यसपटकको गाइजात्रा सुरक्षित रुपमा मनाउन शुक्रबार भक्तपुरमा वडा भेला भएको छ । विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिनप्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने सम्बन्धमा वडाबासी भेला सम्पन्न भएको हो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रुपमा धनी सहर भएको हुँदा यहाँ मनाइने हरेक पर्वहरुको आफ्नै महत्व रहेको तर समुदायस्तरमा कोरोना संक्रमित देखिन थालेको वर्तमान अवस्थामा रोग संक्रमण फैलिन नदिन भक्तपुर नगरपालिकाले नजिकिंदै गरेको गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गरी मनाउन नगरबासी जनता र सरोकारवाला पक्षलाई अनुरोध गरिरहेको बताए । यस क्रममा जात्रामा प्रदर्शन हुने घिन्ताङघिसी (लठी जुधाएर नाचिने नाच) तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न अपिल उनले अपिल गरे ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले कोभिड १९ को विषम परिस्थितिमा जात्रालाई सुरक्षित ढंगले मनाउने कार्यमा नगरबासीहरु नै सचेत हुनुपर्ने बताउदै यस पटकको गाईजात्रामा बाजागाजा र घिन्ताङघिसी नलाने ढंगले मनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भनपा ४ वडा समन्वय समितिका संयोजक एवम् भक्तपुर नपाका कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले नेपाल–भारतबीचको खुला सीमानाका कारण दिनप्रतिनिधि कोरोना संक्रमित थपिंदै गएको बताइन् ।