चित्रको न कुनै भाषा हुन्छ न कुनै जात, चित्रले सबै कुरा व्यक्त गरेको हुन्छ । मलाई पनि चित्र बनाउन सार्है नै मन पर्छ । म कहिलेकाही चित्र कोर्ने गर्छु। यो हिजोआजको समय मेरो चित्रकारितालाई अगाडि बढाउने मौकाको रूपमा रहेको छ।विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासको कारणबाट बाँच्न र बचाउन नेपालमा पनि विगत चैत्र गतेबाट बन्दाबन्दी अर्थात् लकडाउन चलिरहेको र अहिले नेपाल सरकारले लकडाउनको अवधि सकिएको बताएको छ। तर यो कोरोना भाइरसको संक्रमणको खतरा अझै कायम रहेको विभिन्न माध्यमबाट सुनिरहेको छौ । त्यसैले हामी घरैमा सुरक्षित बसिरहेका छौ। म घरैभित्र पनि बसेको करीब चार महिना भैसकेको छ । स्कुल लगायत सबै कुराहरू बन्द अवस्थामा रहेको छन् । यो अवधिभर मैले विविध कार्यहरू गरेर समयको सदुपयोग गरिरहेको छु।
सबैको आआफ्नो रूचि हुन्छ । मेरो पनि आफ्नो रुचि चित्रकारितामा रहेको छ । यो विषम परिस्थितिमा हामी घरभित्र रहिरहनु परेको छ। चाहेर होस् वा नचाहेर जसरी हुन्छ आफ्नो ज्यान जोगाउन पर्दोरहेछ भन्ने कुरा यो अवस्थाले धेरैलाई सिकाइएको जस्तो मलाई लाग्छ किनकि अरू बेला मान्छे कामबिना पनि हिडेको देखिन्थ्यो । यो लकडाउनको अवधिमा मैले कोही कतै हिडेको देखिन । त्यसैले सबैलाई आफ्नो ज्यानचाहिँ प्यारो लाग्दो रहेछ।
हिजो, आज, भोलि दुईचार दिनको मात्र कुरा नभई यो अवस्था त चार महिनाभन्दा बढी नै हुन लागेको छ। मजस्ता विद्यार्थीहरूले सबैथोक छोडेर घरै बस्नु परेको छ । स्कुल, कलेज सबै बन्द अवस्थामा रहेको छ । त्यसैले घरै बस्ने समयलाई सदुपयोग गर्दै जानुपर्छ । यो समयमा पढाइलेखाइसँगै अरूअरू कुराहरू सिक्ने पकाउने, सिलाउने आदि कामहरू गरेर बिताउँदा राम्रो हुन्छ किनकि साधारण अवस्थामा त यति लामो समय घर बस्नै पाइँदैन थियो । त्यो पनि घरका सबै परिवारको साथ पनि , यो समयलाई अवसरको रूपमा लिएर मैले विभिन्न प्रकारका क्रियाकलापहरू गरिरहेको छु। मलाई चित्र कोर्न,रङ्ग भर्न मन पर्छ । मैले यो लकडाउनको अवधिमा केही चित्रहरू बनाएको छु। मैले चित्र बनाउँदा प्रायः चित्रहरू काल्पनिक नै बनाउने गर्दछु ।चित्र त धेरैले कोर्छन् तर रङ्ग भर्ने बेलामा धेरै ध्यान दिनुपर्छ नत्र चित्रको अर्थ पूण हुँदैन। मनमा कुनै तनाव भएको बेला म चित्र बनाउन बस्ने गर्छु । यसबाट मलाई खूब आनन्द प्राप्त हुन्छ ।
भविष्यमा मलाई चित्रकलासम्बन्धी थप अध्ययन गर्ने रुचि छ । मलाई घरपरिवारबाट पनि सहयोग गरिरहनुहुन्छ । उहाँहरूले आफ्नो रुचि केमा छ त्यो कार्यलाई मन लगाएर गर । अवश्य सफलता मिल्नेछ भनी प्रेरणा दिइरहनुहुन्छ। लकडाउनको समयमा पनि मेरो मामुबाबाले कताबाट खोजी रङ्गहरूको लिएर आइदिनुभएको थियो। मैले बनाएका चित्रहरूलाई मामुले हाम्रो सिटिङ रुममा सजाएर राखिदिनुभएको छ। सबैजनाले मेरो चित्र देखेर तारिफ गर्नु हुन्छ र यसबाट अझ राम्रो गर्दै जाने हौसला ममा बढेको छ।
काठमाडौँ महानगरले महानगरका विभिन्न खालि भित्ताहरूमा चित्रकलाले भर्न सुरु गरेको छ।
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ। परम्परागत भेषमा सजिएका नेवार पुरुष र महिला लगायतका चित्रहरू कोरिएको छ।
यस्ता चित्रहरू महानगरको रङ्गशाला, एयरपोर्ट, शंकरदेव, राष्ट्रिय सभागृह, भृकुटीमण्डप लगायतका स्थानहरूको भित्तामा यस्ता चित्र कोर्ने योजना रहेको चित्र कोर्दै गरेका चित्रकार विक्रम वनले बताए। यो चित्रकला कार्यक्रमको लागि महानगरले ५० लाख बजेटको कार्य सम्झौता गरेको अर्का चित्रकार डिभी भण्डारीले बताए। उनीहरूको अनुसार महानगरले चित्रकलाको लागि फाइनआटसंग सम्झौता गरेको हो।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरभित्र सांस्कृतिक तथा धार्मिक पक्षका चित्रहरू कोर्ने निर्णय भएको हो। जस अनुसार ठाउँ अनुसार मठमन्दिरमा देवी देउताको चित्र र पार्कैतिर फुल तथा सम्पदाको चित्र कोरिने बताए। यस्ता चित्रले ट्राफिकमा कुनै असर नगर्ने दाबी गरे।
‘यस्ता चित्रकलाले ट्राफिकलाई कुनै असर गर्ने देखिँदैन’ प्रवक्ता मानन्धरले भने। उनको अनुसार यस्ता महानगरले सहरको सौन्दर्य र सांस्कृतिक पहिचान झल्काउने उद्देश्य लिएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...