बुझाइ
०३ वैशाख २०८१
•
१ मिनेट पाठ
बुझाइ
बिहान झिसमिसेमा नै खत्री बा छोराछोरीलाई उठाउनुभयो। छोराछोरी आँखा मिच्दै उठेर नित्यकर्म सक्दासम्म उज्यालो भयो।




’ल आफ्नो आफ्नो पुस्तक समातेर पढ्न बस।’ उहाँले भन्नुभयो।

खत्रीबा बिहानको मेलामा निस्कनुभयो।

छिमेकी उर्मिलाले भनिन्, ‘खत्री बा आफू नपढे पनि छोराछोरीको पढाइमा कति सचेत हुनुहुन्छ।’

‘हो त बिहानको शान्त वातावरणमा पढेको धेरै राम्रो हुन्छ नि।’ राकेशले पनि श्रीमतीको कुरामा सहमत जनाए।

उनीहरू बिहानको खाना खाएर एक घण्टा परको शहरमा जागिर खान हतारिंदै निस्कदैं थिए। एक बिहानको मेलो सकेर खत्री बा आइपुग्नुभयो।

राकेशले भने, ‘खत्री बाका छोराछोरी साह्रै ज्ञानी छ्न्। बिहानै उठाएर पढ्न बसाल्नुहुन्छ। बिहान पढेको धेरै राम्रो हुन्छ।’

‘खोई पढाइको कुरा त म के बुझूँ। बिहान चाँडो उठाइदियो भने बेलुका चाँडै सुत्छ्न् केटाकेटी। बिजुलीको पैसा कम चढ्छ।’ खत्री बाले आफूले बुझेको कुरा भन्नुभयो।
अर्को समाचार
प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत छैन : मुख्यमन्त्री थापा
१२ असोज २०८३
•
२ मिनेट पाठ
प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत छैन : मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत नभएको बताएका छन्।




उनले प्रदेश सरकारको कुल बजेटको ठूलो हिस्सा विकास निर्माण तथा दीर्घकालीन सम्पत्ति सिर्जनामा खर्च हुने भएकाले प्रदेश संरचनालाई अनावश्यक बोझका रूपमा बुझ्न नहुने धारणा राखेका हुन्।

मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मतसम्भार तथा सामाजिक सुरक्षालगायत नियमित प्रकृतिका कार्यक्रममा हुने चालु खर्च २२ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत मात्रै रहेको उनले बताएका छन्।

त्यसैगरी, विकास बजेटतर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत विनियोजन गरिएको उनको भनाइ छ। उक्त रकम दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने तथा नागरिकको दैनिक जीवनलाई सहज बनाउने विकासका पूर्वाधार निर्माणमा खर्च हुने मुख्यमन्त्री थापा मगरले स्पष्ट पारेका छन्।

उनले प्रदेश संरचनामा सुधारको आवश्यकता रहेको स्वीकार गर्दै सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि विभिन्न कार्यालयहरू गाभ्नेसम्मका काम गरिसकेको जानकारी दिए। प्रदेश सरकारको संरचना र खर्च व्यवस्थापनबारे थप अध्ययन भइरहेको पनि उनले बताए। मुख्यमन्त्री थापा मगरले भने, ‘प्रदेश सरकार बोझिलो भयो, खर्चिलो भयो भन्ने आम सर्वसाधारणले सायद नबुझेरै भन्नुभएको हुनुपर्छ।’

उनले प्रदेश संरचनामा सुधार आवश्यक भए पनि सिंगो प्रादेशिक व्यवस्था भने मुलुकको आवश्यकता भएको दाबी गरे। विकास निर्माणदेखि विपद् व्यवस्थापनसम्म प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ। ‘चाहे विपद् आउँदा होस् या विकासका लागि, सिङ्गो प्रादेशिक व्यवस्था हाम्रो देशको आवश्यकता हो,’ मुख्यमन्त्री थापा मगरले भने।

मुख्यमन्त्री थापाले प्रदेश सरकारलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउने विषयमा निरन्तर अध्ययन तथा सुधारको प्रक्रिया अघि बढाइरहेको बताएका छन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस