विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले
०३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले
विराटनगर महानगरपालिकामा कांग्रेसको गढ मानिएका वडाहरूमा नै एमाले विजयी हुन थालेको छ। विराटनगर महानगरपालिकामा कांग्रेको गढ मानिएको वडा नम्बर १ र १९ १९ को वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भइरहेका छन्।




यस्तै  मतगणना भइरहेकावडाहरू वडा नम्बर ३ र ४ मा पनि एमालेकै वडा अध्यक्षका उमेदवारले अग्रता लिइरहेका छन्। विराटनगरको ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा एउटा वडामा मात्रै नेपाली कांग्रेस विजयी भएको छ।

विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेल निर्वाचित भएका हुन्। यस्तै ३ वटा वडामा एमाले विजयी भएको छ। विराटनगरको १९ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका उमेदवार श्याम घिमिरे निर्वाचित भएका छन्। यस्तै वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार काजी बस्नेत निर्वाचित भएका छन्।

विराटनगर वडा नम्बर ३ मा नेकपा एमालेका उमेदवार वासु बस्नेतले अग्रता लिइरहेका छन्। विराटनगरको वडा नम्बर ४ मा पनि नेकपा एमालेका जितन थापाले अग्रता कायम गरिरहेका छन्। यस्तै वडा नम्बर ५ मा नेपाली कांग्रेसका सन्तोष न्यौपानेले अग्रता कायम गरिरहेका छन्। वडा नम्बर ६ मा पनि नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार हरिशचन्द्र शहनीले अग्रता  गरिरहेका छन्।

वडा नम्बर १३ मा राप्रपाका सूर्यनलाल यादव, वडा नम्बर १४ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार सूर्यनारायण महतो, वडा नम्बर १५ मा नेपाली कांग्रेसका प्रकाश साहले अग्रता लिइरहेका छन्। यस्तै वडा नम्बर १७ मा जनतासमाजवादी पार्टीका वडा अध्यक्ष पदका उमेदवार समिम कमर मिया निर्वाचित भइसकेका छन्।  

वडा नम्बर १८ मा स्वतन्त्रउमेदवार जितेन्द्रकुमार साह निर्वाचित भएका छन्। वडा नम्बर ७ , ८, ९ , १०, ११, १२ र १३ मध्ये केहि वडाको मत गणना सुरू भए पनि मत परिणाम सार्वजनिक भइसकेको छैन। विराटनगरको कांग्रेसको गढका रुपमा लिंदै आएका वडाहरूमा एमालेका उमेदवार विजयी भएपछि कांग्रेसका अन्तर्घात भएको आरोप नेता कार्यकर्ताहरू माथि लाग्न थालेको छ। केन्द्रीय स्तरकै नेताहरू कांग्रेसका उमेदवार हराउन लागेको आरोप स्थानिय नेता कार्यकर्ताको छ।

यति मात्रै हैन केन्द्रिय नेताहरूले पैसा खाएर उमेदवार उठाएका कारण कांग्रेसको गढमै हार्नुपरेको स्थानिय नेता कार्यकर्ताहरू सामाजिक सञ्जालमा आरोप –प्रत्यारोप गरिरहेका छन्। यतिमात्रै हैन कांग्रेसका उमेदवार हराउन कांग्रेसकै केन्द्रीय स्तरका नेताहरूलागेको भन्दै विराटनगर १७मा विवाद चर्किएको छ।

विराटनगर १७ का पूर्व केन्द्रीय सदस्य हसन अन्सारीलाई वडा अध्यक्षका उमेदवार असलम आलमलाई अन्तर्घात गरेर हराएको आरोप लगाउँदै आलम पक्षले हातपात गरेको अन्सारीले आरोप लगाएका छन्। चुनावको समिक्षा गर्नेक्रममा अन्सारीको घरमा पुगेका आलमसहितका नेपाली कांग्रेसका कार्यकर्ताले अन्सारीलाई हातपात र दुव्र्यवहार गरेको भन्दै अन्सारीले प्रहरीमा उजुरी दिएका छन्।

अन्सारीले प्रहरीमा उजुरी दिएपछि उजुरीका बारेमा दुवै पक्ष वीच जिल्ला प्रहरी कार्यालय मोरङमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता दीपक श्रेष्ठले बताए। कांग्रेसको गढ मानिएका वडाहरूमै धमाधम कांग्रेसका उमेदवारहरू हार्न थालेपछि कांग्रेसभित्र खैलावैला मच्चीन थालेको छ। चुनावका विषयमा विभिन्नखालका टिका टिप्पणीहरू गर्न थालिएको छ। विराटनगरका वडाहरूमा प्रभाव पार्न सक्ने उमेदवार नदिएका कारण एक पछि अर्को वडामा हार वेहोर्नुपरेको वडा स्तरका नेताहरूको गुनासो छ। वडाहरूमा निराशाजनक नतिजा ल्याइरहेको कांग्रेसले विराटनगरको मेयरमा भने अग्रता कायमै राखेको छ।

विराटनगरको मेयरमा ५ दलिए गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार नागेश कोइरालाले अग्रता कायम गरिरहेका छन्। ३१ हजार ४ सय ५ मत गणना गर्दा कोइरालाले ९ हजार ८ सय ८२ मतकासाथ अग्रता कायम गरिरहेका छन्। यस्तै नेकपा एमालेका उमेदवार सागर थापाले ७ हजार ६ सय ३० मतले कोइरालालाई पछ्याइरहेका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी उमेदवार शिल्पा कार्की ८ हजार ६ सय ९० मतकासाथ अग्रस्थानमा छिन्। उनलाई गठबन्धनका उमेदवार अमरेन्द्र यादवले ५ हजार ४ सय ६ मतकासाथ पछ्याइरहेका छन्।

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा विराटनगरको मेयर , उपमेयरसहित बहुमत  वडामा जित हाँसिल गरेको थियो। २०७४ को स्थानिय तह निर्वाचनमा कांग्रेसले विराटनगरको वडा नम्बर १, ३, ४, ७, ८,९,१५ र १६को वडा अध्यक्ष जितेको थियो। यस्तै वडा नम्बर १९मा नेपाली कांग्रेसकै वागी उमेदवारले प्यानलै जित हाँसिल गरेका थिए।
अर्को समाचार
विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले
०३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
विराटनगर महानगरपालिकाः  कांग्रेसको गढ भत्काउँदै एमाले
विराटनगर महानगरपालिकामा कांग्रेसको गढ मानिएका वडाहरूमा नै एमाले विजयी हुन थालेको छ। 




विराटनगर महानगरपालिकामा कांग्रेको गढ मानिएको वडा नम्बर १ र १९ १९ को वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भइरहेका छन्।

यस्तै  मतगणना भइरहेकावडाहरू वडा नम्बर ३ र ४ मा पनि एमालेकै वडा अध्यक्षका उमेदवारले अग्रता लिइरहेका छन्। विराटनगरको ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा एउटा वडामा मात्रै नेपाली कांग्रेस विजयी भएको छ। विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेल निर्वाचित भएका हुन् । यस्तै ३ वटा वडामा एमाले विजयी भएको छ।

विराटनगरको १९ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका उमेदवार श्याम घिमिरे निर्वाचित भएका छन्। यस्तै वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार काजी बस्नेत निर्वाचित भएका छन्। विराटनगर वडा नम्बर ३ मा नेकपा एमालेका उमेदवार वासु बस्नेतले अग्रता लिइरहेका छन्।

विराटनगरको वडा नम्बर ४ मा पनि नेकपा एमालेका जितन थापाले अग्रता कायम गरिरहेका छन्। यस्तै वडा नम्बर ५ मा नेपाली कांग्रेसका सन्तोष न्यौपानेले अग्रता कायम गरिरहेका छन्। वडा नम्बर ६ मा पनि नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार हरिशचन्द्र शहनीले अग्रता  गरिरहेका छन्। 

वडा नम्बर १३ मा राप्रपाका सूर्यनलाल यादव, वडा नम्बर १४ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार सूर्यनारायण महतो, वडा नम्बर १५ मा नेपाली कांग्रेसका प्रकाश साहले अग्रता लिइरहेका छन्। यस्तै वडा नम्बर १७ मा जनतासमाजवादी पार्टीका वडा अध्यक्ष पदका उमेदवार समिम कमर मिया निर्वाचित भइसकेका छन्।

वडा नम्बर १८ मा स्वतन्त्रउमेदवार जितेन्द्रकुमार साह निर्वाचित भएका छन् । वडा नम्बर ७ , ८, ९ , १०, ११, १२ र १३ मध्ये केहि वडाको मत गणना सुरू भए पनि मत परिणाम सार्वजनिक भइसकेको छैन। विराटनगरको कांग्रेसको गढका रुपमा लिंदै आएका वडाहरूमा एमालेका उमेदवार विजयी भएपछि कांग्रेसका अन्तर्घात भएको आरोप नेता कार्यकर्ताहरू माथि लाग्न थालेको छ।

केन्द्रीय स्तरकै नेताहरू कांग्रेसका उमेदवार हराउन लागेको आरोप स्थानिय नेता कार्यकर्ताको छ। यति मात्रै हैन केन्द्रिय नेताहरूले पैसा खाएर उमेदवार उठाएका कारण कांग्रेसको गढमै हार्नुपरेको स्थानिय नेता कार्यकर्ताहरू सामाजिक सञ्जालमा आरोप –प्रत्यारोप गरिरहेका छन्। यतिमात्रै हैन कांग्रेसका उमेदवार हराउन कांग्रेसकै केन्द्रीय स्तरका नेताहरूलागेको भन्दै विराटनगर १७मा विवाद चर्किएको छ। नेपाली कांग्रेसका  केन्द्रीय सदस्य हसन अन्सारीलाई  वडा अध्यक्षका उमेदवार असलम आलमलाई अन्तर्घात गरेर हराएको आरोप लगाउँदै आलम पक्षले हातपात गरेको अन्सारीले आरोप लगाएका छन्। 

चुनावको समिक्षा गर्नेक्रममा अन्सारीको घरमा पुगेका आलमसहितका नेपाली कांग्रेसका कार्यकर्ताले अन्सारीलाई हातपात र दुव्र्यवहार गरेको भन्दै अन्सारीले प्रहरीमा उजुरी दिएका छन्। अन्सारीले प्रहरीमा उजुरी दिएपछि उजुरीका बारेमा दुवै पक्ष वीच जिल्ला प्रहरी कार्यालय मोरङमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता दीपक श्रेष्ठले बताए।

कांग्रेसको गढ मानिएका वडाहरूमै धमाधम कांग्रेसका उमेदवारहरू हार्न थालेपछि कांग्रेसभित्र खैलावैला मच्चीन थालेको छ। चुनावका विषयमा विभिन्नखालका टिका टिप्पणीहरू गर्न थालिएको छ। विराटनगरका वडाहरूमा प्रभाव पार्न सक्ने उमेदवार नदिएका कारण एक पछि अर्को वडामा हार वेहोर्नुपरेको वडा स्तरका नेताहरूको गुनासो छ।

वडाहरूमा निराशाजनक नतिजा ल्याइरहेको कांग्रेसले विराटनगरको मेयरमा भने अग्रता कायमै राखेको छ। विराटनगरको मेयरमा ५ दलिए गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार नागेश कोइरालाले अग्रता कायम गरिरहेका छन्। ३१ हजार ४ सय ५ मत गणना गर्दा कोइरालाले ९ हजार ८ सय ८२ मतकासाथ अग्रता कायम गरिरहेका छन्। यस्तै नेकपा एमालेका उमेदवार सागर थापाले ७ हजार ६ सय ३० मतले कोइरालालाई पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेकी उमेदवार शिल्पा कार्की ८ हजार ६ सय ९० मतकासाथ अग्रस्थानमा छिन्। उनलाई गठबन्धनका उमेदवार अमरेन्द्र यादवले ५ हजार ४ सय ६ मतकासाथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा विराटनगरको मेयर ,उपमेयरसहित बहुमत  वडामा जित हाँसिल गरेको थियो। २०७४ को स्थानिय तह निर्वाचनमा कांग्रेसले विराटनगरको वडा नम्बर १, ३, ४, ७, ८,९,१५ र १६को वडा अध्यक्ष जितेको थियो। यस्तै वडा नम्बर १९मा नेपाली कांग्रेसकै वागी उमेदवारले प्यानलै जित हाँसिल गरेका थिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस