भोट माग्दै घरदैलोमा व्यस्त उम्मेदवार
१२ फागुन २०८२
•
३ मिनेट पाठ
भोट माग्दै घरदैलोमा व्यस्त उम्मेदवार
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन् ।




उम्मेदवार र कार्यकर्ता आक्रामक रुपमा प्रचारमा खटिएका छन् । उनीहरु मतदातालाई चुनावको मुख्य एजेन्डा, प्रतिबद्धता, चुनावी घोषणापत्रमा उल्लेख गरिएका विषयबारे बुझाइरहेका छन् । तर अधिकांश मतदाता भने कसलाई मत दिने भनेर खुलिसकेका छैनन् । उनीहरु अनुभवी, विकासप्रेमी, राष्ट्रवादी, विश्वासयोग्य र अनुशासित उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिँदै आएका छन् ।  

नेपाली कांग्रेसका नानुमैया बाँस्तोला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अजयक्रान्ति शाक्य, नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) बाट राधाकृष्ण महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् । यी चार दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका अर्याल पूर्वश्रममन्त्री तथा पार्टीका वरिष्ठ उपसभापति हुन् । पुराना वामपन्थी नेताको पहिचान बनाएका नेकपाका महर्जन व्यावसायिक पृष्ठभूमिका हुन् ।

एमालेका शाक्य बागमती प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ (१) बाट विजयी भएका थिए ।

नेपाली कांग्रेसकी बाँस्तोला विद्यार्थी राजनीति हुँदै नेपाल महिला सङ्घको केन्द्रीय सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य हुन् । उनी २०७९ मा यसै क्षेत्रको (१) बाट प्रदेशसभा सदस्यको उपविजेता थिइन । यी दलका चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी सुशासन, आर्थिक विकासका विषयलाई जोड दिइएको छ ।

यस क्षेत्रमा २६ जनाको उम्मेदवारी परेको छ । राजनीतिक दलका १८ तथा स्वतन्त्र आठ जनाको उम्मेदवारी परेको हो । त्यसमध्ये महिला चार र पुरुष २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत मेनुका घिमिरेले जानकारी दिइन । राजनीतिक दलबाट एक महिला तथा स्वतन्त्रबाट तीन महिलाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसकी उम्मेदवार बाँस्तोलाले कृषि उद्यमशीलताको विकास, भूमिहीन सुकुम्वासी समस्या समाधान, जलवायु परिवर्तन न्यूनीकरण, सामुदायिक जङ्गलको संरक्षणलगायत विकासको स्पष्ट खाका तयार पारेको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने तथा मुलुकलाई आवश्यक कानुन बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन ।

एमालेका उम्मेदवार शाक्यले विगतमा यस क्षेत्रमा वैज्ञानिक तथा व्यवस्थित सहरी विकास, सांस्कृतिक पुनर्जागरण र सम्पदा संरक्षण काम गरेर देखाएकाले आफू मतदाताबीच परीक्षण भइसकेको बताउँदै यसपटक पनि निर्वाचित भएमा युवाहरूलाई प्रविधिसँग जोडेर स्थानीयस्तरमै नवप्रवर्तन र उद्यमशीलताका अवसरहरू सृजना गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपाका महर्जनले राजनीति विशुद्ध सामाजिक सेवा भएकाले सामाजिक न्याय, सामाजिक सशक्तीकरण, आर्थिक रुपान्तरण यस क्षेत्रप्रतिको आफ्नो दायित्व भएको बताए । उनले भने, “म यही काठमाडौंको माटोमा जन्मिएँ । यहीँको हावापानीमा हुर्किएँ । त्यसैले यसक्षेत्रका समस्या समाधान गर्न प्रतिबद्ध छु ।”

रास्वपाका उम्मेदवार अर्यालले आफ्नो पार्टीले अवलम्बन गरेको नीति तथा कार्यक्रम अग्रगामी रहेकाले मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको बताउँदै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्ने उल्लेख गरे । उनले प्रविधिको विकाससँगै सबै सरकारी कार्यलयमा ‘डिजिटाइजेसन’ प्रणालीमा जोडेर पारदर्शिता र जवाफदेहिता कायम गर्ने विषयलाई केन्द्रमा राखेको बताए ।  

यस क्षेत्रमा चन्द्रागिरि डाँडा, कालु पाण्डे समाधिस्थल, इन्द्र दहजस्ता स्थानहरु ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् ।
अर्को समाचार
खेतबारीमा किसानलाई सघाए जस्ताे गरेर भोट माग्दै उम्मेदवार
१२ कार्तिक २०७९
•
३ मिनेट पाठ
खेतबारीमा किसानलाई सघाए जस्ताे गरेर भोट माग्दै उम्मेदवार
सिन्धुली क्षेत्र नं. २ बाट गठबन्धन तर्फका प्रतिनिधि सभाका उम्मेदवार लेखनाथ दाहाल र प्रदेश सभाका उम्मेदवार छेत्रबहादुर बम्जन मतदातासँगै खेतमा पुगेर धान झार्न सघाउँदै
आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनका लागि मत माग्न उम्मेदवारहरु घरदैलो अभियानमा तीब्र गतिमा पुग्न थालेका छन्। मतदातामाझ विभिन्न एजेण्डा र आश्वासन सहित उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन्।  




उम्मेदवार घरदैलोमा पुगे पनि मतदातालाई भने खेतबारीको कामको चटारो छ। धान पाकेकाले मतदाताहरु धमाधम धान काट्न र विटा लगाउन व्यस्त देखिएपछि उम्मेदवारहरु पनि मतदाताकासँगै काम सघाउँदै मत माग्न खेतबारीमै पुग्न थालेका छन्। धान झार्न व्यस्त रहेका किसानको खेतबारीमै पुगेर सिन्धुली क्षेत्र नं. २ का बाम गठबन्धनबाट संघिय उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल र सोही क्षेत्रका प्रदेश क का गठबन्धनकै काँग्रेसका उम्मेदवार छेत्रबहादुर बम्जनले धान झारेर मतदातासँग मत मागे। हामी तपाइहरुकै साथमा छौं, किसानका समस्या समाधान हाम्रो पनि एजेण्डा हो, किसानसँगै धान झार्न सघाउँदै प्रतिनिधि सभाका उम्मेदवार दाहालले भने। उम्मेदवारहरु घरदैलोमा पुग्नलाई समय अभाव हुने भन्दै तिब्र गतिमा घरदैलोमा पुगेका छन्। धान काट्ने र धान झार्ने समय भएकाले उम्मेदवार घरदैलोमा पुगेपनि अधिकांश मतदाता खेतबारीमा पुग्ने गरेका छन्।  

उम्मेदवार आउनु हुन्छ, घरमा हामी खेतमा धान काट्न व्यस्त हुन्छौ दुधौलीका किसान रविन अधिकारीले भने, निर्वाचनको दिन मत हाल्न गएपनि हामीलाई अहिले धान भित्र्याउने चटारो छ। उम्मेदवार तथा नेता कार्यकर्तालाई चुनावी रौनकको व्यस्तता देखिएपनि मतदातामा भने हालसम्म रौनक देखिएको छैन। चुनावी सभा तथा मत माग्न घरदैलोमा आउने उम्मेदवारसँग समेत मतदाताको उपस्थिति खासै देखिएको छैन। 

सिन्धुलीमा प्रतिनिधि सभा तर्फ दुई क्षेत्र छन् भने प्रदेश सभा तर्फ चार क्षेत्र रहेका छन्। सिन्धुली क्षेत्र नं. २ प्रतिनिधि सभा तर्फ एमालेबाट मनोज जंग थापा र प्रदेश सभा क तर्फ एमालेका बिनोद खड्का चुनावी प्रतिस्पर्धामा छन्। यस्तै यसै क्षेत्रको प्रदेश ख तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई निकटका गंगा नारायण श्रेष्ठ र नेकपा एमालेबाट नेकपा माओवादी परित्याग गरि पछिल्लो समय एमालेमा प्रवेश गरेका रामकुमार पौडेले चुनावी प्रतिस्पर्धामा छन्। यस्तै सिन्धुली क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेपाली प्रतिनिधि सभामा नेपाली काँग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेबाट प्रदिप कटुवाल चुनावी मैदानमा होमिएका छन्। 

यस क्षेत्रको प्रदेश क बाट गठबन्धनका तर्फबाट माओवादीका मातृका भट्टराई र एमालेबाट सुवास देवकोटा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने प्रदेश ख बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामकुमार पहाडी र एमालेका तर्फबाट कुमारबहादुर कार्की प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभा तर्फ सिन्धुली क्षेत्र नं. १ मा उम्मेदवार बनेका नेपाली काँग्रेसका श्यामकुमार घिमिरे र प्रदिप कटुवाल गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रको प्रदेश ख का प्रतिस्पर्धा गरेका प्रतिस्पर्धी हुन्। 

नेकपा माओवादीसँगको चुनावी तालमेलसँगै एमालेका प्रदिप कटुवाल विजयी बनेका थिए। यस्तै सिन्धुली क्षेत्र नं. २ प्रतिनिधि सभाका गठबन्धनतर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहालसँगै नेकपा एमालेका तर्फबाट मनोज जंग थापा प्रतिस्पर्धा गर्दैछन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस