सर्वोच्च शिखर सामुन्ने
२८ पौष २०८०
•
५ मिनेट पाठ
सर्वोच्च शिखर सामुन्ने
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ। खुसीमा बोली पनि बन्द हुँदोरहेछ। हिमाली सौन्दर्यमा शब्दहरू चुपचाप र निःशब्द मन मदहोस हुन पुग्दोरहेछ।




कैयौं समयदेखिको इच्छा पूरा भएपछि प्रसन्नताको कुनै मापन थिएन। मन हर्षित हुनुको कुनै सीमा थिएन। सन्निकट हिमाली लस्कर मुसुमुसु मुस्कुराइरहेको थियो। चिसोले आफू चिसिए पनि अतिथिलाई न्यानो स्वागतले सत्कार गरिरहेको थियो। खुलेको मौसममा हिमालले घुम्टो उघारेर हामीलाई नियालिरहेको थियो।

वास्तवमा विश्वको सर्वोच्च शिखर सगरमाथासँग आमुन्नेसामुन्ने भएको अव्यक्त क्षण जीवनकै अनुपम पल थियो। उच्च हिमालका चम्किला ज्योतिमा आँखा जुधाएर हेर्नु र हेरिरहनुको प्रेमिल अनुभूति साह्रै सुन्दर, सुखद र स्वच्छ! यसरी एकाबिहानै हिमालसँग साक्षात्कार हुँदा आफूले आफैंलाई बिर्सन पुगिँदोरहेछ।
खुसीको पृथक् उल्लास, हर्षको बेग्लै आह्लाद मिल्ने रहेछ। चिस्याउने सिरेटो र स्याँठ सबै हराउँदोरहेछ। हुस्सुको हैरानीले दृश्य नदेखिएला पनि भन्नु नपरेपछि। हेरेर अघाउँजी तृप्त हुनुको मिठास शब्दमा व्यक्तिएन, बोलीमा खुलेन। केवल आत्मानुभूतिमा गद्गद्। कति रमाउनु खुसीले, कति चिच्याउनु हर्षले।

तथापि कहाँ थाकिँदोरहेछ र रातदिन  हिँडेर पनि। कस्तै कठिन यात्रामा पनि कहाँ पुगिँदैन रहेछ र पाइला चालेपछि। हेरेर थाकिन्छ बरू हेर्नुपर्ने दृश्य सकिँदैन रहेछ। हिँडिरहेको बाटै टुङ्गिन्छ हिँडेर। तर पुग्नुपर्ने गन्तव्यले झन् सौन्दर्यको बिस्कुन फिँजाइरहन्छ आँखाभरि। तैपनि हेर्नुको भोक मेटिँदैन रहेछ। देख्नुको चौचौ पनि सिद्धिँदैन रहेछ।

कति हो कति रहरका रङहरू, चाहनाका चाङहरू, गन्तव्यका ठाउँहरू। जिन्दगी नै यात्रा रहेछ। यात्रा नै जिन्दगी बनिदिँदोरहेछ। कहिल्यै नसिद्धिने, कहिल्यै नपुगिने, कहिल्यै नअघाइने यात्रा। सधैं बाँकी रहने, सधैं थाँती रहिरहने।

हिँड्दाहिँड्दा कति हिँड्नु, हिँडेर नसकिने रहेछ। भालेको डाकसँगै बिउँझिएर अन्धकारले आँखै नदेखिने भइसक्दासम्म पनि बाटो हिँडेर नसिद्धिने। दिनदिनै पैदलैपैदलको यात्रा धेरै कठिनको हुने रहेछ। तैपनि धेरै साहस मिल्दोरहेछ। धेरै आत्मबल पाइने रहेछ। यति भएपछि कहाँ थ्याच्च थचारिएर बसिरहन सकिन्छ र ! पाइला लम्किनै हतारिन्छ। प्रकृतिको दिव्य रूप देख्नै आतुर भइरहँदो रहेछ।
नचिनेका चराका नबुझिने गुञ्जनले पनि प्रेरणा दिने। हिमाली पठार, रुखो भूमिमा पनि सुन्दरताका रङ देख्न सकिने। अनाम पहाडका थुम्का, ढुङ्गाका बढेमान थुप्रा र सलल लुक्दै, देखिँदै बगिरहेका नदीले पनि उत्साह उमार्ने। बदलिइरहने बादलले पनि हिँड्ने हिम्मत थपिदिने। अरू त अरू बाटैभरि आऊ-जाऊ गरिरहेका सयौं यात्रीसँगको जम्काभेटले त झन् कहाँ थाकें भनेर बस्न मन हुने र! झटपट हिँडिहाल्न, जर्‍याकजुरुक उठेर बाटो छिटो छिचोलेर हेरिहाल्न हतार हुँदोरहेछ।

हिँड्नुसम्म हिँडेर पैताला दुखुन्जेल, थाक्नुको पनि पराकाष्ठा ! हिँड्नुको आनन्द अलि बेग्लै। हिँडाइको मजा पनि अलि अर्कै। हिँड्न सक्ने र नसक्नेहरू सबै हिँडिरहेका ओहोरदोहोर दोहोेरीलत। रमाउँदै उकालो चढिरहेका, ओरालो झरिरहेकाहरू। सजिलै एकपछि अर्को पाइला–पदचापका हिँडन्तेहरूको हुल भेटेपछि। यति भएपछि हिँड्ने हिम्मत कहाँ मर्छ र, हिँडुवाका कालहरू भेटेपछि। जाज्वल्यमान हिमाल देखेपछि। आँखै सामुन्ने सौन्दर्यमय छटाहरू देखा परेपछि। मन कहाँ बसिरहन मान्छ र ! आँखाले नहेरी कहाँ धर पाउँछ र !

अन्ततः थाकेको ज्यान हर्षले फुरुङ्ग भएर बुरुक्क उफ्रिँदोरहेछ, उकालोको कठिनाइ बिर्सेर। फतक्क गरेको पीडा पलभर पनि नसम्झी। रमाउनुसम्म रमाउन पाइने रहेछ चिसोलाई पनि भुलेर। मान्छे उडाउने हावालाई पनि धैर्यले रोकेर। अचम्मकै हुने रहेछ प्रकृति प्रेमको नशा !
यति भएपछि अरू के चाहियो घुमन्तेलाई। खोजेको कुरा पाएपछिको खुसी असीमित हुने रहेछ। पदयात्राको लिनुसम्म मजा लिएपछि हिँडाइ त केही हुँदैन रहेछ। केवल हिँडुन्जेलको सास्ती मात्रै। पैताला सार्नुको कठिनाइ मात्रै। जब भन्ज्याङ पुगिन्छ, देउरालीमा बिसाइन्छ, सारा थकाइका दुखाइहरू त्यहीं समाप्त हुन्छन्।

ओहो ! त्यहाँबाट प्राकृतिक सुन्दरताका नवयौवनहरू दृश्यमान। आकर्षक मुहार-मुस्कानहरूले ग्वाम्लाङ्ग अँगाल्न आउने रहेछ। चुपचाप चिनारी गाँस्न तम्सिने रहेछ। प्रेमको पराग र मायाको मिठासले भरिभराउ हिमालसँग साक्षात्कार हुन पाएपछि खुसीले सीमा नाघ्ने रहेछ। बुढ्यौली उमेर पनि तारुण्य तामझाममा ताउरमाउर गर्न थाल्ने रहेछ।

साँचो अर्थमा यो हिमालको प्रेम, मायाको प्रेम, जीवनको प्रेम, प्रकृतिको प्रेम। कुन बिरानो देशदेखि आएका विदेशी यहाँ बिरानो बन्दैनन्। नेपाल प्रेम र हिमाल प्रेमले मोहित भएर आएका पाहुना–पर्यटक हिमाल देखेर, प्रकृतिलाई भेटेर कति खुसी ! हिमालको अँगालोमा बेरिएर मायाको मिठास साट्ने, हार्दिकता बाँड्ने, नाचेर, हाँसेर, गाएर रमाउनुसम्म रमाउने।

सुरम्य पुमोरी हिमालको काखमा कालापत्थरको ज्यान खाने उकालो। तथापि वरिपरि हिमाली सौन्दर्यको मृदु स्पर्शले अघाउँजी तृप्ति दिने। मनमोहक प्रकृतिले लट्ठै पार्ने। पारिपट्टि सगरमाथा शिखरका पर्वतमालाका लस्कर। यी सुन्दरतामा चुर्लुम्मै डुबेपछि हर्षित अनुहार र अभिव्यक्तिमा जीवनकै सर्वाधिक खुसी स्वतः प्रस्फुटित भइरहँदोरहेछ।
यति प्रेमिल दृश्य देखेर भावुक म। हिमाल देखेर नतमस्तक म। आहा ! धन्य प्रकृति तिमीलाई सतत प्रणाम ! आफ्नै सामुन्ने आँखै अगाडि ज्वाज्वल्यमान सगरमाथाको शिर देखेर, कति हो कति रमाएर म उफ्रिँदै, उड्दै उत्पातको खुसीले ‘भुइँमा न भाँडोमा’ भइरहे जस्तै।

एकलासको यात्रा तर अत्यासको भएन। एक्लै पैदल तर यात्रीको भिड। त्यसमा कहिले आफैं हराएँ, कहिले भिडको भिडामभिडमा परें। आँखाले देखायो बाटो, मनले बढायो साहस, पाइलाले मार्‍यो फड्को अनि हिँड्यो यात्रा।

आँखाले देखाएर संसार चिनायो। आँखाले नै सौन्दर्यसँग साक्षात्कार गरायो। मृगतृष्णा पनि आँखाकै। असन्तुष्टि, अतृप्ति पनि। अनि देखेर आँखाले सौन्दर्यका तरेलीहरू। तर अपरिमित खुसीले रमाउने चाहिँ मन हुने रहेछ। आँखाले त देख्ने र देखाउने मात्र। आनन्दानुभूति गर्ने त मन नै हुने रहेछ।

प्रसिद्ध र सर्वोच्च शिखर सगरमाथा सामुन्ने पुगेर मैले जीवनकै सर्वाधिक खुसी महसुस गर्न पाएँ। फराकिलो हिमाली क्षितिजलाई भावनाको मालामा उनेर सजाउँदा आत्मिक खुसीले प्रफुल्लित हुनुको पाटो बेग्लै हुने रहेछ।
विदेशीले त सगरमाथा फेदी टेकेवापत् आफ्नो देशमा धेरै सुविधा, सहुलियत र सम्मान पाउने रहेछन्। हामी नेपालीले पाउने भनेको आत्मसन्तुष्टिका खुराकहरू मात्र। शिखर सामुन्ने पुगेको केवल आफूलाई आत्मगौरव मात्र।
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस