कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी गरिएको लकडाउनको बीचमा जुम्ला तातोपानी गाउँपालिका ४ की रुपाकन्य सार्की डोको बेच्न ब्यस्त छिन् । निगालोबाट डोको बुनेर बेच्दै उनको दैनिकी चलिरहेको छ । उनले बुनेको डोको गाउँदेखि सहरसम्मका किसान किन्छन् । डोको बुन्ने कार्यलाई व्यवसायीक बनाउदै लगेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएकै कारणले डोको बुनेर बेच्ने गरेका हुन् । खानपानको व्यवस्थापन गर्नकै लागि कालापहाडको यात्रा नियमित हुने गर्दथ्यो । तर पछिल्लो समयमा डोको बुनेर बेच्न थालेपछि घरखर्च गाउँमै जुट्न थालेको छ । रुपकन्याले भनिन्,‘यो पेशा अंगालेपछि परिवारसंगै बस्न पाएका छौँ । घरमै सिपको प्रदर्शन गरेर जिबिका चलाउँदै आएका छौँ, खुसी छौ । ’
निगालो ल्याउन १ दिनको बाटो हिड्नु पर्छ । अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चहार्नुपर्ने अनुभव सुनाइन् ।
आफ्नो हातमा सीप र काम गर्न सक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने उनले प्रण गरिन् । लकडाउनमा घरमै बसेर डोको बुन्नु दैनिकी बनेको हो । डोको बुनेर आएको पैसाले दैनिक घर खर्च चलाउने र छोराछोरी पढाउने र औषधि उपचारमा खर्च गर्ने गरेको उनी बताउँछिन् । बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने अवस्था छ, उनले भनिन्,’‘ ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका गाउँगाउँसम्म पुर्याउन सकिएको छैन । तर डोको बेचेर सहजै रुपमा घर खर्च सञ्चालन गर्न सकिने पूर्ण अनुभव छ ।’
‘पहिला हामी कालापहाड जान्थ्यौ,ँ केबल पेट पाल्ने काम मात्र हुन्थ्यो, कालापहाडमा काम गर्नु भन्दा आफ्नो गाँउमा बसेर डोको बुन्दा फाइदा हुने गरेको रुपकन्यका पति गाडो सार्की बताउँछन् । एक वर्ष कालापहाडमा गएर कमाएको धन आफुलाई मात्र हुन्छ । आतेजाते र खातेमा नै सकिन्छ, त्यसैले गाँउमै निगालाको डोको बुन्ने पेशा अंगालेपछि घर खर्च सहजै रुपमा चलेको छ ।
यदि कालापहाडमा गएको भए घरको सुर्ताले मन पिरोलिरहेको हुन्थ्यो, तर गाँउ घरमा आनन्द मनले दुःख र सुख जे भए पनि परिवारसंगै बस्न पाइएको कथा गाडे सार्कीको छ । निगालोबाट घरको छानो छाउनुका साथै डोको, डालो, सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन् ।
गाडे सार्की उदाहरण मात्र हुन् । उनको गाउँका प्रत्येक घर परिवारले यो व्यवसाय रोजेका छन् । एउटै डोकोबाट ३ सयदेखि ४ सय ५० रुपैयाँसम्म कमाउँछन् । एक दिनमा २ देखि ४ डोकासम्म बेच्ने गरेको भन्दै एक दिनमा १ हजारसम्म कमाइ हुने उनीहरु बताउँछन् । १ दिनमा २ वटा डोको बुन्न सकिन्छ ।
यता चन्दननाथ नगरपालिका ५ जुम्ला बजारका भगवती शाहीले ३ वटा डोको किन्दै भनिन्,‘बाली भित्र्याउने सिजन आएकोले डोको किन्न बाध्य भए ।’ जौ,गहुँ र रोपाइ सुरु भएको भन्दै शाहीले डोकोको भारी बोक्न सजिलो हुने जनाइन् । अहिले वार्षिक १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको डोको व्यवसायी बताउँछन् । स्थानीयले बनाएका निगालाका सामाग्री जुम्लामै खपत भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...