मृत्युको समाचार
१९ पौष २०८१
•
४ मिनेट पाठ
मृत्युको समाचार
१) रेड लाइट




आज पनि सुटुक्क क्विन्सको रूजावेल्ट एभेन्यू पुगेको छ डेभिड। डेबिडलाई देखेपछि मार्थाले भनी, “थाहा छैन तिमीलाई डेभिड, मैले ग्राहक सेवा एक हप्तादेखि बन्द गरेकी छु। निमोनिया भएको छ, मलाई। एक  हप्ता पनि कुर्न सक्तैनौ? तिमी लोग्ने मान्छेहरूको मनमा त्यही कुरा  मात्र हुन्छ। माया, दया, प्रेम ममता पटक्कै हुँदैन, हो?”

ऊ उभिइरह्यो। केही बोलेन।

मार्था नै भन्दै गई, “पैसा पनि दिने होइन, जहिले पनि उधारोमा काम चलाउँछौ। लाज लाग्दैन?”  डेभिड ढुङ्गा जस्तो भएर उभिइरह्यो। उसको मुखमा शब्दको खडेरी परेको जस्तो देखियो।  

मार्था नै बोली, “मेरो एक वर्षदेखिको रकम जोड्ने हो भने तिमीसँग लिनुपर्ने बाँकी दुई हजार डलर हुन्छ। लाज र सरम छैन? कहिले दिन्छौ डेभिड?”

डेभिडको शरीरमा अब अलिकता गति आएको छ। उसले बल्ल वाक्य फुटाएको छ, “मार्था मलाई थाहा छ, म सधैंझैं  रेडलाइट एरियामा छु  तर तिमी कहाँ आज त्यो कामले आएको होइन। आज तिम्रो स्वास्थ्य अवस्थाबारे सोध्न र तिम्रो स्वास्थ्य लाभको कामना गर्न आएको हुँ। कस्तो छ तिमीलाई?”

डेभिड गएको एक घण्टा भइसकेको छ। मार्थाको हातमा डेभिडले दिएको बुके छ। बुकेभित्र तीन हजार डलर छ। मार्था कहिले डलर त कहिले बुके हेरिरहेकी छे।

२) मनी माइन्डेड

“दाइ, मलाई मनी माइन्डेड भन्नु भए पनि हुन्छ। मेरो जीवनको उद्देश्य नै पैसा कमाउनु हो। म क्यानाडाबाट धेरै पैसा कमाउन भनेर नै अमेरिका आएको हुँ। यदि अलिकति परिश्रम गर्न जानेको छ भने यो पुँजीवादी देशमा पैसा कमाउन सजिलो छ। सामाजवादी हुन खोज्ने देश क्यानाडामा त्यस्तो सहज छैन।”

म गम्भीर भएर अमनको कुरा सुन्दै छु।

ऊ भन्दै छ, “पैसाबिनाको यो जीवन निर्रथक हो। यो संसारमा, आमाबाबु, दिदीबहिनी, दाजुभाइ, काकाकाकी सबै पैसा हुन्। पैसाले ठुलाठुला भवनहरू मात्र होइन, अटुट र प्रगाढ प्रेम सम्बन्ध पनि बनाउन सकिन्छ। पैसाले साँचोलाई झुठो र झुठोलाई साँचो बनाउन पनि सक्छ।”

म केही बोलेको थिइनँ, मेरो अनुहामा हेर्दै उसले भन्यो, “दाइले पैसाको महत्त्व नै बुझ्नुभएको छैन। माया, प्रेम, दया यी सबैको केही अर्थ छैन पैसा नभएमा। यो भएर नै मैले ओक्लहोमा सिटीमा तीन ओटा गैस स्टेसन, दुई ओटा मोटेल र एउटा भेप स्टोर चलाएको छु।”

“तपाई जस्तै तपाईकी वाइफ पनि व्यापारी नै हुन्?” मैले अनायास सोधेँ।

मेरो यस प्रश्नले अमनलाई गम्भीर पारिदियो तर पनि उसले सहज तरिकाले भन्यो, “दाइ, मेरो वाइफसँग डिभोर्स भएको पाँच वर्ष भयो । मेरा दुई सन्तान पनि उनीसँगै छन्।”

अमनको यो कुरा सकिन नपाउँदै तीनओटा कुकुर एकैपटक बैठक कोठामा  पसे।

कुकुरलाई मुसार्दै अमनले भन्यो, “जीवनमा परिवार पनि चाहिने रहेछ दाइ। यी कुकुरहरूले मलाई अति माया गर्छन्। लाग्छ यिनीहरूको मायाले गर्दा नै म बाँचेको छु। मेरा वाइफ,छोराछोरी, परिवार यी सबै यिनै कुकुरहरू हुन् दाइ।”

३) मृत्युको समाचार

समाचार आइरहेको छ।

‘मत्युदण्ड सम्बन्धी सबै तयारी पूरा भइसकेको छ। दण्ड पाउने युवकलाई  पहिले मास्क लगाइने छ। सुरुमा मास्कबाट अक्सिन पठाइने छ तर पछि  क्रमिक रूपमा अक्सिजन कम गर्दै नाइट्रोजन दिइने छ र नाइट्रोजनको मात्रा वृद्धि गरी अक्सिजन बन्द गरिने छ। बढी नाइट्रोजन छातीमा पसेपछि कैदीको मृत्यु हुने छ। दोषीलाई बढी कष्ट नदिइकनै प्राणदण्ड दिने कार्य सम्पन्न भएको छ।’

म रेडियोमा समाचार सुनिरहेको छु।

‘देशको न्याय प्रणाली न्यायिक भएकाले पीडित परिवारले न्याय पाएको छ।’

अर्को दिन फेरि रेडियो सुन्दै छु।

‘पचासौं जना, डाक्टर, नर्स र सहयोगी प्राविधिक कमर्चारीहरू आज  बिहानदेखि नै सवारी दुर्घटनामा परेका एक युवकलाई जोगाउन २४  घण्टादेखि अपरेसन थिएटरमा निरन्तर र अथक कार्य गरिरहेका छन्।’

आज पनि रेडियोमा सुन्दै छु।

‘एक जटिल शल्यक्रियापछि ती युवक जोगिएका छन् र अहिले खतरामुक्त  छन्।’  

मैले रेडियो बन्द गरिदिएँ। समाचार सुन्न मन लागेन।

समाचार सुन्न कसरी मन लाग्छ? आखिर मान्छेको मृत्यु भनेको एउटा विपर्यास समाचार त रहेछ।

४) अङ्ग्रेजी भाषा

नवीनको बैठक कोठामा म के पसेको थिएँ, मलाई देखेर उनको खुसीको सागर उर्लिएको छ। आफ्नी पत्नीतिर हेर्दै भन्छन्, “म्याडम, लुक, हु इज हिअर?”

म नवीनकहाँ एक हप्ता बस्ने गरी टोरन्टोबाट आएको छु।

“नवीन, अमेरिकाको बसाइ कस्तो छ?” 

“अमेरिकाको बसाइ राम्रो छ भनौ भने म यहाँ सन्तुष्ट छैन। नेपाल फर्किने कल्पना पनि गर्न सक्तिनँ।”

के भनेका होलान् नवीनले म बुझ्न सकिरहेको छैन्। नेपालमा छँदा नवीन आफ्नी पत्नीलाई निला भन्थे। म पनि निला भाउजू भन्थेँ। अहिले अलमलमा  परेको छु। नवीनकी पत्नीतिर हेर्दै प्रश्न गर्छु, “भाउजू, हजुरलाई अमेरिकाको बसाइ कस्तो लागेको छ?”

“अमेजिङ! रादर रिग्रेटिङ, ह्वाइ वि कम लेट हिअर।”

नवीन मेरो आगमनको खुसीले गर्दा कहिले किचेनमा पुग्दै छन्। कुनै बेला फ्रिज खोल्दै छन्। कुनै बेला बैठक कक्षमा उपस्थित हुँदै छन्।

“म्याडम, आज केदारका लागि बैकयार्डमा बारबीक्यु गरौँ है?”

“ओके डियर, ह्वाइ नट!”

निला भाउजू किचेनतिर गएको मौका छोपी नवीनको काननजिक पुगेर उनलाई भने, “नेपालमा हुँदा त तिमी भाषा आन्दोलनमा जिउज्यान दिएर लागेका थियौ। घरमा परिवारका सदस्यसँग आफ्नै मातृभाषा बोल्ने गथ्र्यौ तर यहाँ?”

“के गर्ने साथी! हाम्रा छोराछोरीहरु नेपाली बोल्न जान्दैन। उनीहरू हामीसँग अङग्रेजीमा कुरा गर्छन्। उनीहरुसँग अङग्रेजी बोल्दाबोल्दै अर्कासँग अङग्रेजी बोल्ने हाम्रो पनि बानी परिसक्यो। अनि, त्योभन्दा पनि महत्त्वपूर्ण कुरा–अमेरिकामा राम्रो पैसा दिने काम पाउन अङग्रेजी जान्नै पर्ने रहेछ।” नवीनले भने।

त्यसपछि हामी बारबीक्युको तयारीतिर लाग्यौँ।  
अर्को समाचार
ताराबिनाको आकाश
०७ भदौ २०७७
•
२ मिनेट पाठ
ताराबिनाको आकाश

  अनु विज्ञाति 

" मेरो बाबा खै मामु ?" उस्ले आकाशको ठुलो तारा देखाइ । भोलिपल्ट हजुरबुबा, आमा, काका र फुपू सोधी । छोरीलाई आँगनमा लगी र ताराहरु देखाइ दिई । पर्सिपल्ट मावलीपट्टीका आफन्त सोधी । उस्ले उसै गरी । उस्ले सबै आफन्तहरुको वस्ती आकाशमा सारिदिइ । छोरी आकाश तिर फर्केर आफन्तहरु हेर्न थाली । र भनी- "मामु हामी पनि तारा बनेर आकाशमा जाउँन हैं । यहाँ हुँदा त कसैले मसँग कुरै गर्नुहुन्न ।" उ दोधारमा परी । उ ती ताराहरु आफ्ना झुटा आफन्त हुन् भन्न सक्दिनथी ! झुटो बोल्न कहाँ रहर थियो र उसलाई ? तर त्यो समाज उस्को सत्यतामा सहज बाँच्न दिन्छ र ? संघर्षमा नथाक्ने कसम खाएकी उस्ले छोरीलाई आफु र आफ्नो आमा जस्तो बन्न नदिने प्रण गरी र भनी- "नानी एक दिन म तिम्रो लागि थोरै धर्ती, सानो आकाश र बोल्ने ताराहरु जोड्ने छु ।"




जब गाउँमा उस्को पतिबारे खासखुस कुरा भयो उस्ले नचिनेको पति विदेशमै विलिन भएको समाचार सुनाइ दिई । यसअघि नै पत्तै नभएका सबै आफन्तहरु गुमाएको जानकारी गराएकी उसलाई पतिको मृत्युको समाचार फैलिए पछि शान्त्वना भन्दा बढी पापी, अधर्मी, अलच्छिनी र अभागीको दर्जा मिल्यो । सोची वा कतै समाजको यस्तै दर्जा पाउने डरले उस्की आमाले उसलाई फ्याँकेकी थिइनन् कि ?

कालो रात, कालो जीन्दगी र कालै भविष्य देखेको उस्को मस्तिष्कमा एकाएक विजुली चम्किए झैं उज्यालो धर्सा झुल्किएपछि उज्यालो किरणको खोजीमा शहरको सडक छोडेर त्यो वस्तीमा पाइला टेकेकी उ त्यहाँ पनि सहजरुपमा सास फेर्न त कहाँ सकि र ?  निर्दयी छाँयाबारे केही थाहा नपाएकी उस्ले महिना दिनपछि थाहा पाएकी थिइ उस्को निशानी पेटमा हुर्किएको । उ टोलाई- 'म को हुँ ? मेरा बुबाआमा को ? पति को ? परिवार को ?' पत्तै पाइन उस्ले । झन् त्यो कालो रात, सडकको कुनामा सुतिरहेको क्षण, फलाम जस्ता हातले मुखटाली शरीरमाथि निर्ममतापूर्वक शासन चलाएर हुर्रिएको त्यो कालो छाँया सम्झिदा मुटु काप्यो उस्को!आफैंलाई नचिन्ने यस्तो नि जीन्दगी? त्यही बेला नेपथ्यबाट आवाज आयो तँ सलनाल सहित फ्याँकिएकि सडक बालिका होस।त्यतिपछी आफू जानेकि उ चिच्याँइ। हो यी झुट्टा आफन्त देखाएर यहाँ बस्नु भन्दा म छोरीलाई ताराबिनाको आकाशमा लानेछु। उस्को चित्कारले तर्सिएकी छोरी अवाक भएर आमाको मुख हेरिरही
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस