‘मैले उसलाई यति गरेँ उसले वास्ता गरेन।’ विनिता चिच्याइन्।
‘प्रेम कि आकर्षण छोरी?’ विनिताको आमाले सोध्नुभयो।
विदेशी प्रेम दिवसको संस्कृतिले युवालाई नराम्ररी लठ्याउँथ्यो। आखिर, प्रेमको भाषा सबैलाई मनपर्थ्यो। नेपालमा गुरु पुर्णिमा, बाको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिन जस्ता अद्भुत चाड मान्दै नआएको पनि होइन। फागु पूर्णिमा प्रेमिल जोडीका लागि प्रेम दिवस नै थियो। आपसमा जोश भरेर रंगीन बनाउँथ्यो।
विनिता सोच्थिन्, ‘मेरो लागि उ बाँच्नुपर्छ। जिउनुपर्छ।’
विनिता आकर्षणमा थिइन्। आकर्षण एक प्रकारको हिप्नोटाइज्ड प्रक्रिया थियो। प्रेमीलाई राजा बनाउँदा आफू रानी बनिन्थ्यो। उनले प्रक्रिया चटक्क भुलिन्। दास झैं व्यवहार गर्न थालेपछि उनको सम्बन्धमा दरार आयो। विनय विनिताको मित्रताको डोरी जाल चुँडी अलि परपर हुँदै गयो। जहाँ आत्मसम्मान हुँदैनथ्यो त्यहाँ विद्वान बस्दैनथे। विनिताको आमाले विगत सम्झेर झस्कनुभयो।
‘राधा कृष्णको प्रेम थाहा छ छोरी!’ प्रेम दिवसमा विनिताको आमाले छोरीलाई सम्झाउँदै सोध्नुभयो।
‘थाहा छ किन थाहा नहुनु! सात जुनीसम्म सहयात्रा।’ विनिताले फ्याट्ट फड्कारिन्।
‘श्रीकृष्ण र राधा अरूकै श्रीमान तथा श्रीमती भए पनि आपसमा श्रध्दा नै श्रध्दा थियो रे!’
- बालकृष्ण गजुरेल