नेपालगन्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा
२८ मंसिर २०७९
•
१ मिनेट पाठ
नेपालगन्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा
नेपालगन्ज रंगशालामा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो।  




नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले रंगशालामा उक्त कन्सर्ट आयोजना गर्न लागेको हो। नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले बिहीबार अपरान्हबाट आफ्ना गीतहरु प्रस्तुत गर्नेछन्। सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।

चर्चित गायक गुरुङले माया, प्रेम लगायत मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु पनि कन्सर्टमा प्रस्तुत गर्ने उनले जनाए। आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा कन्सर्ट मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ लगायत विभिन्न समितिका पदाधिकारीले कन्सर्टको तयारीबारे जानकारी दिएका थिए।  

दानवीर एवं समाजसेवी जे.के. सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ। सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ।
अर्को समाचार
राजधानीको चिसो मौसमलाई ततायो नेपथ्यले, ‘मानवताका लागि संगीत’ सम्पन्न
१७ पौष २०७९
•
५ मिनेट पाठ
राजधानीको चिसो मौसमलाई ततायो नेपथ्यले,  ‘मानवताका लागि संगीत’ सम्पन्न
तस्बिरः दिपित राज / नेपालय
महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त उर्जा थियो भने काठमाडौंवासीसँग जिज्ञासा। यो दुवैको भब्य समिश्रणका साथ लोकरक ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ। के पहाड–के तराइ, सातवटै प्रदेशका दस फरक–फरक सहरमा टनाटन भरिएका चौरहरुबाटै पनि अब नेपथ्यले तयगर्ने 'मानवताका लागि संगीत' अभियान अनुमोदित बन्नपुगेको छ।




एकातिर मध्य पुसको काठमाडौं, अर्कोतिर शनिबार दिनभर राम्ररी घाम लागेको थिएन। यस्तोमा चिसिएको भृकुटीमण्डपको पक्की मैदान बेलुकी ठीक छ बज्नेबित्तिकै एक्कासी चर्को आवाज र तिरिमिरि प्रकाशले तात्तिनपुगेको थियो। यसरी निर्धारित समयमै ब्याण्डका दुइवटा म्यूजिक भिडियो पर्दामा बज्न सुरुभयो। त्यसको लगत्तै मञ्चमा चढेको कलाकार टोलीले पहिलो कोशेलीका रुपमा हालसालै तयार भएको ब्याण्डको नयाँ गीत ‘भटभटे’ प्रस्तुत ग¥यो।

सहर बजारमा मोटरसाइकलको प्रचलन बढेसँगै विकासभएको तन्नेरी उत्तेजनालाई प्रतिविम्वित गर्ने यो गीत प्रस्तुत गर्नेबेलामा भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले ‘जिम्मेवारीवोध’ शब्दहरु पनि प्रकट गरेका थिए।

पछिल्लो देश दौडाहाका क्रममा काठमाडौंभन्दा पहिले बुटवलका दर्शकमाझ पनि यो गीत प्रस्तुत गरिएको थियो। कन्सर्टकै पहिलो (ओपनिङ) गीतका रुपमा भने राजधानीमै ‘भटभटे’ गाएर सुनाइएको हो ।

नेपथ्यले दोश्रो प्रस्तुतीका रुपमा सर्वकालीक हिट गीत ुभेँडाको ऊनजस्तोु प्रस्तुत गर्दा मैदानका दर्शक उफ्रन सुरुगरेका देखिन्थे। अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो।

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाइ सबैलाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है।’

कोभिड महामारीले संसार आक्रान्त पारेपछि थामिएको नेपथ्य राजधानीमा यसपाला तीन वर्षपछि प्रस्तुत भएको हो। यसअघि भुकम्पले भत्किएको दोलखाको एउटा सरकारी विद्यालय निर्माणका लागि यसै भृकुटीमण्डपमै सन् २०१९ मा ब्याण्डले कन्सर्ट गरेको थियो।

दर्शकहरुलाई स्वागत गरेपछि अमृतले फेरि ‘तपाइहरुलाई म मेरो भेगतिर लैजान्छु, रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरुगरेः

‘खान्न म त लामपाते सुरती

लाउँ कि नलाउँ जुग जाने पिरती’
त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजार’ले निरन्तरता पाएका थिए। दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा

हिउँको फूल धौलासिरिमा’
‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भइ रित्तिँदै जानथालेका छन्’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’ यस्तो अवस्थामा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे।

त्यसपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए।

त्यो गीतको धुनकै बीचमा पनि उनी बोल्न थालेः

‘एकदिन कोहि पनि लाहुर जान नपरोस् है।’
प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो है।

कार्यक्रम अवधिभर गायक अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोल्नुका साथै पछिल्लो समय ब्याण्डले मानवताका निम्ति चालेको कदमलाई अथ्र्याउने प्रयत्न पनि गरे। घर परिवारबाट निकालिएर वा अपहेलित भइ सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो। यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो।

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरुलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरुकै निम्ति यसअघि धेरै वर्षसम्म मुलुकभर संगीत अभियान चलाएका अमृत भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्न आजैबाट सुरु गर्नुस्।’
विशुद्ध मुनाफारहित संस्था 'मानवसेवा आश्रम' ले हालसम्म केवल स्वदेशी दानकै भरमा २३ वटा केन्द्रमार्फत देशैभर आफ्नो सेवा विस्तार गरिसकेको छ।

शनिबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा राजधानीका दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो। त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ। तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ। हामीले गाउँ गाउँमा अस्पताल पु¥याउनका निम्ति जोडिनै पर्छ।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो। दर्शकदीर्घामा परिचित अनुहारहरु टनाटन भरिएका थिए।

‘यसरी कन्सर्ट नहेरेको धेरै वर्ष भएको थियो,' सिंगो परिवारसहित उपस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापा भनिरहेका थिए, रमाइलो लाग्यो।’ उनको प्रतिक्रियामा रमाइरहेका छोरीहरुले पनि साथ दिएका थिए।

त्यसैगरि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको पनि सपरिवार उपस्थिति थियो। दर्सक दिर्घामा हरिबंश आचार्य, मदनकृष्ण आचार्य लगायत अरु परिचित अनुहारहरुको पनि उपस्थिति थियो।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए।
संयोगवस कार्यक्रमको दिन अमृतको जन्मदिन परेको थियो। कार्यक्रम सुरु हुन पहिले देखि दर्शकदिर्घाबाट ह्यप्पी बर्थडेको सामुहिक शुभकामना गाइएको सुनिन्थो। परिचयको क्रममा सबै साथीहरुको परिचयपछि जब अमृतले ‘अनि म अमृत’ भनेर आफ्नो परिचय गरे, दर्शकबाट आएको जन्मदिनको  शुभकामना संदेशको गुन्जन झन बढेको थियो। सबैलाई झुकेर अभिनन्दन गर्दै उनले भने, ‘माया र शुभकामनाको लागि धन्यवाद, म अझ एक वर्ष बुढो भएछु,’ ‘तपाईंहरु सबै जनालाई नेपथ्य को तर्फबाट २०२३ को हार्दिक शुभकामाना छ।’

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले राजधानी काठमाडौंमा समेत गरेर लगातार दशौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे। ‘हामीले दुइ वर्षभित्र सिंगो मुलुकलाई सडक आश्रित मानवबाट मुक्त गराउने संकल्प लिएका छौं,’ उनले भने,‘राजधानीका दर्शकहरुबाट पाएको भब्य हौसलाले त्यो संकल्प सजिलै पुरा हुने विश्वास मिलेको छ।’

कन्सर्टबाट उठेको रकमले मुलुकभर मानवसेवा आश्रमको आफ्नै भवन निर्माणमा तथा अक्षयकोषमा लगानी गरिने योजना छ। यसरी मानवताको लागि मुलुकभरको एक महिना लामो यात्रा सम्पन्न भएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस