नभेटिने भेट
०७ साउन २०७७
•
६ मिनेट पाठ
नभेटिने भेट
श्रीराम राई
 भनूँ कि नभनूँ दोधारमा थिएँ म । भनूँ मन दुख्ने, नभनूँ झनै अप्ठेरो । अन्तिममा मैले साहस बटुलेर भने, ‘प्रनिशा, मैले तिमीलाई आँसु मात्रै दिने भएँ । मलाई माफ गर । मेरो संवेदनशील अंगमा  रोगले च्यापेको छ ।  म अब धेरै बाँच्दिनँ होला ।’




बिहान के खाऊँ र बेलुका के खाऊँको स्थिति थियो मेरो । कखरा पढाउने स्कुलमा अस्थायी जागिर थियो । औषधि खर्च र खिच्रिङमिच्रिङ सामान किन्दाकिन्दै पैसा त्यसै सकिन्थ्यो । सानासाना भाइबहिनीहरूको आशाको मुहान थिएँ म तैपनि केश फुलेको आमाबुबाले छेउमा आफूलाई  केटाकेटीजस्तो लाग्थ्यो।

आमाका दश ठाउँ टालेको चोली हुन्थ्यो । टोपीबाट केश छिरेर बाबु ढँटुवारजस्तो देखिनु हुन्थ्यो । यस्तैयस्तै अभावको अप्ठेरो खुडकिलो थियो जीवनको बाटोमा ।  

एक मनले भनेको थियो, ‘अब बाँचेर काम छैन । मैले अर्कैे बाटो रोजेर जानुपर्छ । ममा उपचार गर्ने हैसियत छैन ।’  

अर्को मनले भन्थ्यो, ‘यो मेरो जीवनको परीक्षा हो  । मैल पास गर्नुृपर्छ  । जसरी हुन्छ उपचार गराउनुपर्छ । रोग कसलाई लाग्दैन र । रोग पाल्नु हुँदैन ।’

आमाको  मन किन मान्थ्यो र । मैले एकान्तमा टोलाउँदे रुनुको अर्थ थिएन  । जीवनलाई सरापेर पनि काम थिएन । उहाँले मेरो उपचारका लागि गाईवस्तु बेचेर गोठ रित्याउनुभयो । रिन काढ्नुभयो । बाउमाइती र दिदीबहिनी सबैलाई गुहार्नुभयो ।
सामुदायिक एफएममा बजिरहन्थ्यो, ‘चिसापानी  निवासी अटलको ..फेर्नुपर्ने भएको हुँदा सहयोग गर्न इच्छुक महानुभावहरूले  खाता न मा रकम जम्मा गरिदिन हुन अनुरोध छ । तपाईको  सहयोगले  कसैले पुनर्जीवन पाउँदै छ ।’

छुट्ने बेला मैले दरो मुटु बनाएर भने, ‘प्रनिशा, म सन्चो भएर आउँछु । राम्रोसँग आमाबाबुको हेरविचार गर्दै  गर्नु  ।’

तर उनले केही भनिनँ ।  साना भाइबहिनीले उज्यालो अनुहार बनाउँदै भने ‘दाज्यू, निको भएर चाँडै आउनुस् है ।’

आमाले जबर्जस्ती हाँसो लुकाएर भन्नुभएको थियो, ‘बाबू, हामीले सकेसम्म कसैलाई नराम्रो गरेका छैनौ । त्यसैले भगवान्ले हेरिछाड्ने छैन । आमाले दिएको आशीर्वाद खेर नजावस् है ।’
म खुसी हुँदै बाटो लागे । म अस्पतालको कोठा नं ३ मा परे । आमाको मनले मानेनछ । म गएका दिनै मलाई भेट्न मकहाँ आउनुभयो ।

अस्पताल बसाइ सुरु भयो । म वरिपरिका अरू बिरामी नियालिरहन्थे। छेउको बेडमा अन्दाजी तीस बर्से विराम थियो । तिनको  साथमा एउटी कुरुवी पनि थिई । पछि मलाई थाहा भयो तिनीहरू नवजोडी रहेछन् । एउटै कोठा बिस्तारै चिनजानी बढ्दै गयो । मेरी आमा यताउति गर्न सक्नुहुन्न थियो र त्यहाँकी कुरुवी ज्योतिले नै सबै काममा  सहयोग गर्न थालिन् ।

ज्योतिले मायालु शैलीमा भन्थिन्, ‘ प्रकाश, जीवनमा संघर्ष गर्नुपर्छ । हरेस खाइयो भने रोगले झन् –झन् रोगले च्याप्दै लान्छ । लौ नखाई कहाँ हुन्छ र ।’  

केरा नग्याउँदै  मुखमा  हाल्दिन्थी  ज्योतिले र डोरयाउँदै शौचालयमा  लान्थिन् र डोरयाउँदै बेडमा ल्याउँथिन् । कति लोभलाग्दो जोडी । मलाई लाग्थ्यो, यो दुनियाँमा अनुपम जोडी थियो त्यो । मध्यरातमा ऐयाऐया गरिरहँदा नरम हातले सुमसुम्याउँदे भन्थी, ‘प्रकाश, डाक्टरी रिपोर्टअनुसार स्थिति राम्रो हुँदैछ । चिन्ता लिनु पर्दैन । तिम्रो म छु , मेरो तपाई हुनुहुन्छ ।  जति दुखाइ भए पनि बिस्तारै  बिसेक हुनेछौ । चिन्ता गर्नु हुँदैन ।’
– ज्योति, तिमीले  मेरा लागि धेरै  दुख गरेकी छयौ । मेरा लागि धोविनी  भएकी छ्यौ।  बैनी  भएकी छयौ  । आमा भएकी छयौ र सबैसबै भएकी छयौ ।

– यतिका लागि त साथ चाहिन्छ । सहारा चाहिन्छ । नत्र केका लागि जोडी, केका लागि विवाह र केका लागि जीवन । तपाई पनि मेरा लागि कहिले बुबा हुनुपर्छ । कहिले भाइ हुनुपर्छ ।

यस्तैयस्तै ज्योति  र प्रकाशको मीठो कुरामा भुलिन्थे म । अरूको जीवन हेरेर भए पनि रमाउनु सिक्नुपर्ने रहेछ भन्ने कुरा मैले त्यसबेला बल्ल थाहा पाएँ । बिसेक  भएर ती  जोडी घर फर्किने उज्यालो आशामा अस्पतालको दिन बिताउँदै थिए।  

मलाई ज्योतिले सुुुरुमा खूब सोधिन्, ‘अटल, तपाइकी म्याम त कहिल्यै  आउनु हुन्न त?’  

मलाई भन्न मन लागेको थियो, ‘वेदनामा हैरान भएर धुरुधुरु रुँदा मेरा पनि आँसु पुछिदिने आत्मीय हात छन् । चिप्लोमा लड्दा उठाइदिने मायालु हात छन् । थकित र बिरामी हुँदा सान्त्वना र सहानुभूतिको मीठो वचन बोल्ने  प्रेमिल साथ छन् ।’  

जब लोडसेडिङ हुन्थ्यो तब म सिरकमा गुटुमुटिएर धुरुधुरु रुन्थेें । सम्झिन्थे,  ‘टिनएजमा लाएको माया र गरेको विवाह जस्तै किन कच्चा मेरा वैवाहिक जीवन । किन परिस्थितिले मलाई मात्रै चिमोटिरहन्छ बारम्बार ।’
ज्योति र प्रकाश शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घर फर्किए ।  त्यसपछिका मलाई के छैन  के छैन जस्तो नियाँस्रो लाग्न थााल्यो  । आखिर जे भए पनि  जीविनमा  नभोगी  नहुँदो  रहेछ ।  पर्नुअघि जेजे भने पनि, जेजे सोचे पनि भोग्नैपर्ने रहेछ । मलाई लाग्थ्यो, जिन्दगी सबैको यस्तै हुने रहेछ ।’ 

हप्तौ अस्पताल बसेर घर फर्किएँ म । बाटोमा सोचेको थिएँ, ‘प्रनिशा, म निको भएको छु । तिम्रो चोखो  मायामा रम्न आइपुगेकी छु ।’ 

जिन्दगीमा सोचे जस्तो भए किन विवशताको आँसु बगाउनु परथ्यो र । किन एकान्तलाई आफन्त सम्झेर वेदना सुनाउनुपरथ्यो  र । माइत गएकी प्रनिशाले कागजको एउटा चिर्कटो छोडेकी रहिछ । त्यहाँ लेखिएको थियो, ‘अटल, औषधिले नपुंसक बनेको तिम्रो शरीर सम्झिदा पनि मलाई दिक्क लागेर आउँछ । म तिम्रो घरमा बेसाएको अन्नपानी खाएर कति बस्नु ।  अब मलाई भुलेर पनि नसम्झिनू ।’ 

