नेपाली साहित्य समाजले दिलिप राई सगरको ‘साईमा स्यामुना’ गीतसङ्ग्रहको लाेकार्पण गरेकाे छ।
नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको सभाध्यक्षता तथा वरिष्ठ गीतकार शिवशंकर थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष यज्ञ परिश्रमी, प्रमुख अतिथि शिवशंकर थापा, विशिष्ट अतिथि प्राज्ञ मुनाराज शेर्मा, गीतकार आचार्य प्रभा लगायतले कृतिको लाेकार्पण गरेका थिए।
उर्लाबारी नगरपालिकाको सभा हलमा भएकाे कार्यक्रममा प्रमुख अतिथि थापाले आफ्नो सांस्कृतिक सौन्दर्य माैलिक रूपमा पस्किनु कृतिकाे वैशिष्टय रहेकाे बताए।
कार्यक्रममा समाजका कार्य समिति उपाध्यक्ष गगन योक्पाङदेनले स्वागत गरेका थिए भने गायक तथा संगीतकार जेबि थुलुङले कृति साईमा स्यामुनाको समीक्षा गरेका थिए।
नेपाली साहित्य समाजका महासचिव दधिराम ढकालले सञ्चालन गरेकाे कार्यक्रममा अभागी थेगुवा, कविता पौडेल, कृष्ण उदासी, कृष्ण बराल, केशव आचार्य, भगवती ढुङ्गेल, निहाङ किराँती, राजकुमार सुब्बा अनिश्चित, सेलिङ केसी, सुन्दर कुरूप, विराट किराती, विवश बलिभद्र कोइराला, रुमानी कुलङ लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो।
यसअघि गीतकार सगरको मायालु ठुली गीतसङ्ग्रह (२०५७), नियति लघुकथासङ्ग्रह (२०६९), सिम्मा केस्रासङ्ग्रह (२०७१), बाराङ लघुकथासङ्ग्रह (२०७८) र तस्बिर गीति एल्बम बजारमा आइसकेका छन्।
ऊ कैदमा थिई। चारैतिरबाट पहराले घेरिएकी थिई। उम्कने र भाग्ने ठाउँ कतै थिएन।
कोठाका छेउकुनामा पहरेदार थिए। भर्याङका प्रत्येक खुड्किलाहरूमा पहरेदार। बरण्डाभरि पहरेदा। कौसीमा लहरै पहरेदार। यताउता चारैतर्फ पहरेदार नै पहरेदार। बेलाबेलामा म उसलाई भेट्न पुग्थें। पहरेदार छिचोल्दैछिचोल्दै जान्थे।
चुपचाप पहरेदार हेर्दै जान्थे र उसलाई भेट्थे। गफ पहरेदारमाथि नै हुन्थ्यो।
ऊ भन्थी, ‘म पहरेदारबाट उम्कनै सकिन।’
हो। उम्कन सक्दिन थिई पहरेदारहरूबाट। उसकाे चोरी ठुलै थियो। हाक्काहाक्की ऊ लुट्थी पनि र दिनदहाडै हत्या गरिदिन्थी। रेडियो, पत्रपत्रिका र युटुवहरूमा ऊ भाइरल हुँदै थिई।त्यसैले उसका पहरेदारहरूले उसलाई घरैमा घेरेर राखेका थिए।
-आखिर के बियो गरेकी थिई उस्ले ! जनता जान्न चाहन्थे।
-ऊ चिनेर/चिनेकाहरुको बारीबाट मलिलो माटो चोर्थी।
- झाडी र जंगलबाट हाक्काहाक्की पत्कर उठाउँथी।
- जतासुकैबाट बेर्नाहरूको अपहरण गर्थी।
- दिनदाहडै आलस्यपूर्ण समयको हत्या गर्थी।
उसलाई चोरी, डकैती, अपहरण र हत्याको महाअभियोग लागेको थियो। तसर्थ ऊ फूलै फूलहरूको पहरामा थिई। एउटा मनमोहक स्वप्न बगैंचामा ऊ आजीवन कैद थिई।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...