घान्द्रुकको बदलिँदो स्वरूप
१८ फागुन २०८१
•
६ मिनेट पाठ
घान्द्रुकको बदलिँदो स्वरूप
हामीले टेकेको घान्द्रुक, मैले देखेको घान्द्रुक। यस शब्दमा लुकेको छ यात्रा, अनुभूति र एक सुन्दर गाउँको जीवनशैली। विगत र वर्तमानका दृश्यमय परिवर्तनले जन्माएका भावनाहरू।




अन्नपूर्ण र माछापुच्छे«लाई शिरमा राखेर बसेको घान्द्रुकको मौलिकता यहाँको गुरुङ गाउँ, गुरुङ संस्कृति र सुन्दर प्रकृति हो। जनप्रतिनिधि र कर्मचारीसहितको अध्ययन–अवलोकन भ्रमणको हाम्रो समूह घान्द्रुक पुग्दा नयाँ ठाउँको प्रवेशले रमाउनु स्वाभाविक थियो।

यात्रा भन्नु नौलो स्थानतिर प्रवेश हुनु र मनमा केही नयाँ दृश्यका आकृतिहरूले परिवर्तनको आभास गराउनु हो। तर यात्रा भन्नु यति मात्र होइन, यो आफैँमा एउटा रमाइलो आन्तरिक यात्रा पनि हो। यात्रा गर्दा हामी नयाँ ठाउँको अन्वेषण गर्दैनौं, बरु नयाँ ठाउँको प्रकृति, परिवेश र स्थानीय जीवनको बुझाइ पनि प्राप्त गर्छौं।

घान्द्रुक, यसको सौन्दर्य, संस्कृति र जीवनका सरलता र कठिनाइहरू स्थानीय गुरुङ समाजसँग घनिष्ट रूपमा जोडिएका छन्। यसले मूलतः गुरुङ सभ्यताको सुकिलो कालखण्डलाई जोड्छ।

पुनः म घान्द्रुकको बाटोमा हिँड्न थाल्छु, त्यहाँका पहाड, त्यहाँका डाँडाहरू, त्यहाँका साना घरहरूले मनलाई आफ्नो लयमा बाँधेर राख्छ। मैले जितेका अनुभव र आँखाभरिका दृश्यहरू अनेकौं छन्। तर यो घान्द्रुक के हो? यसलाई चिन्ने र बुझ्ने एउटै माध्यम भनेको यहाँको आफ्नो सांस्कृतिक पहिचान र यात्रीले त्यसलाई महसुस गर्न सक्नुको यात्रा पनि हो।  

घान्द्रुकका प्रत्येक बाटो, दैलो र द्वारमा पाहुनाहरूको स्वागतमा फूलमालासहितको जुम्ल्या हात जोडिएर बसेका हुनु यहाँको परम्परा हो। यहाँ आफ्नो प्रत्येक बिसौनीमा प्राचीनता र आधुनिकता बीचको सन्तुलन खोज्छ। तर आज बाह्य पाहुनाहरूलाई जस्तै आन्तरिक पर्यटकहरूलाई पनि केही होटल व्यवसायीहरूले राम्रो व्यवहार गर्दैनन्। पैसाकै पछि मात्र लाग्नु उचित होइन। सुलभ सुविधा र उपलब्ध भएसम्म हार्दिकपनको आतिथ्य प्रदान गर्न सक्नु ठूलो कुरा हो।

मैले निकै वर्षअघि टेकेको घान्द्रुक र आज देखेको घान्द्रुकमा धेरै फरक आइसकेको छ। के यो स्थान मसँग अझै त्यस्तै मायालु मित्रताले जोडिएको छ? मलाई विश्वास लागेन पहिलेको मौलिकतालाई घान्द्रुकले अब बिस्तारै बिर्सिदै गइरहेको छ।

परम्परागत घरआँगनमा आधुनिक शैलीका भवन चुलिएका थिए। बाटोघाटोमा फोहोर राख्ने डोकाहरू थिएनन्। सरसफाइको चिनारी पनि मैलिँदै गएको देखियो। ढुंगाका सिँढी जीर्ण थिए। उकाली र ओराली गर्ने पाहुनाहरूको ओहोरदोहोरको दोहोरीलत पनि खासै देखिएन।

तुँवालो र कुइरोले पहाड र हिमाललाई लुकाएर राखेको थियो। हुन सक्छ प्रकृति दोहोनले पनि मौसम प्रतिकूल हुँदै गइरहेको हो। डढेलो, जथाभावी रुखविरुवा कटान र बाटो निर्माणमा पहिरो प्रकोपले क्रमशः वातावरण प्रदूषण त भइरहेको छ नै यसले गर्दा देखिनुपर्ने दृश्यसमेत देख्न सकिँदैन।

अहिले जताततै प्रकृतिको सौन्दर्यमय स्वरूपमा यही समस्या छ। कति आशा, कति चाहना र कति ठूलो इच्छा बोकेर प्रकृति–रमणको भोकले व्याकुल बनेर पुग्ने यात्रीहरू अनायासै धूमिल प्रकृतिको मधौरो अवस्था देख्दा हैरान भएर फर्किन बाध्य हुन्छन्।

छोटो पदयात्राको रमाइलोमा उकालोको पाइला निकै कठिन थियो। घान्द्रुक पुग्दा प्रविधि र सुविधाले फेरिएको घान्द्रुक स्थानीय मौलिकतामा आँच आइसकेको रहेछ। स्थानीय गुरुङ र गुरुङसेनीहरू परम्परागत पोशाकमा कतै देखिएनन्। तर घान्द्रुक आउनेहरू गुरुङ पोशाक लगाएर तस्बिर खिचिरहेको दृश्य देखियो। केही घरको अन्तरमा ‘यहाँ गुरुङ पोशाक लगाएर तस्बिर खिच्न पाइन्छ’ भन्ने सूचना टाँसेर परम्परागत स्वरूपलाई व्यवसायकरण गरिएको जस्तो लाग्यो। यो घान्द्रुकको बदलिँदो स्वरूप हुन सक्छ।

घान्द्रुकको यात्रा मेरो हृदयको गहिरो कुनामा बसिरहन्छ। पहिलेको घान्द्रुक र अहिलेको घान्द्रुकबीचको भिन्नता, उसले मलाई केही नयाँ र केही पुरानो कुरा सम्झायो। जब म पहिलोपटक यहाँ आएँथें, यो गाउँले मौलिकता र प्राकृतिक सरलतासँगै प्रगतिको पवित्र धारा समेटेर बाँचिरहेको थियो। त्यस समयमा हरेक घरको छाना, हरेक बाटोका ढुंगा र हरेक व्यक्ति आफ्नो सांस्कृतिक पहिचानको प्रतीक थिए। ती सिँढीहरू, जुन ढुंगाले सजिएका थिए, हरेक पाइलामा एक इतिहासको सुमधुर धूमिल सुगन्ध फैलिरहेको हुन्थ्यो।

आज हामी २५ जनाको टोली यो गाउँ पुग्यौं। मैले यो गाउँ फेरि हिँड्न पुगेँ। केही नयाँ तर परिवर्तनले पारेको प्रभावमा घेरिएको घान्द्रुक देखेँ। घान्द्रुक अब परम्परा र प्रविधिको मिश्रणमा परिचयविहीन हुँदै गइरहेको जस्तो देखियो। गाउँका प्रमुख बाटोमा आधुनिक शैलीका भवनहरू चुलिएका छन्, जुन सबैका आँखामा पर्छन्। यो भव्यता हर्षोल्लास ल्याउन सक्छ, तर मेरो हृदयमा केही गहिरो दुःख पनि पु¥याउँछ। कहाँ गयो त्यो पुरानो घान्द्रुकको यथार्थ? ती परम्परागत घरआँगनहरू अहिले हेर्दा कतै हराएजस्तो लाग्छ।

यस गाउँको सौन्दर्य र रङ्गीनपन केही परिष्कृत र सुधारिएको देखिन्छ। यो परिष्करणले भने आफ्नो मौलिकतामा आँच पु¥याएको छ। म चुपचाप ती नयाँ निर्माण गरिएका घरहरूको नजिक पुगेँ, जहाँ पहिले हरियाली र प्राकृतिक संरचनाहरू थिए । अब ती सबै संरचना आधुनिकतासँगै हराउँदै छन् । घान्द्रुक बाहिर देखिनेजस्तो मात्र सुन्दर छ, या यसको साँच्चिकै आत्मा परम्परागत वास्तुकलामा समाहित छ? यो प्रश्न मसँग अझै जीवित छ।

बाटोका ठाउँठाउँमा फोहोर राख्ने डोकाहरू देखिएनन् । सफा र स्वच्छ वातावरणको चिनारी अब गुम्दै गएको देखियो। वातावरणमा सुधार र सफा गर्न चासो थिएन, तर यसको स्थानमा कृत्रिम र सस्तो समाधानलाई प्राथमिकता दिइएको भेटियो। ढुंगाका सिँढीहरू भीरमा अडिन चाहँदा अब कमजोर देखिन्थे। ती सिँढीहरू, जुन पहिले घेराबारी गर्दै, कमजोर पाइलालाई सहारा दिँदै उकालो चढ्न र ओरालो झर्न सहायक बनिदिन्थे। अब आफ्नो स्वाभाविक गरिमा गुमाउँदै गइरहेका थिए। यो परम्परागत वास्तुकलाले विचलित प्रगतिको लयसँग सम्झौता गर्न लागेको थियो। यसले आफ्नो मौलिकतालाई भने बिर्सिदै गइरहेको थियो।

सबैभन्दा अचम्मको कुरा, स्थानीय गुरुङ र गुरुङसेनीहरूको परम्परागत पोशाकको अनुपस्थिति खड्किने थियो। बरु यात्रा गर्ने पर्यटकहरूले पो गुरुङ पोशाकमा तस्बिर खिचिरहेका थिए। स्थानीय व्यक्तिहरूको पोज र पोशाकले  परिवर्तनको संकेत गर्दै थिए। के यो घान्द्रुकको परम्परा अब पर्यटकहरूको आकर्षण बनिसकेको हो? के यो प्राचीन परिधिमा ‘गुरुङ पोशाक लगाएर तस्बिर खिच्न पाइन्छ’ भन्ने सूचना टाँस्नु व्यावसायीकरणको रूप हो?

यसरी घान्द्रुकले मलाई एउटा अनौठो र दुःखद अनुभूति दिलायो। प्रविधि र सुविधाले यो स्थानलाई धेरै हदसम्म बदलिदिएको छ। तर यसको स्थानीयता र मौलिकता भने कहीँ न कहीँ हराउँदै गएको आभास हुन्छ। समयको गति र आधुनिकताको प्रवाहले यसको आत्मामाथि आँच पु¥याएको छ। यो परिवर्तन अनिवार्य छ, तर के यो परिवर्तन साँच्चै घान्द्रुकको ऐतिहासिक र सांस्कृतिक विरासत अझ सशक्त बनाउँदैछ, कि यसले यसलाई व्यावसायिक र कृत्रिम रूपमा पुनः परिभाषित गरिरहेको छ, भन्ने प्रश्न अझै मसँग अनुत्तरित छ।

विकासको क्रममा परिवर्तन अनिवार्य छ, तर यो परिवर्तन स्थानको आत्मा र ऐतिहासिकता जोगाउँदै भइराखोस् भन्ने मेरो चाहना हो। घान्द्रुकजस्तो गाउँ, जसले आफैँमा एक ऐतिहासिक मूल्य राख्छ। यदि यो आफ्नो मौलिकताबाट विलीन हुन्छ भने, हामी यसका पछाडि गुरुङ सभ्यताका नलेखिएका हजारौं कथा गुमाउँछौं।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२१ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस