स्थानीय तहमा ठुला दल नै हाबी
०६ जेष्ठ २०७९
•
३ मिनेट पाठ
स्थानीय तहमा ठुला दल नै हाबी
जनताले स्थानीय तहको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूलाई नै अनुमोदन गरेका छन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको बिहीबार साँझसम्म घोषित परिणाम अनुसार केही नयाँ राजनीतिक दलले छिटफुट स्थानमा जित निकाले पनि ठुलो संख्यामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार नै निर्वाचित भएका छन्।




निर्वाचन आयोगले बिहीबार साँझ ८ बजेसम्म ५ सय ८८ स्थानीय तहको परिणाम सार्वजनिक गरेको छ। जसअनुसार सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका उम्मेदवारले २ सय ६० स्थानीय तहको प्रमुख जितेका छन्। ५६ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुख प्रतिपक्षी एमाले दोस्रो स्थानमा छ। एमालेले १ सय ६४ स्थानीय तहमा प्रमुख जितेको छ। उसले ३७ पालिका प्रमुखमा अग्रता लिएको छ। एमाले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको थियो।

अघिल्लो स्थानीय निर्वाचनबाट तेस्रो शक्ति बनेको माओवादी केन्द्र अहिले पनि सोही अवस्थामा रहेको चुनावी परिणामले देखाएको छ। पाँच वर्षयता माओवादी केन्द्रका शीर्ष नेताहरूले पार्टी छाडेर जाँदा संगठन निकै कमजोर भएको विश्लेषण गरिएका बेला उसले आफूलाई तेस्रो शक्तिका रूपमा स्थापित गर्न सफलता पाएको छ। उसले १ सय ५ स्थानीय तहको प्रमुख आफ्नो पक्षमा पारेको छ। १६ पालिकाको प्रमुखमा अग्रता लिएको छ।

मधेसकेन्द्रित राजनीतिक शक्तिको छवि बनाउँदै अघि बढेको जनता समाजवादी पार्टी (जसपा) ले १५ पालिकाको प्रमुख जितेको छ। मतगणनामा उसले ६ पालिकाको प्रमुखमा अग्रता लिएको छ। सत्ता संघर्षका कारण एक वर्षअघि सोही पार्टीबाट छुट्टिएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने ४ पालिकाको प्रमुखमा मात्र जित निकालेको छ। उसका उम्मेदवारले ८ पालिकाको प्रमुखमा अग्रता लिएका छन्। गत भदौमा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि १४ पालिकाका प्रमुख जितेको छ। मतगणनामा उसका उम्मेदवारले ५ पालिकाको प्रमुखमा अग्रता बनाउँदै लगेका छन्।

स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुख जितेको छ। झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्ष पनि राप्रपाले जितेको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विगतमा जस्तै भक्तपुर नगरपालिकामा आफ्नो वर्चस्व कायम गरेको छ। त्यहाँ उसले सानदार जित निकाले पनि अन्यत्र भने प्रभावकारी उपस्थिति देखाउन सकेको छैन।

डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीले गत पुसमा दर्ता गराएको नागरिक उन्मुक्ति पार्टीले पनि केही स्थानको परिणाम आफ्नो पक्षमा पारेको छ। चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त पार्टीले कैलालीमा तीन पालिकाको परिणाम आफ्नो पक्षमा पारिसकेको छ। अर्को एक पालिकाको परिणाम पनि उसको पक्षमा जाने देखिएको छ। उसले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकाको परिणाम आफ्नो पक्षमा पारेको छ। जानकी गाउँपालिकाको नेतृत्व पनि उसले लिने देखिन्छ।

त्यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले पनि केही स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको छ। सप्तरीको बलानबिहुल गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको नेतृत्व उसले जितेको छ। बलानबिहुलमा उसले उपाध्यक्ष पनि जितेको छ। केही वडाध्यक्ष र सदस्य पनि उसले जितेको छ। फागुनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भई वृशेषचन्द्र लालले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए। उक्त पार्टीले महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष जितेको छ। विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको अध्यक्ष जितेको छ।
अर्को समाचार
नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा
०२ असोज २०७९
•
२ मिनेट पाठ
नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा
तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जारिवाना गर्ने निर्णय गरेको छ।  




तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार जिल्लामा तीन सय १२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।  

उनका अनुसार स्थानीय तह निर्वाचन अन्तरगत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये तोकिएका समयमा खर्च विवरण बुझाउनेको सङ्ख्या ३१२ जना मात्रै भएकाले ढिलो गरेर बुझाउने ९४ जना र ढिलो भएको स्पष्टीकरणसहित बुझाउने दुई सय १३ जनालाई समेत निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ९१० बमोजिम जरिवाना हुने आयोगले निर्णय हो।

आयोगको उक्त निर्णयले नुवाकोटमा निर्वाचित भएका पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसमेत कारवाहीमा परेका छन्। कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारको हकमा आयोगले स्पष्ट नपारेकाले के गर्ने भन्ने थप निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए।

उनका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत पालिका, कार्यपालिका र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा उम्मेदवार भएका दुई हजार एक सय ७३ जनामध्ये विभिन्न पदमा पाँच सय ७४ जना उम्मेदवार निर्वाचित भएका छन्। ‘समयभित्र खर्च विवरण बुझाउने तीन सय १२ जनामा पराजित उम्मेदवारको सङ्ख्या आधाभन्दा बढी छन्’, उनले भने, ‘निर्वाचित उम्मेदवारलेसमेत खर्च विवरण बुझाउन चासो नदिनुलाई उम्मेदवारदेखि राजनीतिक दलबाटसमेत कानूनको अटेरी गरेको देखिन्छ।’

निर्वाचन आयोगले गत शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीअनुसार तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सात लाख ५० हजार रपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ।

उपमहानगर पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई दुई लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भनिएको छ।  

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार रुपैयाँ तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने भनिएको छ।

तोकिएको उक्त जरिवाना शुल्क छ महिनाभित्र नबुझाएमा नामावली प्रकाशित गर्ने, छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेदेखि आयोगबाट गराउने आगामी सबै निर्वाचनमा भाग लिन अयोग्य ठहर गर्ने, उनीहरुको नामावली सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा टाँस गरिने र तोकिएको जरिवानालाई सरकारी बाँकीसरह असुल गरिने भनिएको छ। 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस