लकडाउनमा सीप
३० असार २०७७
•
३ मिनेट पाठ
लकडाउनमा सीप

इस्तिका दाहाल

कक्षा – ५, गण्डकी बोर्डिङ स्कुल लामाचौर, कास्की ।




कोरानाको कारणले स्कुलको वार्षिक परीक्षा समय तालिकाभन्दा दस दिन अगाडि नै सकियो। परीक्षा पनि सकिनु र लकडाउन सुरु भएपछि त समय नै समय । जति खेले पनि , टेलिभिजन हेरे पनि, ट्याब्लेटमा गेम खेले पनि। स्कुल हुँदा खाना खान पनि सधैं हतार नै हुने । आफूलाई मन लागेको कुरा गर्न नै नपाइने। होमवर्क गर्ने , स्कुल जाने आउने र बाँकी रहेको केही समय बहिनीसँग खेल्नेबाहेक अरू गर्नै नपाउने ।

मलाई खाना बनाउन असाध्य मन पर्छ। योबाहेक मेरो अर्को रुचिको विषय भनेको घरमा भएका पुराना कपडा काटेर त्यसबाट बैनीका लागि आफ्ना लागि केही नयाँ कपडा बनाउने पनि हो। भविष्यमा राम्रो फेसन डिजाइनर बन्ने उद्देश्य छ। घरमा हातले नै सिलाएर सानासाना कपडा पनि तयार गरेकी छु। कपडा काटेर जताततै फैलाउँदा भने ममीबाट धेरै पटक गाली पनि खाएकी छु।

पोखरामा हाम्रो होटल व्यवसाय छ। सानैदेखि होटलमा विभिन्न परिकार पाकेको देखेकाले पनि होला मलाई पनि युटयुव हेरेर नयाँनयाँ परिकार बनाउन मन पर्छ। लकडाउनअघि स्कुल जानुपर्ने बिहानै उठेर स्कुल जानै हतार । स्कुलबाट आएर खाजा खाएपछि होमवर्क सकिदा रात पर्ने । आफ्रूलाई मन लागेको गर्नै नपाउने। एक दिन शनिबार नुहायो खेल्यो समय त यसै जाने।

 हिजोआज त सधैं शानिबार जस्तै छ न स्कुल जानुपर्ने न होमवर्ककै टेन्सन । हिजोआज न स्कुल जानु छ न होमवर्क गर्नु नै पर्ने । यही असार महिनाबाट बिहान डेढ घन्टे  अनलाइन कक्षामा हुने गरेको छ। घरमै बसीबसी साथीहरूलाई हेर्न र टिचरसँग पढ्न पाइने क्या मजा । त्यसपछि भने फ्रि।
मैले लडकाउन भएर घरमा बसेको समयमा बाबासँग मिलेर  रसबरी , पिज्जा, केक, मम, पानीपुरी, डोसा जस्ता धेरै खानेकुरा बनाएँ।  ममीले पाएको हेरेर गहुँको सुक्खा रोटी पनि बनाउन आउँछ तर यी सबै खानेकुरा बनाउन बाबा या ममीको हेल्प भने चाहिन्छ । चटपटे, चाउचाउ र कालो चिया भने म आफैले बनाउन सक्छु।

युटुबमा मैले धेरैजसो खाना बनाउने र फाइभ मिनेट क्राफ्ट हेर्छु। त्यसमा कपडा सिलाउने , कागजका फूल बनाउनेदेखि हामीले प्रयोग गरेर फालेका वस्तुबाट आकर्षक उपयोगी सामानहरू बनाउन सिकाउँछ । यही लडकाउन अवधिमै मैले आफ्नो पुरानो वान पिस काटेर बैनीका लागि मिनी स्कर्ट र सर्ट पनि बनाइदिएँ । मैले बनाएको कपडा लगाएर ममीले बैनीको फोटो खिचेर फेसबुकमा पनि राखिदिनुभएको थियोे । ममीका साथीहरूले मन पराएर मलाई पनि बनाइदेऊ है भन्दा धेरै खुसी लाग्यो।

 मैले पुरानो तन्नाबाट ममीका लागि एप्रोन, आफ्ना लागि झोला पनि बनाएकी छु। जिन्स पेन्टबाट त गजबको वाटर वोटल ब्याग पनि बनाएकी छु। हातले सिलाउँदा हात धेरै गल्छ त्यतिबेला ममी र सरला दिदीले पनि सिलाउन हेल्प गर्दिनुहुन्छ । कहिलेकाहीँ भने कपडा काट्दा कोठा फोहोर हुन्छ । त्यो बेला भने ममीको गाली पनि खानुपर्छ।
स्कुल जाँदा मैले आफूले चाहेको कुरा गर्न पाउँदिन थिएँ। अहिले घरै भएकोले आफ्नो इच्छा पूरा गर्न पाएकी छु। युटयुवबाट हेरेर खाना बनाउने काममा  बाबुले सधैं सहयोग गर्नुहुन्छ । मेरो बाबालाई पनि खाना बनाउन एकदमै जाँगर लाग्छ । हाम्रो होटलमा कुक अंकलहरू नभएका बेला बाबाले मीठामीठा खानेकुरा बनाउनुहुन्छ । खाना बनाउने काममा बाबुले हेल्प गरे पनि कपडा सिलाएको भने उहाँलाई मन पर्दैन । 
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस