सुरभि साहित्य प्रतिष्ठानले कथाकार परशुराम पराशरको ‘सावधान’ लघुकथासङ्ग्रहको लोकार्पण गरेको छ।
सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता तथा वरिष्ठ कथाकार विजय चालिसेको प्रमुख आतिथ्यमा प्रमुख अतिथि विजय चालिसे, कार्यक्रमका अध्यक्ष बाजुराम पौडेल, विशिष्ट अतिथि साहित्यकार एवं पूर्व राजदूत रमेशप्रसाद खनाल, अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, वरिष्ठ लघुकथाकारहरू - खेमराज पाेखरेल, शीतल गिरी लगायतले कृतिकाे लोकार्पण गरेका थिए।
कार्यक्रममा साहित्यकार भगतदास श्रेष्ठ, बखतबहादुर थापा, समाजसेवी गोपाल बराल, पत्रकार निर्मल अर्याल, मधुसूदनप्रसाद घिमिरे लगायतका अन्य कथाकार र लघुकथाकारहरूको सहभागिता रहेको थियो।
समालाेचक लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। प्रमुख अतिथि विजय चालिसेले समीक्षकको समीक्षाको सराहना गर्दै कथाकार पराशरलाई बधाई तथा शुभकामना दिएका थिए। उनले विदेशीको दाँजोमा नेपाली लघुकथा ज्यादै छोटा लघुकथा भन्न मिल्ने र यो लेख्न पनि कठिन हुने बताए।
उनले कस्ता प्रकारका र कतिसम्म शब्द भएकालाई लघुकथा भनिन्छ भन्ने कुराको यकिन नभएको बताउँदै रुसी लघुकथा १३५ पृष्ठसम्मको रहेको पनि बताए।
विशिष्ट अतिथि रमेशप्रसाद खनालले लघुकथाको संरचनाबारे बताउँदै नेपाली लघुकथालाई अङ्ग्रेजीमा के भन्ने होला भन्ने प्रसंग उठाउका थिए। उनले अङ्ग्रेजीका सर्ट-स्टोरी भनेका नेपाली लघुकथाभन्दा लामा हुने भएकाले यिनलाई सर्ट-सर्ट-स्टोरी भन्ने त होला भन्ने कुरा बताएका थिए।
यस्तै विमल अर्याल, शीतल गिरी लगायतले ‘सावधान’ लघुकथाकृति लघुकथाको क्षेत्रकाे विशिष्ट उपलब्धि रहेको बताए।
सुरभि साहित्य प्रतिष्ठानकाे आफ्नाे १६४ औं आख्यान वाचनको अवसरमा भएकाे लाेकार्पण कार्यक्रममा कथाकारहरू - दीपक लोहनी, कात्यायन, ऋचा, रमेश भट्टराई पुजारी, खेमराज पोखरेल, मधुसूदनप्रसाद घिमिरे, भारद्वाज मित्र, रामचन्द्र खतिवडा, गङ्गाप्रसाद भेटवाल, गोपाल बराल, शैलेन्द्र श्रेष्ठ, निर्मलरमण पराजुली र लीलाराज दाहालले कथा, लघुकथा र निबन्ध वाचन गरेका थिए।
प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेकाे कार्यक्रममा प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा समाज, नेपालकाे नयाँ कार्यसमिति गठन भएकाे छ।
लघुकथा समाज, नेपालको १९औं साधारणसभाले लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हाे। साधारणसभाले उपाध्यक्ष शुष्मा चित्रकार, महासचिव सुमन सौरभ, सचिव श्रीबाबु कार्की र कोषाध्यक्षमा छविरमण सिलवाल चयन गरेको छ।
यसैगरी सदस्यहरूमा राजेश खनाल, सिन्धु गौतम, तारा केसी र मधु पाठक चयन भएका छन्।
लघुकथा समाज नेपालका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा समाजका सल्लाहकार तथा नाट्यकर्मी अशेष मल्लले लघुकथाकाे विधागत उन्नयनमा लघुकथा समाज महत्त्वपूर्ण भूमिका रहेकाे बताए।
सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतमले सक्रियताकाे साथ नयाँ कार्यसमितिले इतिहास निर्माणमा जुट्नुपर्ने बताए।
समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लघुकथामा अन्याेल छाइरहेकाे बेला संस्थाकाे गठन गरेकाे संस्मरण सुनाए। उनले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्याउने पनि विश्वास व्यक्त गरे।
निवर्तमान अध्यक्ष गोपाल अश्कको अध्यक्षता र श्रीबाबु कार्कीको सञ्चालनमा भएको कार्यक्रममा गोपाल अश्क, राधेश्याम लेकाली, मधु पाठक, मोहन चापागाईं लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साहित्यकार प्रदीप सापकोटाकाे संयाेजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...