जुममा ‘जूनको जात्रा’ को परिचर्चा
०५ चैत्र २०८१
•
३ मिनेट पाठ
जुममा ‘जूनको जात्रा’ को परिचर्चा
स्रष्टा साँझ अमेरिकाले लघुकथाकार अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ को परिचर्चा गरेकाे छ।




डा. शेखरकुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, इन्दिरा चापागाईं, दीपक लोहनी र मनीषकुमार शर्मा समित परिचर्चाकारकाे भूमिका निर्वाह गरेका थिए।

परिचर्चाकारहरूले ‘जूनको जात्रा’ का ६५ लघुकथामा सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक पक्षमा देखापरेका विकृतिकाे व्यङ्ग गर्नुको साथै बालमनोविज्ञान लगायत विविध विषयवस्तु समेटिएको बताए।

परिचर्चाकार इन्दिरा चापागाईंले लघुकथासङ्ग्रहमा नारी पात्रको उपस्थिति राम्रो रहेको उल्लेख गर्दै लघुकथामा प्राकृतिक रूपले भरिपूर्ण नारीले अन्यायविरुद्ध आवाज उठाएका थुप्रै लघुकथा रहेको बताइन्। उनले लघुकथामा समाजको प्रतिबिम्ब झल्किएको, लघुकथा शीर्षकहरू आकर्षक र समापन झट्कादार भएकाे बताइन्।

वरिष्ठ साहित्यकार तथा लघुकथाकार डा. कुसुमाकर शर्माले अम्बिका धितालको जूनको जात्रामा आफूले अनुभव गरेका भोगेका समाज, घरपरिवार शैक्षिक र राजनीतिक क्षेत्रका यावत कुरा लघुकथाले समेटेको उल्लेख गर्दै समापन खण्ड एक वाक्यमा राख्दा लघुकथा अझै सशक्त बन्ने बताए।

त्यस्तै अर्का परिचर्चाकार दीपक लोहनीले भाव र विचारयुक्त लघुकथा नै कालजयी हुने र जूनको जात्रामा धेरै लघुकथामा भाव र विचारसँगै आएकाले आजको समयमा लघुकथा लेख्नेको भिडबाट अम्बिकाले आफ्नो छुट्टै पहिचान बनाएको बताए।

जूनको जात्रामा विषय र आयामप्रति सचेतता देखाइएको छ। विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति र संरचनामा रोचकता र समापन प्रभावकारी बनाउनु उनको लघुकथाको विशेषता भएको बताए।

भाव र विचारलाई सशक्त रूपमा आएको ‘जूनको जात्रा’ सङ्ग्रहनीय कृति भएकाले सबैले एकपटक पढ्नुपर्ने बताए।

अर्का परिचर्चाकार मनीषकुमार शर्मा ‘समित’ ले लघुकथाकार शैक्षिक क्षेत्रमा रहेकाले सङ्ग्रहका धेरै लघुकथा शैक्षिक क्षेत्रका विकृति र  विसङ्गतिको पक्षमा व्यङ्ग्य गर्दै बालमनोविज्ञानमा आधारित भएको बताए। यथार्थपरक लघुकथा अब्बल रहेकाले लघुकथाकार धितालको जूनको जात्राले विशिष्ट स्थान हासिल गरेको उनले बताए।

त्यस्तै परिचर्चाकार डा. शेखरकुमार श्रेष्ठले जूनको जात्रा लघुकथामा विषयगत विविधता भएकाले उत्कृष्ट भएको चर्चा गर्दै आगामी दिनमा बिम्ब र प्रतीकका साथै सिद्धान्तमा आधारित बनाएर कथा लेखनमा लाग्न हौसला दिए। कतिपय लघुकथा लेख्दै जाँदा लघुकथा नभएर छोटा कथा बन्ने कुरामा सचेत गराए। उनले लघुकथाकारहरूको भिडमा जूनको जात्रा पहिलो लघुकथासङ्ग्रह प्रकाशित गरेकी लघुकथाकार धिताल आशालाग्दो प्रतिभा भएको बताए।

कार्यक्रममा लघुकथाविद् खेमराज पोखरेल तथा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोले अमेरिकाबाट र खगेन्द्र बस्यालले नेपालबाट कृतिकारलाई कृति सफलताको शुभकामना दिएका थिए।

लाेकप्रिय लघुकथाकारद्वय अमेरिका निवासी विश्वराज अधिकारी र क्यानडा निवासी डा. कुसुमाकर शर्मा गौतमले भर्चुअल परिचर्चा कार्यक्रमको सहजीकरण गरेका थिए।

कृतिकार अम्बिका धितालले आफूले विचार तथा भाव प्रधान लघुकथा लेख्ने गरेको बताइन्। उनले समाजलाई जूनको प्रतीकका रूपमा मानेको र समाजमा विकृति,विसङ्गति, अन्याय, अत्याचार र भ्रष्टाचार जात्राका रूपमा भित्रिँदा समाज बिथोलिएकाले जूनले जसरी शीतलता दिन्छ त्यसरी नै समाजका यावत् विकृति र विसङ्गति हटाउँदै शीतलता प्रदान गर्न तथा समाज सुधारमा सघाउन खातिर लेख्ने गरेको बताइन्।

परिचर्चा कार्यक्रममा अमेरिकाबाट नवराज शर्मा र नेपालबाट श्याम श्रेष्ठ, मनोहर पोखरेल, रन्जु खनाल, मिसु श्रेष्ठ थपलिया, ध्रुवराज थापा, गङ्गा बस्नेत, रचना शर्मा, वन्दना घिमिरे, राजु क्षेत्री अपुरो, कल्याण पन्त, मनोहर पोखरेल, रोशन पराजुली, अन्जु शर्मा लगायतकाे उपस्थित रहेकाे थियाे।
अर्को समाचार
हजुरआमाको क्याटवाक
०३ साउन २०८२
•
२ मिनेट पाठ
हजुरआमाको क्याटवाक
बिहानको हिँडाइको क्रममा स्थानीय एकजना वृद्धासँग मेराे चिनाजानी भयो। मेरो र उनको संस्कार, संस्कृति र भाषा सबै भिन्न थियो। उनी पाकी र हाईप्रोफाइलकी थिइन्।




म पढेर केही जान्नेसुन्ने बन्न गोराहरूको देश पुगेको थिएँ। बिहान मलाई हतार गरेर कतै जान नपर्ने भएकाले स्वास्थ्य तन्दुरुस्त राख्न हिँड्न थालेको थिएँ। त्यही क्रममा मैले उनलाई भेटेको हुँ। बिहान वाकिङ आउटफिट लगाएर, मगमग अत्तरको वास्ना छर्दै, कुकुर डोर्‍याएर हिँडेको देखेँ। उनीहरू नचिनेका मान्छेहरूसँग हतपती बोल्दैनन् भन्ने मैले सुनेको थिएँ। तिनको सम्भ्रान्तता देख्दा असाध्य बोल्न मन लागेको थियो।

करिब एक हप्ता जति देखादेखी गरेपछि उनी बोलिन्। आफ्ना धेरै कुरा भनिन्। मेरो बारेमा पनि केही कुरा सोधिन्।

"हाइ, तिमी त फुर्तिलो केटा देखिन्छौ। स्वास्थ्य ठिक राख्नुपर्छ भन्ने चेतना पनि रहेछ। त्यसैले म तिमीसँग बोलेको। म न्युयोर्कबाट यता मुभ भएको हुँ। मेरो भूतपूर्व पति त्यहाँको असाध्य धनी व्यापारी छ। मभन्दा बढी उसलाई आफ्नो व्यापारको माया भएकाले मैले मेरो हकको आधा सम्पत्ति लिएर डिभोर्स गरें र बेग्लै स्टेटमा रमाएर एक्लै बसेकी छु।

म पचहत्तर वर्षकी मिलेनियर हुँ। फेसन सोहरूमा भाग लिने, बुटिक र पार्लरहरूमा जाने गर्छु। म ब्रान्डेड कम्पनीका सामान मात्र प्रयोग गर्छु। लञ्च, डिनर पनि म बाहिर नाम चलेका रेस्टुरेन्टहरूमा खान्छु। मेरा दुई छोरा बेग्लै स्टेटतिर छन्। मदर्स डेको दिन फोन गर्छन् बस्। उनीहरू पनि खुसी, म पनि खुसी! तिमी अर्कैदेशका हौ? यहाँ के गर्दै छौ?"

- म तपाईंको विकसित देशमा ज्ञान हासिल गर्न आएको हुँ।

- शनिवार साँझ खाली छौ?

किन सोध्छे यो बुढीले भनेर विचार गर्दै मैले जवाफ दिएँ, "खाली छु।"

उनले आफ्नो ब्यागबाट टिकट झिकेर मेरो हातमा राखिदिइन् र भनिन्, "राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।"  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस