देवीहरूले नाघ्न बाँकी एउटा पहाड
१५ मंसिर २०८१
•
४ मिनेट पाठ
देवीहरूले नाघ्न बाँकी एउटा पहाड
गत साता यलमाया केन्द्र पाटनढोकाको खुला आँगनमा राखिएको एउटा ठुलो पर्दामा केही दृश्य चलिरहेका थिए। ती दृश्यमा देखिएकी एकजना पात्रलाई मैले २०५७ फागुन तेस्रो सातातिर भेटेको थिएँ।




एउटी भर्खरकी किशोरीको सक्रियता देखेर म आश्चर्यमा परेको थिएँ। अस्मिता नामकी ती केटी अरू कोही नभएर देवी खड्का थिइन्।

उनी एउटा गम्भीर पीडा मनमा लिएर यथार्थमै शोकलाई शक्तिमा बदल्न उद्यत थिइन्। सुरक्षा निकायको कब्जामा परेर गुमाएको अस्मिताको बदलामा उनी अस्मिता नै भएर सक्रिय थिइन्। त्यो बेला मैले तिनको सक्रियताबाट प्रेरित हुँदै लेखेको थिएँ– ‘बन्दुक बोक्ने सुन्दरी अर्थात् अस्मिता र अस्मिताहरू।’

अरू धेरै अस्मिताहरू गुमनाम थिए। छन त ती कोही द्वन्द्व क्षेत्रमै सक्रिय थिए, कोही माओवादीका प्लाटुनभित्र र कोही थिए राज्यका कालकोठरीभित्र। तर, तिनले आफ्नो अस्मिता गुमाउनुपरेको अवस्थालाई व्यक्त गर्न सकेका थिएनन्।

२०५२ फागुन १ देखि मुलुकमा सुरु भएको ‘दीर्घकालीन जनयुद्ध’ को पटाक्षेप २०६३ मंसिर ५ मा बृहत् शान्ति सम्झौतापछि भयो। द्वन्द्वमा सरिक लडाकुहरूको व्यवस्थापन भयो। अन्य पीडितहरूका निम्ति केही न केही व्यवस्थापन हुँदै आयो। शान्तिकालमा पनि मौन चित्कार गरिरहेकाहरूको पीडा उस्तै थियो।

देवीले आफैंभित्र मर्दै र बाँच्दै आफूलाई अगाडि लगिरहेकी थिइन्। उनका दाजु रितबहादुर खड्का द्वन्द्वकालमै मारिए। परिवारका निम्ति त्यो छोरो नमारिएर छोरी मारिएको भए हुन्थ्यो भनेजस्तो अवस्था थियो।

देवीमाथि अन्याय गर्नेले नै उनलाई चुप लगाइसकेका थिए। तर, परिस्थितिले उनलाई चुप लाग्न दिएन। उनीजस्तै आवाज नभएकाहरूलाई आवाज दिनुपर्ने जिम्मेवारीले उनलाई झन् बढी आह्वान गर्न थाल्यो। सांसददेखि मन्त्रीसम्म भइसकेकी देवी ती पीडित अन्य देवीहरूकी अगुवा बन्न बाध्य भइन्।

यिनै देवीको पत्रकार सुविना श्रेष्ठसँग भेट हुन्छ। मुलुकका सञ्चार माध्यममा पहिल्यै काम गरिसकेकी सुविना अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिरालगायतमा सक्रिय भएपछि अन्तर्राष्ट्रिय रूपमा समेत चम्किन थालिन्। तर, देवीहरूको पीडामा उनको समभावले चुप लाग्न दिएन। उनीहरूको संघर्षलाई पहिल्याउँदै जाँदा बन्न पुगेको छ वृत्तचित्र ‘देवी’।

द्वन्द्वका बेला अंगभंग भएका, मारिएका र अन्य पीडा भोगेकाले कुनै न कुनै किसिमको सम्बोधन पाएका छन्। तर, सबैभन्दा ठुलो क्षति भोगेका र भित्रभित्रै खण्डहर भएका अस्मिताहरूले भने आफूलाई प्रस्तुत गर्न सकेका छैनन्। देवीमार्फत् तिनको त्यही पीडादायी अवस्था र फेरि संगठित हुनुपर्ने बाध्यताको कथा उजागर भएको छ।

देवीको त्यही संघर्षलाई मनन गर्दै गत वैशाख ११ गते हामीले नेपाल रिपब्लिक मिडियाको वार्षिकोत्सवका बेला ‘नागरिक नायक’ का रूपमा सम्मान गरेका थियौं। तिनका त्यतिबेलाका अभिव्यक्तिले पाटन संग्रहालयमा आयोजित समारोहका सहभागीलाई उद्वेलित तुल्याएको थियो।

द्वन्द्वकालमा विभिन्न रूपमा अस्मिता गुमाएका र अहिले गम्भीर मानसिक र शारीरिक समस्या भोगिरहेका ती महिलाको सम्मेलन गर्ने, तिनलाई संगठित गर्ने, तिनको उपचारको व्यवस्था गर्ने र अन्य आवश्यक सबै रणनीतिका निम्ति देवीले काम गरिरहनुपरेको छ। उनीहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई साथैमा राखेर यी पीडा सुनाएका पनि थिए। दाहाल स्वयम्ले ‘जनयुद्ध’को नेतृत्व गरेका भए पनि त्यो तहको अन्याय भोगेका महिलाहरूको पीडा सम्बोधन हुन नसकेको विषय बल्ल थाहा पाएको बताएका थिए।

यस्तो पीडामा रहेका महिलाका मुद्दा सत्य निरूपणमा समेत दर्ता भएका छन्। कैयन्का मुद्दा अझै सतहमा आउन सकेका छैनन्। अझै जित्न नसकिएको यो युद्धको तस्बिर बोकेको वृत्तचित्रले ‘फिल्म साउथ एसिया’को मञ्च पाएको थियो। त्यहाँ मञ्च मात्रै पाएन, एउटा अव्यक्त पाटो उजागर हुँदा धेरैले आश्चर्य प्रकट गरेका छन्।

अहिले सरकारले सत्य निरूपण र मेलमिलापको विषयलाई टुंग्याएर शान्ति प्रक्रियालाई बिसाउन चाहेको छ। तर, महिलाहरूले द्वन्द्वकालमा गुमाएको अस्मिताको हिसाब नगरी यथार्थ शान्ति अझै आउने छैन। त्यसका निम्ति यो वृत्तचित्र पाटनढोकाजस्तै देशका विभिन्न ठाउँमा देखाइनु र त्यो बेलाको पीडालाई अनुभूत गर्नु आवश्यक छ।

वृत्तचित्रमा उनका संघर्षका विषय छन् नै। यथार्थमा भने कानुनमा परिवर्तन र ती महिलालाई सम्बोधन गर्ने पक्षलाई राज्यले स्वीकार गरेको छ। यसकारण पनि देवी ती पीडित महिलाका निम्ति यथार्थमै देवी बनेकी छन्।
अर्को समाचार
गोपनीयतासहित परिपूरण खोज्दै यौन हिंसा पीडित
२० चैत्र २०८१
•
७ मिनेट पाठ
गोपनीयतासहित परिपूरण खोज्दै यौन हिंसा पीडित
सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक अवस्था निकै बिग्रेको छ। छोरालाई जन्म दिएकी  ५२ वर्षीया एक महिलाको स्वास्थ्य अवस्था पनि खासै राम्रो छैन। एकातिर छोराको चिन्ता, अर्कोतिर आफ्नो स्वास्थ्य अवस्थाले उनलाई पिरोल्छ।




गत बिहीबार काठमाडौंमा भएको यौन हिंसापीडित महिलाको सम्मेलनमा आएकी उनले बस्ने बाससमेत नभएको दुखेसो पोखिन्। उनले पाठेघर खस्ने समस्याले भारी काम गर्न नसक्ने पनि सुनाइन्।

२०६० सालमा संकटकाल लागेका बेला उनका पतिलाई माओवादी समर्थक भएको आरोपमा आँखामा पट्टि बाँधेर प्रहरीले अपहरण गरेको थियो। उनका पतिलाई तीनजना प्रहरीले गाडीमा हालेर लगेका थिए। उनी पतिलाई छोडिदिन आग्रह गर्दै पछिपछि लागिन्। दुई हात जोडेर ‘मेरो बुढालाई छोडदिनु म जे भने पनि मान्छु’ भन्दै शरण परिन्। पतिलाई छाडिदिने सर्तमा उनको शरीर मागियो। नदीकिनारको उखुबारीमा रातभरि उनलाई बलात्कार गरियो। ती महिलालाई एकदिन, एक रातभरि उखुबारीमा राखिएको थियो।

प्रहरीले घर जान भनेपछि उनी क्षतविक्षत शरीर लिएर फर्किइन्। तत्काल लाज, डरका कारण त्यो कुरा उनले कसैलाई भनिनन्। तीन दिनपछि उनका पति मानसिक रूपमा विक्षिप्तसहित खुट्टा भाँचिएको अवस्थामा घर फर्के। गर्भवती भएकी उनले सासूससुरालाई सत्य बताइन्। पतिलाई छुटाउने सर्तमा प्रहरीले बलात्कार गरेपछि गर्भवती भएको उनले खुलाइन्। सासूससुराले गर्भवतीमै घरबाट निकालिदिएपछि उनी बेवारिसे बनिन्। उनका अनुसार माइतीपट्टि कोही पनि थिएनन्।

खान, बस्न राम्रोसँग नपाएकी उनले अलपत्रै अवस्थामा २०६१ सालमा छोरो जन्माइन्। उनका पति चल्न नसक्ने भैसकेका थिए तर उनीसँग थिएनन्। खुट्टाको अप्रेसन गरेर पनि तीन वर्षपछि उनी बितेका थिए। छोडेर काम गर्न जाँदा सानैमा छोराको टाउकोमा चोट लागेको थियो। हाल छोराको मानसिक अवस्था राम्रो छैन। उनलाई परिपूरण चाहिएको एक महिलाले बताइन्। सशस्त्र द्वन्द्वमा बलात्कारबाट जन्मेका छोराछोरीका लागि शिक्षा, स्वास्थ्य, नागरिकतालगायत समस्या रहेको पीडित बताउँछन्।

बलात्कृत र यौनहिंसा पीडित मानसिक र शारीरिक दुवै समस्यामा छन्। द्वन्द्वकालका यौनहिंसापीडित विस्तारै खुल्न थालेका छन्। तर उनीहरू आफ्नो परिचय भंग हुने हो कि भन्ने डरमा छन्। देशैभरि यौनहिंसा र बलात्कृत कति छन् भन्ने यकिन तथ्यांक राज्यसँग छैन। सत्यनिरूपण तथा मेलमिलाप आयोगमा बलात्कारसम्बन्धी तीन सय १४ वटा उजुरी दर्ता छन्।

एक पीडित महिलाले स्थानीय पालिका अर्थात् जुनसुकै ठाउँबाट उजुरी दिन चाहे पनि गोपनीयता भंग हुन नदिने व्यवस्था राज्यले गर्नुपर्ने बताइन्। द्वन्द्वपीडित सुमित्राले यौनजन्य हिंसापीडित महिलाले राज्यबाट सहयोगको आसा गरेको बताइन्। पीडितमध्ये धेरैजसो महिलाले पाठेघरको समस्या भोगिरहेको उनले बताइन्।

‘वर्षौंसम्म लर्खराउँदै यहाँसम्म आएका छन्,’ सुमित्राले भनिन्, ‘अब न्यायका लागि उजुरी गर्दा गोपनीयता होस् भन्ने उनीहरूले चाहेका छन्।’ उनले कानुनमा तोकिएको तीनमहिना उजुरी हदम्याद कम भएको बताइन्।

द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी उपाध्यक्ष गीता रसाइली यौनहिंसापीडित महिलालाई न्याय, परिपूरणको सुनिश्चिताका लागि मुद्दा उठाउनै गाह्रो भएको बताउँछिन्। ‘यौनजन्य हिंसापीडित महिलालाई मुख्य सम्झाएर सम्मेलनमा ल्याउनै निकै गाह्रो भयो। हिंसापीडित महिला आफैंले नेतृत्व गर्नु कठिन कुरा हो’, उनले सम्मेलनमा भनेकी थिइन्, ‘कुरा बुझाउन निकै गाह्रो थियो। घटना घर र समाजले बाहिर ल्याउन दिएन होला। कति हामीले रोक्यौं होला।’

पहिलो पटक सरकारले अन्तरिम राहत बाँड्दा द्वन्द्वबाट प्रभावित महिला नभएको अनुमान गरेको उनी बताउँछिन्। ‘सुरुबाटै मुद्दा छुट्दैछुट्दै पछि परेको थियो। आयोग गठनपछि मुद्दाको विषय छ है भनेर तीन सय १४ जनाको उजुरी दर्ता भएको थियो।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनमा यौनहिंसापीडित महिलाको विषय पनि समेटिएको छ। ऐनमा तीन महिनाभित्र उजुरी दर्ता गर्ने हदम्याद तोकिएको छ। ‘तीन महिनाको हदम्याद आपत्तिजनक छ। मुद्दा उठाउनै यति समय लाग्यो। कतिपय महिलासँग पुग्नै सकेका छैनौं’, रसाइली भन्छिन्, ‘पीडितहरूको उजुरी कसरी लिने?’

यो मुद्दाका लागि हदम्याद नै तोक्न नहुने उनको तर्क छ। बलात्कारबाट जन्मेका बच्चाहरूको सवाललाई सम्बोधन गर्न नसकिएको पनि उनले बताइन्। कतिपय महिलाका घरपरिवारलाई थाहै नदिईकन मुद्दा उठाउनुपर्ने संवेदनशील विषय भएकाले गोपनीयताका कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने उनी बताउँछिन्।

ऐन संशोधनपछि जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसालाई ‘मानवअधिकारको गम्भीर उल्लंघन’मा राखिएको हो। ऐनको दफा ६ (क) मा उजुरीका लागि हदम्यादको व्यवस्था गरिएको छ।‘...अध्यक्ष तथा सदस्यको पदमा नियुक्ति भएपछि आयोगले सशस्त्र द्वन्द्वका क्रममा जबरजस्ती करणी भए वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजका तर्फबाट उजुरी दिन छुट भएको भए आयोगमा दिन एकपटकका लागि तीन महिनाको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गरी आयोगले उजुरी माग गर्नेछ’ भन्ने ऐनमा व्यवस्था छ।

ग्लोबल सर्भाइभर फन्डकी शिखा भट्टराईले यौनहिंसापीडित महिलासँग कार्यक्रम गरिरहेको बताउँछिन्। उनले पनि रसाइलीले जस्तै तीन महिना हदम्यादले नपुग्ने बताइन्। परिपूरणको नीति बनाउँदा, आयोगमा पनि प्रतिनिधित्व हुनुपर्ने उनको तर्क छ। गाम्भियाको उदाहरण दिँदै यौनहिंसापीडितलाई सहभागिता गराएको उनले बताइन्। ‘उजुरी दर्ता गर्न महिला पुरुष दुवै इच्छुक रहेको अध्ययनका क्रममा देखिएको छ’, उनले भनिन्, ‘मलाई परिपूरण नै चाहिँदैन, म भन्दिनँ भन्ने पनि छन्।’ गोपनीयता खुल्नेमा उनीहरूमा निकै ठुलो डर रहेको बताउँछिन् भट्टराई।

सशस्त्र द्वन्द्वकालका यौनहिंसापीडितलाई परिचयपत्र र परिपूरणका विषयमा छलफल गर्नुपर्ने उनीहरू बताउँछन्। पीडितहरू आफ्नो गोपनीयतासँगै न्याय चाहन्छन्। गोपनीयताको साथमा न्याय कसरी दिने भन्ने अन्योल छ।

‘पीडितलाई तोकिएबमोजिमको परिचयपत्र तथा छानबिनपछिको जानकारी उपलब्ध गराउने’ व्यवस्था संक्रमणकालीन न्यायसम्बन्धी ऐनको दफा १३ को उपदफा १ (च) मा छ। सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट विभिन्न घटनाका पीडितलाई ६ सय १८ थान परिचयपत्र वितरण गरिएको बताइएको छ। सर्वोच्च अदालतको आदेशबमोजिम परिचयपत्र वितरणको काम हाललाई स्थगित गरिएको आयोगले वार्षिक प्रतिवेदनमा जनाएको छ।

सशस्त्र द्वन्द्वकालमा हत्या, अपहरण, बेपत्ता, विस्थापन, सम्पत्ती कब्जा, जबरजस्ती करणी, यौनहिंसा, यातनालगायतबाट व्यक्ति र परिवार पीडित छन्। यौनहिंसा यस्तो विषय हो, जसको कुनै देखाउने प्रमाण हुँदैन। प्रमाणका आधारमा दिइने परिचयपत्र र जसका कारण राज्यले दिने राहतमा समस्या हुने देखिन्छ।

बलात्कारमा परेका र यौनहिंसापीडितलाई कस्तो खालको परिचयपत्र दिने भन्ने व्यवहारिक अन्योल पनि देखिन्छ। परिचयपत्र दिँदा उनीहरू खुल्न चाहँदैनन्। तर परिपूरणका लागि परिचयपत्र नै चाहिन्छ। शारीरिक रूपमा औषधोपचार गरिरहन जरुरी पनि छ। परिचयपत्रकै आधारमा परिपूरणको विषय पनि जोडिएको छ।

राज्यबाट अहिलेसम्म कुनै पनि राहत पाउन नसकेको बताउँछन् पीडितहरू। विभिन्न प्रदेश सरकार, स्थानीय पालिकाले सहिद, हत्या गरिएका व्यक्तिका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णयमा यातनापीडित र यौनहिंसापीडित छुटिरहेको एडभोकेसी फोरमका निर्देशक विकास बस्नेत बताउँछन्।

प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र थापाले संक्रमणकालीन न्यायको काम दुई आयोगले गर्ने क्षेत्राधिकार भएको बताए। मानवअधिकार पाँचौ राष्ट्रिय योजनाको समीक्षामा पनि ऐन संशोधन गर्ने, आयोग गठन, परिपूरणका कुरा आएको उनले बताए। सरकारको निरन्तर कार्यक्रमभित्रै राखेर पीडितलाई सहयोग गर्न सकिने उनले बताए। ‘पीडितका लागि स्वास्थ्य, शिक्षा, रोजगारी, सिप विकास, सहुलियतका लागि राज्यले धेरै कुर्नुपर्छ जस्तो लाग्दैन,’ उनले भने। प्रदेश र पालिकाले पनि परिपूरणको काम गरेको उनले बताए।

२०५२ फागुन १ देखि सुरु भएको तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा संलग्न भएका मात्र होइन, संलग्न नभएका महिलासमेत राज्य र विद्रोही पक्षबाट पीडित भएका छन्। २०७८ चैत दोस्रो साता आफ्नै नेतृत्वमा माओवादी केन्द्रकी नेत्री देवी खड्काले द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठन बनाएकी थिइन्। उनी शान्तिप्रक्रियाको १४ वर्षपछि मात्र खुलेर यसबारे बोलेकी थिइन्।

खड्काले अभियान थालेपछि यौनहिंसापीडित संगठनमा जोडिन थालेका छन्। अहिले देशभरका ६५ जिल्लाबाट नौ सय महिला त्यसमा जोडिएका छन्। देशभरका ७ सय ९४ महिलाले आफू द्वन्द्वकालमा तत्कालीन सत्ता र विद्रोही नेकपा (माओवादी) दुवैतिरबाट ज्यादतीमा परेको उजुरी तयार पारी सरकारका प्रतिनिधिलाई बुझाइसकेका छन्।

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा हाल पदाधिकारी छैनन्। उनीहरूले लाहाछाप लगाएर आयोगका सचिव पाराश्वर ढुंगानालाई द्वन्द्वकालीन यौनहिंसापीडित महिलाका तर्फबाट यही चैत ५ मा उजुरी बुझाइसकेका छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस