ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अवसरमा सम्पन्न कविता प्रतियोगितामा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका मणि सेम्बु लिम्बू प्रथम भएका छन्।
महेन्द्रनगर कञ्चनपुरका ‘निर्जल’प्रशान्त लेखक द्धितीय हुँदा फुङलिङ नगरपालिकाका प्रेमप्रसाद निरौला र लिला ‘आँसु असफल’समान अंक सहित तृतीय भएको साहित्यिक कार्यक्रम उपसमिति संयोजक कमलप्रसाद भट्टराईले जानकारी दिए। प्रथम हुनेले नगद ५ हजार,द्धितीय हुनेले ३ हजार र तृतीय हुनेले जनही नगद २ हजार रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरेको नेपाल घरेलुु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए। प्रतियोगितामा १९ जना प्रतिश्पर्धी थिए। ५ जनाले अप्रतियोगी कविता बाचन गरेको साहित्यिक उपसमितिका सहसंयोजक शान्तिराम नेपालले जानकारी दिए। प्रतियोगितामा मुख्य आकर्षण बनेर चर्चित साहित्य श्रष्टा सुमन स्मारिका तथा पोईन्ट आईडलमा ८ औं स्थानबाट बाहिरिएका लेकाली कान्छॉमुकुम’समेतले साहित्य सृजना बाचन गरेका थिए। मंगलवारबाट सुरु भएको ५ दिने महोत्सव शनिवार सकिदैंछ।