बकपत्र
२५ फागुन २०७९
•
२ मिनेट पाठ
बकपत्र
ऊ एकोतार बोलिरहेथ्यो त्यो दिन। भन्दैथ्यो, ‘यी बच्चाहरूलाई हामीले राजनीति गर्दाका दिन के था। ती दिन कस्ता थिए!’




परीक्षा दिन आउँदा हातमा हतकडी थियो। ग्याङ फाइटमा समातिएको थिएँ। पुलिसले त्यतिखेर फुच्चे देखेर हिरासतमा कोरा हानेथ्यो। आज हिरासतमा परे पुलिसले नै नमस्कार ठोक्छ। नठोके के गर्नु -तिनका पनि बालबच्चा होलान्, सुन्दरी स्वास्नी होली। ज्यानको माया त सबैलाई हुन्छ नि।

मलाई यो क्याम्पसमा ल्याउने दया सर नै हो। दया सरले त्यतिखेर आठ हजार दिएथे। त्यतिखेरको आठ हजार आजको हो र? आज भए एक बिटो हात्ती घटी को मान्थ्यो र?

दया सरलाई गरन समूहले दुःख दिंदा मेरा गुरु कहाँ पुगेथे र पसारो परेथे। गुरुले मलाई दया सरलाई सुम्पिए। १२ वर्ष भएछ यहाँ छिरेको। मेरा पनि रोजीरोटी चलेको छ र दया सरहरूको पनि गर्जो टरेको छ। जबजब दया सरहरूलाई दुःख पर्दैन तबसम्म म बेरोजगार। दया सरहरू सताइएपछि मेरो रोजगारी जम्छ।

कहिलेकाहीं त दया सरहरूले धेरै दिन सम्झन्नन्। काम पर्दा भाँडो नपर्दा ठाँडो भने जस्तै त हो नि। बरु कहिलेकाहीं आफैंले सम्झाउनु पनि पर्छ। राजनीति न हो।

गुरुले भनेथे, ‘बाबु, राजनीतिमा चूपचाप कहिल्यै बस्नु हुन्न। ढुंगा हानेर पनि शान्त तलाउमा तरङ ल्याइरहनुपर्छ।’

बस्, त्यो बेला गुरु सम्झ्यो, एकदुई इँटा हातमा बोक्यो, क्याम्पस छिर्‍यो-सिसाको सत्यानाश। अनि लाइनमा आइहाल्छन् नि यी बबुरा दया सरहरू।

के गर्नु सभापति नै उठिन्थ्यो होला यो पटक। यो टियूफियूले पनि उमेरको छेको लायो। विद्यार्थीलाई केको उमेर? ७० वर्षमा पनि पढ्न पाइन्छ नि। पढ्ने उमेर जति पनि छुट हुने तर उठ्न भने उमेरको छेकारो। अन्याय पनि कति हो कति?

यसरी उसले आफूलाई छताछुल्ल पोखिरहेथ्यो त्यो दिन। कोठा शान्त थियो। कोठाभित्रका मानिस मरे जस्तै लाटा भएका थिए।

दया सरले भने, ‘ल, तिम्रो दल दर्ता भो।’

उसले दया सरसँग कसिलो हात मिलायो र भन्यो, ‘सर, यो पटक मेरो उम्मदेवार जित्यो भने अर्को पटक हेर्नुहोला म नै हुँ तपाईँको वडाध्यक्ष। पार्टीमा मेरो बार्गेनिङ पावर पनि त बढ्छ नि त्यतिबेला।’
अर्को समाचार
अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र : पारिवारिक इबीले छोराको हत्या
०४ असोज २०७३
•
९ मिनेट पाठ
अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र : पारिवारिक इबीले छोराको हत्या

नारायण अधिकारी




चितवन-काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन्।

अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार  अदालतमा पेस गरेकाे बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।

बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, “देखेचिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले “तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुपर्यो” भनी वादविवाद गरी धम्की दिएका थिए ।

तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुपर्यो” भनी वादविवाद गरी धम्की दिएका थिए ।

त्यहीबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । निजहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन् ।” गङ्गामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ ।

उनले भनेकी छन्, “तेरा छोरा आर्मीमा जागिर खाई लेसनायक भएको भनी हामीले मारेका हौँ भनेर असारको १५ गते प्रतिवादीमध्येका छविलाल पौडेलले मेरै घरमा गई भनेका हुन् , हामीले मारिदियौँ, तँ मुसाले के गर्न सक्छस् भनी धक्कीसमेत दिएर गएका हुन् ।”

गङ्गामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताएकी छन्।

गङ्गामायाले आफ्नो बकपत्रमा भनेकी छन्, “मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल हुन् । प्रतिवादी छविलाल र परशुराम पौडेल स्वयम्ले हामीले मारेका हौँ भनी अझ ठूला कुरा गरे राम्रो हुँदैन भनेका थिए । निजहरुले नै भनेको आधारमा मैले उल्लिखित प्रतिवादीहरुको संलग्नतामा मेरो छोरा मारेका हुन् भनेको हुँ ।”

प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गङ्गामायाले भनेकी छन्, “कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गई तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठ/१० हजार लिएर जानु पर्यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।

उनले थपिन्, “मेरा श्रीमान् भरतपुर अस्पताल पुगिसकेपछि ल भाइको त मृत्यु भइसकेछ भनी तिनै रामप्रसादसमेतले के–के कागज बनाई मेरो श्रीमान्को हात समाई सही गर्न लगाई लास बुझेर पोल्नसमेत उक्साएको मेरा श्रीमान् नन्दप्रसाद घर गइसकेपछि यसरी मारेछन् भनी सुनाएपछि थाहा पाएको हुँ ।”

गङ्गामायाले पूर्व तयारीका साथ आफ्नो छोराको हत्या भएको बताएकी छन्। बकपत्रमा गङ्गामायाले भनेकी छन्, “प्रतिवादी भीमसेन र पर्शुरामबाहेक चितवनमा मेरो छोरा चिन्ने अरु कोही थिएनन् । मेरो छोरा कृष्णप्रसाद घरबाट निस्किएर चितवन गएकै दिन प्रतिवादी छविलाल मेरो घरमा गई छोराहरु कहाँ गए भनेर सोधेका थिए । मैले सिधै कान्छो चितवन गयो, ठूलो ट्युसन पढाउन गयो भने, वास्तवमा उनीहरु कुरा बुझ्न गएका रहेछन् ।”

बकपत्रमा भनिएको छ “छविलालका छोरा प्रतिवादी पर्शुराम पौडेल र निजकै भतिजा भीमसेनलाई कृष्णप्रसाद चितवन आएको कुरा निजै छविलालले भनेका हुन् । आफूहरुको पनि घरायसी रिसइबी भएको हुँदा मेरो छोरा मार्नमा उनीहरुको संलग्नता थियो ।”

छपन्न वर्षीया गङ्गामायाले जाहेरवाला जेठा छोरा नुरप्रसाद अधिकारी चार वर्षदेखि सम्पर्कमा नभएको र श्रीमान्को यसै अस्पतालमा स्वर्गवास भएको पनि बताएकी छन्। बकपत्रका क्रममा उनले छोराको मार्ने मराउने कार्यमा संलग्न छविलाल पौडेल, भीमसेन, पर्शुराम, रामप्रसाद, जानुका समेतका व्यक्तिहरु मुख्य हुन् । बाँकी तिनैका समूहका व्यक्ति भएको बताएकी छन्।

कसुरबमोजिम अपराधीहरुलाई कारबाही होस् भन्ने उनको माग छ । गङ्गामायाले पोलिग्राफ टेस्ट गर्न नमान्ने अपराधीहरुलाई कारबाही हुनुपर्नेमा पनि जोड दिएकी छन्।

सो मुद्दामा यही असोज ९ गते सुनुवाइ हुँदैछ । सो अदालतको ३७ वर्षको इतिहासमा पहिलोपटक अस्पतालका चिकित्सक डा मनेनप्रसाद गोर्खाली र अस्पतालका कानुनी सल्लाहकार पूर्णिमा गुरागाईंको रोहवरमा यही असोज २ गते स्रेस्तेदार पन्तले बकपत्र लिएका थिए।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् ।

अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारिखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल ‘अजीव’लाई प्रतिव्यक्ति रु २७ हजार धरौटी लिइ तारिखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही रु २० हजार धरौटी लिइ तारिखमा छाडेको छ । रासस

एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस