि ? सूर्यतनया मिस ! म हाँसिदिन्छु । यत्ति राम्री मान्छेकाे हुनुपर्छ । भनेर थप्नुहुन्छ । त्यसमाथि अफिसर !
मलाई भन्न त मन थियाे । म कसैलाई मन पराउँछु । तर, मलाई राम्री मात्र भनिँदैन । युवती मात्र देखिँदैन । सँगै जाेडेर अफिसर भनिन्छ । यही भएर मेराे मन गुम्सिन्छ; अनि म भन्न सक्दिनँ ।
प्रसङ्ग अझै अगाडि बढ्छ । कि कुरा मिलाऊँ हाम्रो राम्रो सुब्बा नि खाली छन् जस्तो छ । कोठामा हाँसो मडारिन्छ । ऊ काममा व्यस्त भए पनि पिलिक्क हेर्छ र मुस्कुराउँछ । फेरि काममै तल्लीन हुन्छ । सायद उसले यो कुरा सुनेन । तर ऊसँग मलाई जोडिएकोले मेरो हृदय औधी खुसी हुन्छ । मन गदगद हुन्छ । छिट्टै भनिदिए हुन्थ्यो जस्तो लाग्छ । ओठहरू चलबलाउँछन् । उसलाई भनिदिनू न भन्नलाई तर आवाज आउँदैन ।मनले मागिरहन्छ ऊ सिर्फ ज्योति ।
मलाई त लाग्छ । झन् कुराहरू बगिरहून जस्तो । नदीहरुझैँ मलाई जात सोधिन्छ । तपाईं छेत्री कि ब्राह्मण ? यसरी जात सोधेपछि मलाई मनमा घोच्छ । मलाई किन जात नै सोधिन्छ । सोध्ने भए मन सोधियोस् न भन्न मन थियो तर मिलेन । म बाध्य भएर भन्छु । म छेत्री हो । अनि म कामना पनि गर्न थाल्छु । मलाई जस्तै उसलाई जात नसोधियोस् । सोधिन्छ त मन सोधियोस् ।तर उसलाई पनि सोधिन्छ , फेरि उहीँ जात, ज्योति, तिमी छेत्री कि ब्राह्मण , ऊ काममै व्यास्त थियो। पिलिक्क हेर्छ र मुस्कुराउँदै भन्छ , म ब्राह्मण ।
अनायासै मलाई अप्ठ्याराे महसुस हुन्छ । म सम्हालिन काेसिस गर्छु । कुरा अघी बढिरहन्छ । सर भन्नुहुन्छ- तर अाजकल छेत्री बाह्मणमा खासै विभेद छैनहै ! म मुन्टाे हल्लाउँछु । मन अलिक शान्त हुन्छ तर मान्दैन। मनले मनलाई प्रश्न गर्छ । ऊ ब्राह्मण रहेछ । के उसले मलाई बिहे गर्छ त !
कमसेकम पद मिलेन ; जात त मिलाेस् ! तर मिल्दैन,नमिलाेस् ! मन त मिलेकाे छ नि ! म अाफैँले अाफैँलाई सम्झाउँछु ।
म चाहन्थेँ - कुरा अगाडि बढिरहाेस् । साेचेजस्ताे हुँदैन । सबै अर्काकाे मनकाे भावना बुझ्ने कहाँ हुन्छन् र ! कुरा काेट्याइदिन्छन् तर लम्ब्याइदिदैनन् । जे हाेस् - कुरा काेट्याइदिएकाेमा उनीहरूलाई मनमनै धन्यवाद दिन्छु।
अनि मलाई साहसको जरुरत भएको महसुस गर्छु । म आफैं औला टोकेर टोलाउँछु । अनि सोच्छु मुटु दह्रो बनाउँछु । अरूको भर परेर हुन्न । म आफै भन्छु । मेरो मनको प्यारो ज्योतिलाई । म योजना बुन्न थाल्छु ।
आज शुक्रवार १ तीन बजे सबै बाहिर निस्कन्छन् । म धेरै काम भएको बहाना गर्छु । छट्पटाइरहेकी हुन्छु । ज्योति मोबाइलमा खेलिरहेको हुन्छ । म उसको छेउमै जान्छु र भन्छु , खाजा खानु भो । उसले सुस्तरी मुन्टो हल्लाउँछ। अनि फेरि भन्छु, आज कति काम छ । सबै जानुभो । अब हजुर नि जाने होला । उसले फेरि मुन्टो हल्लाउँछ । अनि म थप्छु, औला टोकेर मुस्कुराउँदै मलाई दुख हुन्छ जस्तो लाग्छ भने बस्नू । ऊ मतिर छड्के आँखाले हेर्छ र मुस्कुराउँछ । मुस्कानको बदला के देओस् बिचरा मुस्कान नै फर्काउँछ । म फेरि भन्छु, बस्नू ल । मुन्टो हल्लाउँछ र मुस्कुराउँदै स्वीकृति दिन्छ । म कामको बहाना बनाउँदै फाइल पल्टाउँछु । शून्यतालाई चिर्दै प्रसङ्ग कोट्याउँछु । ब्राह्मणहरु कति राम्रा हुन्छन् है । उतिर हेर्छु र मुस्कुराउँछु । ऊ पनि मुस्कुराउँदै भन्छ, किन र ? म उसको उत्तर नदिई प्रश्न गर्छु, ‘तपाईं ब्राम्हण हैन र ? तपाईं कति राम्रो र गोरो के ।
मेरो कुरा काट्दै उसले भन्छ, नाइँ तपाईं नि राम्री हुनुहुन्छ । मलाई क्युट लाग्छ । हिस्सी परेकी हुनुहुन्छ । ऊ भनिरहन्छ । म फुरुङ्ङ हुन्छु । अझ थप्छ, म नि क्षेत्री नै हो । अस्ति सरहरूले जिस्काउनुहुन्छ भनेर मैले । म ऊसँग आँखा जुधाउँदै भन्छु ,छिट्टै अफिसर हुनु है ।
उसले मुन्टो हल्लाउँछ ।हामी दुवै घरका आन्तरिक कुराहरू सोज्छौँ । बाबा, आमा, दिदीभाइ आदिआदि ।
उसको दिलले पनि यस्तै अवसर खोजिरहेको महसुस हुन्छ । जस्तो म खोजिरहेकी थिएँ । उसलाई मैले पटकपटक अफिसर बन्न जोड दिँदै कुरा बङ्ग्याउन खोज्छु । ऊ मलाई जिन्दगीबारे बुझाउँछ । अफिसर सबै होइन । खुसी खै त भनेर मलाई औल्याउँछ । मलाई उसले झस्काउँछ । मलाई भन्न मन लागेको त थियो, तिमी नै हौ मेरो खुसी तर म भन्न सक्दिनथेँ उसले मतिर आँखाको इशाराले भन्छ ( बिहे गर्ने बेला भएन रु मनको कुरा खोलिदिएकोमा म दङ्ग १ उसले मलाई विश्वास पनि दिलाउँछ । म अफिसर बन्छु । त्यो नि लेखेर बन्छु । कुरै कुरामा सात बज्छ। हामी छुट्छौँ । बेलुका म्यासेजको घण्टी बज्छ । म हेर्छु लवको साइन राखेर क्युट खाना खायौँ । खाएँ रिप्लाई दिन्छु । सामान्य कुरा हुन्छ । ऊ मलाई खोल्न खोज्छ तर म खुल्दिन । मलाई पदले खुल्न दिएन । म सम्झन्छु, म कस्ती है । जातले नदिएको उसले सजिलै दिने बनायो । तर म पदमा अड्डी जमाएर बसेकी छु । म आफैंसँग रिसाउँछु । मलाई लाग्छ , मेरो मनको शत्रु नै मै हो ।
दिनदिनै उसले कुरा अगाडि बढाउँछ। कहिले गजल त कहिले सायरी । म उसका लेखहरू पढेर दङ्ग पर्छु । मलाई लाग्छ, मलाई उसले यत्ति माया गर्छ कि मानौँ उसले आफूलाई पनि बिर्सिसकेकाे छ। तर म अझै खुल्न सकेकी छैन । छन त चाहना उसलाई भन्दा मलाई बढी हाेला । तर के गर्नु ?
दिनदिनै उसकाे मप्रति श्रद्धा, प्रेम देखेर मेराे पनि झुकाव बढेकाे छ । ऊ मलाई सम्झाउँछ । हुन त तिमी सचिव बन्छाै । तर जिन्दगीबारे साेच ! सचिव बन्नु मात्र जिन्दगी हैन । तिम्राे सृष्टिकाे लागि घर चाहिन्छ । घर भनेकाे महल हैन; साथ चाहिन्छ। झुपडीमा 'नि खुसी छन्, मान्छेहरु ! याे साथले हाे । प्रेमले हाे ।
हाे हुन त ! तर म अाजकल वैरी भएकी छु । उसकाे कुरा सुन्छु तर जवाफ फर्काउँदिनँ । यस्तैलाई बहिराे भन्छन् हाेला सायद ! सुन्दै नसुन्नु र सुनेर पनि जवाफ नफर्काउनु त बराबर भएन र ! तर पनि मलाई हतार छैन । हतार किन हाेस् - मेराे माया दिनदिनै अफिसमा भेट भैहाल्छ ।
आज ऊ अफिस आएन । एघार बजिसक्यो । मेरा आँखा ऊ आउने बाटो पर्खिरहेका छन् । कुरिरहेका छन् । एघार तीस बजेतिर लरक लरक गर्दै हिरो आइपुग्यो । त्यही क्या मेरो ज्योति सदाझैँ मुस्कुराएर स्वागत गरेँ । म अरू के गर्न सक्थेँ र । यदि डेटिङ जानलाई हामी कहीँ भेट्ने सल्लाह गरेर उसले यति ढिलो गरेको भए म कति कराउँथेँ होला । कति रिसाउँथेँ होला ? खुल्दै नखुल्ने मलाई उसले डेटिङ पनि कसरी लगोस् । उसले चिया मगायो । अघिसम्म निराश भएकी म एक्कासि चञ्चले भएकी छु । ऊसँग बोल्न खोज्छु। ऊ चियाको सुर्को पिउँदै मन्द मुस्कुराइरहन्छ । तर अनौठो लाग्छ, यो मान्छे अजीवको छ । खासै बोल्दैन तर पाकेको अँगुरजस्तो , जसरी खडेरीले तिर्खाएको मानिसको मुखमा अङ्गुर पस्दा आनन्द आउँछ । उसैगरी यो मान्छे दिलमा बस्दा मलाई आनन्द आइरहेको छ ।
चिया पिइसकेपछि पनि काममा चासो दिदैन । खासै चासो पनि कहाँ दिने हो र । कामभन्दा मोबाइलमा बढी ध्यान छ तर केही त गर्थ्यो । किन यस्तो आज म छक्क पर्छु । ऊ उपसचिवको कक्षतर्फ जान्छ । म आाखा तिखा बनाएर हेर्छु। मेरा कान झन् उफ्रिन लागेको हरिणका झैँ सामान्य भलाकुसारी हुन्छ। अन्त्यमा सरसँग भन्छ, सर मेरो सरुवा भएछ । बिदा हुन आएको । यस्तो सुनेपछि मलाई एक्कासि मध्यदिउँसो औं सीको रातजस्तो लाग्छ।एक्कासि आँखामा बादलले ढाकेजस्तो हुन्छ । शरीरमा चिटचिट चिसो पसीना आ उँछ ।टाउको दुख्न थाल्छ । भारी हुन्छ । टाउको टेबुलमा अड्याउँछु र घोप्टे पर्छु । आँखाहरू रारा र गोसाईँकुण्ड बन्छन् । म त रुन पो थालेछु, सुकसुकाउँछु । पाकेको अङ्गुरजस्तो मेरो ज्योति मलाई भीर मौरीको महझैँ लाग्छ। झन् गुलियो तर १ म अहिले पनि उसलाई हात समातेर मेरो राजा भन्न सक्दिनँ । आई लव यु भन्न सक्दिनँ । उसको हात समाएर म पनि सँगै जान्छु । तपाइ नै हो मेरो जिन्दगी , भन्न सक्दिनँ । ऊ भने उदाउँदा जसरी उदायो, सूर्यझैँ १ बिदाइको हात हल्लाउँदै उसैगरी बाहिरिन्छ । म भने दोधारमै हुन्छु । ऊ गइसक्यो म दोधारको शून्यतामै रुमलिन्छु । आँखाबाट आँसु बग्न थाल्छन् ।