अष्ट्रेलियाकाे एडिलेडमा हालसम्मकै भब्य नेपथ्य कन्सर्ट
१५ माघ २०७९
•
४ मिनेट पाठ
अष्ट्रेलियाकाे एडिलेडमा हालसम्मकै भब्य नेपथ्य कन्सर्ट
अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलाबद्ध प्रस्तुती अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो। त्यतिबेलै ब्याण्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरु नाचेको गजबको दृश्य देखिन थाल्यो। आफूहरु बस्दैआएको सहरको त्यस ‘हिण्डले म्यूजिक हल’मा यति भब्यताका साथ नेपाली कार्यक्रम हुनेछ भनेर एडिलेडका नेपालीहरुले सायदै कल्पना गरेका थिए।




अघिल्लोपटक पनि यसै हलमा नेपथ्यको कन्सर्ट आयोजना गरेका गगन गिरीका अनुसार यसपटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा ब्यापक र व्यवस्थित बन्न पुगेको छ। एडिलेड सहरमा चौथोपटक प्रस्तुत नेपथ्यले हिण्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोश्रोपटक आफूलाई उभ्याएको थियो।  

कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो। काठमाडौंका मोटरसाइकल पुस्ता दर्शाउने गीतको भावले एडिलेडका दर्शकहरुलाई उनीहरुको पुरानो यादसँग जोडेको देखिन्थ्यो।

त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ गाएर सुनाइएको थियो।

कुनै समयकी बेलायती रानीको नाम दिइएको एडिलेड सहर अष्ट्रेलियाकै अरु ठूला सहरहरु भन्दा बेग्लै छ। अरु सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभइ व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो।

सिड्नी र मेलबर्नको तुलनामा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको यो सहरमा पछिल्लो समय भने पढ्न वा बसोबासका निम्ति आउनेहरुको संख्यामा तीब्र वृद्धि हुँदै गइरहेको छ। त्यसमा पछिल्लो समय पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरुको संख्या पनि यहाँ थपिन पुगेको छ।

कार्यक्रम अघि बढ्दै जाँदा गायक अमृतले ‘चरि म¥यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरुले ल्याएको गीत ‘नैनाताल’ सुनाउँदै गए।  

यतिबेला दक्षिणी गोलाद्र्धमा उखरमाउलो गर्मी महिना चलिरहेको छ। यस्तोमा नेपथ्यले नेपाली लोकरक घन्काउन थालेदेखि नै वातानुकुलित हलको तापक्रम पनि बाहिरकै जस्तो बन्न पुगेको थियो। स्तरीय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध भिनयार्डहरु समेटेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो।

शनिबार कन्सर्ट हेर्न आउने दर्शकहरु मध्ये ‘माउण्ट कम्पास वाइन कम्पनी’का मालिक जोडी जो र जोरिका पनि थिए। पचास किलोमिटरको यात्रा गरेर आइपुगेको यो जोडी सुरुदेखि अन्त्यसम्मै हलमा रमाएका देखिन्थे।

‘तपाइहरुले गाएको भाषा त बुझेनौं,’ उनीहरु भनिरहेका थिए, ‘तर, हलमा भएका नेपाली दर्शकहरु असाध्यै रमाइरहेको र गायकले भनेको कुरालाई असाध्यै गम्भीरताका साथ लिइरहेको देख्दा हामीलाई पनि कतै न कतैबाट जोडिएको अनुभूति भइरह्यो।’

यसरी रमाउने अष्ट्रेलियनमा ती दुइ जोडी मात्र नभएर आयोजनास्थल ‘हिण्डले म्यूजिक हल’की व्यवस्थापक अन्या पनि थिइन्।

‘गायकमा भएको उर्जा हलभरिका दर्शकहरुमा रोचक तवरले प्रसारित भइरहेको देखिन्थ्यो,’ उनी भनिरहेकी थिइन्, ‘मलाई त्यो दृश्य असाध्यै मनपर्‍यो।’आफ्नो कर्मचारीहरुबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको उनले बताइन्।

यहाँको कार्यक्रममा पनि ‘यो जिन्दगानी’ प्रस्तुत गरिरहँदा मानवसेवा आश्रममा उद्धार गरिएका आश्रितहरुको तस्बिर देखाइएको थियो। ब्याण्डले यो वर्षभरि नै आफूलाई ‘मानवताको लागि संगीत’ नाराका साथ प्रस्तुत गर्ने संकल्प लिएको छ।

मञ्चबाट जस्तोसुकै मुडको गीत गाइरहँदा पनि तल दर्शकहरु साथमा साथ मिलाएर गाइरहेका देखिन्थे।

अमृतले लोकगीतहरुको श्रृंखलावद्ध प्रस्तुती दिइरहँदा नेपालका कुना कन्दरा घुम्दै लोकगीत संकलनका आफ्ना अनुभवहरु पनि दर्शकसँग साटेका थिए।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ स्थानीय आयोजक गगन गिरी भनिरहेका थिए, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो।’

कार्यक्रम सधैँजस्तै अन्तिम लहरमा ‘रेशम’ बाट ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’मा पुगेर अन्त्य भएको थियो।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘जहाँ बसे पनि नेपाल र नेपालीलाई माया गर्न नछोड्नुस् है।’अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई जता बसेता पनि मानवताको भावना मुटुमा सँगालेर राखिरहन अनुरोध गरेका थिए।

रातको ठीक नौ बजे सुरुभएको कन्सर्ट दुइ घन्टासम्म चलेको थियो। अमृतलाई सधैँ झैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ। ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउनेछ।

ब्रिसबेनपछि फेब्रुअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फर्कनेछ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस