नेपाल प्रज्ञाप्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ। प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम भएका छन्।
कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक संवाद’ तथा थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक संवाद’ को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृङ्खलाको शुभारम्भ गरेका थिए। विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम थालेको उनले बताए।
लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञाप्रतिष्ठानले सहजीकरण गर्ने उनको भनाइ थियो। प्रज्ञाप्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पुर्याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम सुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिंदै जाने प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताए।
प्राज्ञ चेतनाथ धमलाका अनुसार कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो।
उक्त अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको संवर्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफल समेत गरिएको थियो।
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा. बालाकृष्ण अधिकारीले सहजीकरण गरेको उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका वडा नं.२८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए।
त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी. आर पोखरेलले प्रस्तुत गरेको ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदाः संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो। त्यसपछि आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा. सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गरेका थिए। उक्त कार्यक्रमको सहजीकरण पत्रकार शान्तकुमार चौधरीले गरेका थिए।
कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायत थारू समुदायका अगुवा र स्रष्टाहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ। सम्मेलन ४, ५ र ६ असोज, २०८१ मा प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा हुने भएको हो।
सम्मेलनका लागि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ, जसको सदस्य सचिवमा नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्य रहेका छन्।
सदस्यमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, नेपाल प्रज्ञाप्रतिष्ठनका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, वरिष्ठ कलाकार एवम् नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, पुस्तकालयविद् भोला श्रेष्ठ, प्राज्ञ त्रैलोक्यमान बनेपाली, बालसाहित्यकार अनुराधा, साहित्यकार अनन्त वाग्ले, साहित्यकार तथा समालोचक महेश पौड्याल तथा प्रज्ञाप्रतिष्ठानका प्रतिनिधि राजकुमार श्रेष्ठ रहेका छन्।
समितिका सदस्यसचिव आचार्यले दिएको जानकारी अनुसार सम्मेलनमा दक्षिण एसिया तथा अन्य मुलुकका गरी २५ अन्तर्राष्ट्रिय प्रतिनिधि तथा नेपालका १०० प्रतिनिधि सहभागी रहने छन्। कार्यक्रममा विविध विषयमा कार्यपत्रको प्रस्तुति, परिचर्चा, बालपुस्तक प्रदर्शनी, कला प्रदर्शनी, लेखक–बालबालिका साक्षात्कार तथा नाटक मञ्चन समेत रहने उनले जानकारी गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...