– उही तिम्रो हुन नचाहने प्रनिशा ।
यो मन जस्तो त्यो मन नहुने रहेछ । सोचे जस्तो जिन्दगी नहुने रहेछ । ‘सोचेजस्तो हुन्न जीवन । रोजे जस्तो हुन्न जीवन । जस्तो भोग्यो त्यस्तै हुन्छ ।’ साँच्चिकै  गीत गाउनेले बुझेरै गीत गाएका हुँदा रहेछन् । गीत लेखेका हुँदा रहेछन् ।

मेरो सपनाको महल गल्र्यामगुर्लुम ढल्यो । म आफै पनि बेहोस भएर ढलेछु । मैले चाहँदाचाहँदै पनि प्रनिशालाई आफ्नो बनाउन सकिनँ ।  अभावले धेरै रहरहरू मर्दा रहेछन् । बाँच्नका लागि मन दुखाउने विगत भुल्नु नै पर्ने रहेछ । 

मैले पटकपटक मन फकाएर उनलाई लिन गएँ । पाँचपाँच वर्ष पर्खिएँ । उनले न सम्बन्धविच्छेद गरूँ भनिन् न सँगसँगै जीवन चलाउनुपर्छ भनेर घरै फर्किन ।  

धेरै समयपछि उनले आफ्नै सोचअनुसार सम्बन्धविच्छेद गरिन् । परिस्थितिको साङ्लोमा बाँधिएर मैले भर्खरै भूकम्पमा परेर श्रीमान गुमाएको प्रज्ज्वलासँगै  जीवनकोे  नयाँ मूलबाटो खने ।

प्रज्ज्वलाको प्रोत्साहनपूर्ण सहयोगबाट बाँकी पढाइ पूरा गरे। म् शिक्षकबाट सामाजिक परिचालक भएँ  । म सामाजिक परिचालक भएर गाउँगाउँ चहार्न थाले ।

साँच्चिकै जिन्दगीको बाटो कति घुम्ती हुँदो रहेछ । म एक दिन त्यही  प्रनिशाकै  विषयमा  वकलात गर्न जानु परयो । प्रनिशाकी नजिकी पर्ने  चेलीले मुख फोर्दै थिइन्, ‘घर गरिखान नसकेर त्यसै बसेकी छ । त्यसको  के हकअधिकार । रजाइँ  गर्न खोज्दिरहिछ । मैले पनि सहन सकिन ।  मैले यिनलाई यसै गरे उसै गरे ।  म दोषी हुँ । मलाई कारवाही गर्नुस् ।’

यसो हेरे जीउभरि नीलडाम थियो प्रनिशाको  । फिल्मको पात्रजस्तै हतारहतार उनलाई अँगालेर आँसु पुछिदिने मन थियो ।  पूरै माया खनाएर सान्त्वना दिने मन थियो तर म उपायहीन भइरहे । सम्झे, ‘कहिलेकाहीँ चत्रचित्रको पात्रभन्दा पनि कति निरीह हुुँदो रहेछ जिन्दगी ।’ 
गाउँलेहरूको सहयोगमा उनलाई अस्पताल पुरयाइयो । हप्ता दिनपछि उनको डिस्चार्ज भयो ।  

मैले घर जाने बेला भने , ‘प्रनिशा, मलाई माफ गरिदेऊ । मैले तिमीलाई सधै आफ्नो बनाउन सकिनँ । सायद मेरै कुनै दोष थियो होला। अब अर्को जुनीमा म तिमी भएर जन्मिन पाऊँ । म भगवानसँग यही प्रार्थना गर्छु ।’ 

प्रनिशाले मन दुखाउँदै भनिन्, ‘अटल, मलाई पो माफ गर न । मैले तिमीलाई धोका दिएकोमा जीवनभर प्रायश्चित गर्ने छु । अर्को जुनी हुँदै हुँदैन । कल्पनाको खीरभन्दा यथार्थको ढिडाले पेट भरिने रहेछ ।’ 

अचानक फोनको रिङ टोन बज्यो, ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन,

फक्रिने र ओइलिने टुँगो हुँदैन।’
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस