महिला दिवस
२४ फागुन २०८१
•
१ मिनेट पाठ
महिला दिवस
"छोराछोरी त बराबर नै हुन्छन्।"विमलाले आफ्नी छोरीको कपाल समासमाउँदै भनिन्।




"हो नि बहिना हामीले पनि छोराछोरी बिच कत्ति पनि फरक देख्दैनौं। तर मानिसहरू छोरा भनेपछि खुत्रुक्कै पारान हाल्छन्। छोरा त नभै नहुने सबैलाई।" जम्कलीले पनि समर्थन गर्दै भनी।

"कुरा नगरौँ दिदी तल्ला घरेले सात बहीना छोरी जन्माए छोराको चक्रमा, फेरि पनि छोरा नभएपछि अर्की ल्याए त्योबाट पनि छोरी नै भइ भन्छन्।"-विमलाले नाक मुख बिगार्दै भनी।

"यही त हो नि पुरूष प्रधान समाज भनेको उनीहरूले जे गरे पनि सही भयो तर महिला भने सधैँ पीडित नै छन्। के छोरा जन्माउने र नजन्माउने महिलाको हातमा हुन्छ? धेरैको यस्तै छ। हाम्रै जेठाजुको तीन विवाह भैसक्यो तर छोरा अहिले पनि थाहा छैन, हुन्छ कि हुँदैन।"जम्कलीले पनि निदार खुम्चाउँदै दुखेसो पोखी।

"केसरी जाउ त छोरी भित्र किचनमा खानपिनको व्यवस्था गर। अहिले तिम्रो दाइ थाकेर आउँछ।"-विमलाले आफ्नो छोरीलाई अह्राइन्।

जम्कलीले सोधी, "काँ गयो र लाले?"

विमलाले भनी,"खेल्न जान्छु भन्थ्यो कता गयो कुन्नि कहिल्यै सही भन्ने भापो!"

"हेर्नु न् ठुली आमा, छोराछोरी बराबरी अरे! दादा सधैं खेल्न जान्छ। मैले किचनमा भान्छा पकाउनुपर्छ। अनि सम्पत्ति पनि दादाकै नाममा होला? आफूले त सधैँ भाँडा माझ्नपर्छ होला।"केसरी आफ्नो आमातिर हेर्दै प्याच भनी र भित्रतिर गई।
अर्को समाचार
कारागारमा ‘महिला दिवस’
२४ फागुन २०७९
•
१ मिनेट पाठ
कारागारमा ‘महिला दिवस’
इनर ह्वील क्लब अफ सुर्खेतले कारागारमा रहेका महिला कैदी बन्दीहरूसँग ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। महिला कैदी बन्दीहरूका लागि क्लबले ‘उत्प्रेरणात्मक कार्यक्रम’ को आयोजना गरेको हो।




कार्यक्रममा ‘शून्यको मूल्य’ पुस्तकका लेखक डा. नवराज केसीले कारागारमा रहेका ४३ जना महिला कैदी बन्दीहरूलाई प्रशिक्षण दिएका थिए। क्लबका अध्यक्ष लक्ष्मी कार्की प्रधानले कारागारका कैदी बन्दी महिलाहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन्। कारागारका कैदी बन्दी महिलाहरूलाई कारागारबाट बाहिर आइसकेपछि पनि सहज रूपमा जीवनयापन गर्नका लागि सघाउ पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ।

कार्यक्रममा प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दिपा हमालले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको बताइन्। उनले कैदी बन्दी महिलाहरूका लागि निर्देशनालयमार्फत सिपमूलक तालिम सञ्चालन गर्ने बताइन्।

प्रशिक्षक डा. केसीले महिलाहरू प्राकृतिक रूपमै शक्तिशाली रहेको बताए। जन्मजात महिलाहरू शक्तिशाली भए पनि हाम्रो सामाजिक संरचनाले कमजोर बनाएको उनको भनाई छ।

‘प्रकृतिले पुरुष भन्दा महिलालाई कयौँ गुणा शक्तिशाली बनाएको वैज्ञानिक तथ्य छ, तपाईँहरू आफैमा शक्ति हो,’ उनले भने, ‘समाजले तिरस्कार गर्न खोज्छ, लाल छाना लगाउँछ, एक्लै लड्ने साहस तपाईँहरूले जुटाउनुपर्छ।’
जिल्ला कारागार सुर्खेतका जेलर लक्ष्मी खरेलका अनुसार कारागारमा ४४ जना महिला कैदी बन्दी छन्। उनीहरूसँग पाँच जना बालबालिका पनि कारागारमै आश्रित छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस