बराबर
२८ मंसिर २०८०
•
१ मिनेट पाठ
बराबर
आज उनलाई भव्य समारोहको बीच महिला शसक्तीकरणबारे भाषण दिनु थियो। उनकी श्रीमती पनि समाजसेवी थिइन्। श्रीमान् श्रीमती के कसो कसरी सामाजिक काम गर्ने भनेर सरसल्लाह पनि गर्दथे। त्यो दिन बिहान श्रीमानले श्रीमतीसँग ‘मैले के कस्तो विषयपट्टि बढी जोड दिएर बोल्नुपर्ला बुढी भनेर सोधेर राम्ररी तयार भएका थिए। त्यसै दिन बिहान भात खाने बेलामा तरकारी मीठो भएन भनेर रिसाउँदै ‘तिमी सबै कुरा काम गर्नेको भरमा छोडिदिन्छौ। लोग्नेलाई के कस्तो मीठो लाग्छ त्यत्ति हेर्न,पकाउन सक्दैनौ ’ भनेर रिसाएका थिए।




घरको मालिक उनी  नै थिए। उनलाई नसोधीकन श्रीमतीले केही निर्णय लिएको मन पर्दैन थियो।

‘तिमी त खुब जान्नेसुन्ने भएछौ। घरव्यवहारमा मलाई कत्ति पनि वास्ता गर्न पर्दैन जस्तो गर्छौ’ भनेर डाइलग हुत्याइहाल्थे।

छोराछोरी विदेशतिर लागिसकेका थिए। आधुनिक बंगला, चिल्लो गाडी, नोकरचाकर, काखमा खेलाउन महँगो वि¥र्डको कुकुर उनीहरूको परिवार थियो।

दिउँसो दुवै जनाको एउटै विषय तर बेग्लै ठाउँमा कार्यक्रममा सहभागी हुनुपर्ने थियो। उनले जोडदारको साथ भने, “महिलाहरू हामी पुरुषसरह छौं भन्छन्। त्यसो भन्नु तिनीहरूको मुर्खता हो। मेरो विचारमा महिलाहरू पुरुषहरू समान मात्र नभै उनीहरूभन्दा धेरै बुद्धिमान छन्। मेरै घरमा घरकी मालिक्नी मेरी श्रीमती छन्। म उनलाई नसोधीकन केही पनि घरायसी निर्णय गर्दिनँ।’

उनको यो भनाइप्रति ठूलो गडगडाहतसहितको ताली बज्यो।

कार्यक्रम सकियो। उनी सुगरका बिरामी थिए। उनी घर पुग्दा श्रीमती पुगेकी थिइनन्। नोकरले बनाएको खाना देख्दै उनको रीसको आगो पराकाष्ठमा पुग्यो।

नोकरलाई ‘तेरो मालिक्नीलाई लोग्ने मरोस् कि बाँचोस् मतलव छैन। उसलाई मै हुँ भनेर सान देखाउन पाए पुग्छ। ऊ आएपछि यो खाना उसैलाई खानु भन है भनेर ढोका बजार्दै सुत्ने कोठा भित्र पसे।
अर्को समाचार
चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै
०५ असार २०७९
•
३ मिनेट पाठ
चालु आव सकिन २७ दिन बाँकी, पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै
चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ। सरकारले कूल तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो।




हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ। प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शून्य सात मात्रै हो। सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन सकेको छैन। अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बराबरको खर्च गर्ने घोषणा गरेका थिए। यद्यपि घोषणाअनुसार काम हुन सकेन। केही दिन पहिले उनले आगामी आवमा तोकिएअनुसारको खर्च गराउनका लागि सबै उपाय अवलम्बन गर्ने दृढता व्यक्त गरेका थिए।

सरकारको खर्चको हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले अपेक्षाकृतरुपमा विकास निर्माणको काममा खर्च गर्न सकेको छैन। यही असार ४ गते शनिबारसम्म सरकारको कूल खर्च  ६४.५५ प्रतिशत बराबर भएको छ। त्यसमा चालुतर्फको खर्च सबैभन्दा बढी छ। त्यसका कर्मचारीको तलब भत्ता, दैनिक खर्च जोडिएको हुन्छ।

चालु खर्च ७७.२ प्रतिशत बराबर भएको छ। त्यो भनेको आठ खर्ब २२ अर्ब ४५ करोड ६५ लाख बराबर हो। सरकारले चालु आवमा चालुतर्फ कूल १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो।

यस्तै वित्तीय व्यवस्थातर्फ हालसम्म कूल ९१ अर्ब ३७ करोड ६८ लाख बराबर खर्च गरिएको छ। चालु आवमा सरकारले एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि छुट्याएको थियो। त्यसमा दातृ निकायलाई तिर्नुपर्ने ऋणको साँवा र ब्याजको हिस्सा रहेको छ।

सरकारले विभिन्न दातृ निकायसँग लिएको ऋण तिर्ने विभिन्न समयसीमा हुन्छ। सोही आधारमा दायित्व भुक्तानी गर्नुपर्छ। कूल लक्ष्यमध्ये हालसम्म ४८.२४ प्रतिशत बराबरको वित्तीय व्यवस्थातर्फको खर्च भएको छ।

सरकारले चालु आवमा कूल ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये हालसम्म नौ खर्ब ४८ अर्ब २० करोड ९७ लाख बराबरको राजस्व सङ्कलन गरेको छ। यो कूल लक्ष्यको ८०.२३ प्रतिशत बराबर हो। त्यसमा कर राजस्व आठ खर्ब ७८ अर्ब ३३ करोड एक लाख बराबर सङ्कलन भएको छ।

यसमा भन्सारलगायतका राजस्व समावेश छन्। चालु आवमा कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर सङ्कलन गर्ने सरकारको लक्ष्य छ। कूल लक्ष्यमध्ये हालसम्म ८२.२४ प्रतिशत सङ्कलन भएको छ। त्यस्तै गैरकरतर्फ एक खर्ब १२ अर्ब ६३ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म ६९ अर्ब ८७ करोड ९६ लाख बराबर अर्थात् ६२.०४ प्रतिशत सङ्कलन भएको छ।

यस्तै अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख सङ्कलन गर्ने लक्ष्य राखेकामा १३ अर्ब ८८ करोड ३३ लाख बराबर सङ्कलन भएको छ। यो कूल लक्ष्यको २३.१७ प्रतिशत हो। अर्थमन्त्री शर्माले गत जेठ १५ गते सार्वजनिक गर्नुभएको आगामी आवको बजेटमा चालु आजको अन्त्यसम्म कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत बराबर हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए। 

कुल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात्  ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्ष वैदेशिक सहायता तर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ। चालु आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस