मौनता
१२ पौष २०८०
•
१ मिनेट पाठ
मौनता
क्याप्शन
हजुरआमालाई अँगालो हाल्दै नातिनतिनाले ढोकामै स्वागत गरे र हजुरआमाको झोला समातेर भित्र दगुरे।




रमाले नाक खुम्च्याउँदै भनिन्, ‘कस्तो कोठा गन्हाएको! बाहिर राखिदिनुपर्छ नि।’

‘आफैंले नबोलेरै बाहिर राखिदिएहुन्थ्यो नि।’ रमाको बुढाले भने।

‘भै गो, म आफैं राख्छु बाहिर। हुन त हिजै धोएर लगाएकी हुँ। कोठाभित्र खोलेको मन परेन होला बुहारीलाई।’ राजकी आमाले भनिन्।

राजले भन्यो, ‘मलाई दिनुस् आमा।’

‘गन्हाएको  छैन त।’ राजले सुँघ्दै भन्यो।

उता पूजाकोठामा राखेका खराउमा ढोग्दै रमाले राधेराधे भन्दै थिइन्।

यता राजको आमा मौन थिइन्।

 -टीकाराम जोशी
अर्को समाचार
‘मृत्युगञ्जको मौनता’ लाेकार्पण तथा स्रष्टा सम्मान अर्पण
१७ साउन २०८३
•
२ मिनेट पाठ
‘मृत्युगञ्जको मौनता’ लाेकार्पण तथा स्रष्टा सम्मान अर्पण
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कवि केशव निमेषको कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ लाेकार्पण गरेकाे छ।




दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा पूर्णिमाका सचिव कवि केशव निमेषको कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ गृह विमोचन र कृतिमाथि विमर्श गर्ने कार्यक्रम रहेको छ। पुस्तकको गृहविमोचन साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कविका मातापिता र धर्मपत्नीले संयुक्त रूपमा गरेका थिए।

प्यानल छलफलका रूपमा निमेषको कृतिमाथि डा. अमर गिरी र कवि निभा शाहले आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले निमेषका केहीबाहेक धेरै कविता वैचारिक हिसाबले अब्बल रहेको बताए। अतिथिहरूको स्वागत तथा विमोचित कृति र कृतिकारको जानकारी पूर्णिमाका सल्लाहकार सागर गैरेले दिए। पहिलो सेसनलाई कवि हेम मञ्जिल र लक्ष्मण मानवले सहजीकरण गरेका थिए।

दोस्रो चरणको औपचारिक कार्यक्रम सम्मान तथा पुरस्कार अर्पणको रह्यो। उक्त अवसरमा पूर्णिमाले प्रदान गर्ने ‘पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार’ २०८१ साहित्यकार डा. अमर गिरीलाई प्रदान गरियो। गिरीले साहित्य सिर्जना र नेपालको संस्थागत साहित्य विकासमा दिएको योगदानको कदरस्वरूप सो सम्मान गरिएको हो। पुरस्कारमा नगद राशि रु २५, ५५५, सम्मान पत्र र दोसल्ला रहेको छ।

यसैगरी सोही वर्षको तुलसीराम स्मृति पुरस्कार साहित्यकार शशिराम कार्कीलाई प्रदान गरियो। उक्त पुरस्कारको राशि रु ७,७७७ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सनत रेग्मी पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, तुलसीराम स्मृति पुरस्कारकी संरक्षक पवित्रा ढकाल र पूर्णिमाका सल्लाहकार महानन्द ढकालले संयुक्त रूपमा सम्मान तथा पुरस्कार अर्पिएका थिए।

प्रमुख अतिथि रेग्मीले नेपाली साहित्यसम्बन्धी गहन विमर्श समेत भएको उक्त कार्यक्रलाई ओजपूर्ण रहेको भन्दै सम्मानित स्रष्टाहरू देशकै गौरव भएको बताए।

कार्यक्रममा साहित्यकार नरेन्द्रजङ्ग पिटर, महानन्द ढकाल, निभा शाह, चरित्रा शाह लगायतले शुभकामना र बधाई मन्तव्य दिएका थिए। सम्मानित दुवै स्रष्टाले पूर्णिमा साहित्य प्रतिष्ठानजस्तो देशकै सक्रिय र आशलाग्दो साहित्यिक संस्थाबाट सम्मानित हुन पाएकोमा गौरवको अनुभव भएको भन्दै सबैलाई धन्यवाद दिए।

पुरस्कार र सम्मानित स्रष्टाको परिचय र योगदानको चर्चा पूर्णिमाका सल्लाहकार दामोदर पौडेलले गरे। कार्यक्रममा डा. इन्द्र भण्डारी, जितबहादुर शाह, सुमित्रा न्यौपाने, प्रदीप भट्टराई, कपिल अन्जान, विष्णु पादुका, चरित्रा शाह लगायतका साहित्यकारहरूको उपस्थिति थियो। संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा भएको औपचारिक समारोहको सञ्चालन पूर्णिमाका सहसचिव प्रकाश मरासिनीले गरेका थिए।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
मूल्यवान् मौनता
नागरिक नागरिक • · २० फागुन २०८२ · ३ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस